समाचार

    Showing 2,401-2,410 of 15,445 items.
  • १७ दिनपछि फाप्लु विमानस्थलमा उडान पुनः सुरु, यात्रु र बिरामीहरूलाई राहत

    सोलुखुम्बु — पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि बुधबार पहिलोपटक जहाज अवतरण भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि स्थगित उडानहरू बुधबारबाट पुनः सञ्चालनमा आएका हुन्।प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले बुधबार काठमाडौँ–फाप्लु उडान भरेको हो। जहाज १२ जना यात्रु लिएर फाप्लु पुगेको र फर्किँदा १० जना यात्रु काठमाडौंतर्फ लगेको जानकारी उनले दिए। मौसम बारम्बार परिवर्तन हुने भएकाले फाप्लुमा उडान नियमित गर्न चुनौती रहँदै आएको उनले बताए।लगातार १७ दिनसम्म वर्षा र बाक्

    • प्रकाशित मितिः असार १२, २०८२
    • 145 पटक पढिएको
  • सरकारद्वारा लागुऔषध नियन्त्रण विभाग स्थापनाको घोषणा

    काठमाडौं—  सरकार अब लागुऔषध दुरुपयोग र अवैध ओसारपसार नियन्त्रणमा थप कडाइ गर्ने तयारीमा जुटेको छ। यही सन्दर्भमा गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने घोषणा गरिएको छ।बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री रमेश लेखकले आउँदो आर्थिक वर्षदेखि विभाग स्थापनाको प्रक्रिया अघि बढाइने जानकारी दिए।सरकारले लागुऔषध नियन्त्रणका लागि विभिन्न रणनीति र योजनाहरू तयार पारेर कार्यान्वयन गरिरहेको मन्त्री लेखकले बताए ।कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, सामाजिक संघसंस्था तथा सरोकारवालाहरू उपस्थितमा  लागुऔषध दुरुपयोग रोकथाममा विभाग स्थापनाले नवीन पहल र प्रभावकारी निय

    • प्रकाशित मितिः असार १२, २०८२
    • 279 पटक पढिएको
  • मिश्रले पाए कामु गभर्नरको जिम्मेवारी

    काठमाडौं— नेपाल राष्ट्र बैंकको कायममुकायम (कामु) गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बमबहादुर मिश्रले पाएका छन् ।गभर्नर विश्वनाथ पौडेल मंगलबार स्वीजरल्यान्ड प्रस्थान गरेकाले उनी स्वदेश फिर्ता नहुन्जेलसम्मलाई अर्थ मन्त्रालयले मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएको हो । सिनियर डेपुटी गभर्नर डा।निलम ढुंगाना तिम्सिना पनि हाल बंगलादेश भ्रमणमा रहेकी छन् । गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • 410 पटक पढिएको
  • ओभरलोड ट्रक नियन्त्रण गर्न गृह मन्त्री रमेश लेखकको निर्देशन

    काठमाण्डौं -  गृहमन्त्री रमेश लेखकले छिमेकी देशबाट नेपाल भित्रिने र देशभित्रै चल्ने मालबाहक सवारी साधनमा ओभरलोड गर्न नदिन र त्यसरी आउने ओभरलोड भएका मालबाहक ट्रकहरुलाई पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका छन् ।  बुधबार गृह मन्त्रालयमा सडक क्षेत्रमा हुन सक्ने विपद्को पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा कार्यक्रममा मन्त्री लेखकले देशका विभिन्न स्थानहरुमा रहेका तौलपुलहरुलाई दुरुस्त बनाउँदै भारबहन क्षमताका आधारमा सम्पूर्ण मालबाहक सवारीलाई नियमन गर्दै ओभरलोड सवारी साधनलाई सडकमा गुड्न नदिन निर्देशन दिएका हुन् । गृह सचिव गोकर्णमणी दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्

    • प्रकाशित मितिः असार १२, २०८२
    • 181 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै बिहीबार छापावाल सुन तोलामा १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँमा कायम भएको थियो।यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै बुधबार तोलामा  २१ सय ४० रुपैयाँ रहेको चाँदी बिहीबार २१ सय ७५ रुपैयाँ कायम भएको छ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • 380 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठक सांसद जग प्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पु¥याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।यस्तै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने छन् ।त्यसैगरी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा नियमावली– २०७५ को नियम १३३(क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८२’ सभा समक्ष प्रस्तुत गर

    • प्रकाशित मितिः असार १२, २०८२
    • 104 पटक पढिएको
  • टिपरको ठक्करबाट युवकको मृत्युभएपछि स्थानीयले टिपर जलाए

    जनकपुरधाम— सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वा बस्ने दिनेश साहको छोरा २० वर्षीय सचिन साह (गुप्ता) रहेका छन् ।सर्लाही लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना२क ५०१ नम्बरको टिपरले बुधबार राति ८ बजेतिर युवकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना लगतै टिपर चालक फरार भएका छन् । घटना लगतत्तै स्थानीयले टिपरमा आगजनी गरेका छन् ।घटना बारे थप अनुसन्धान

    • प्रकाशित मितिः असार १२, २०८२
    • 365 पटक पढिएको
  • असार २७ गतेसम्म थप भयो छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद

    काठमाडौं— छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ । यसअघि आज निष्कासन बन्द गर्ने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थप गरेर असार २७ गतेसम्म कायम गरिएको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद १ बराबर १ को अनुपातमा निष्कासन गरेको थियो । हकप्रद निष्कासनका लागि जेठ २ गते बुक क्लोज गरेकाले जेठ १ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।हाल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको हकप्रद बाँडफाँडपछि ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • 389 पटक पढिएको
  • इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक : राष्ट्रपति ट्रम्प

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको बताएका छन् ।बुधबार नेदरल्याण्ड्समा भएको नेटो शिखर सम्मेलनमा उनले भने इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको भन्दै चीनले इरानबाट तेल किन्न चाहन्छ भने आफूहरुलाई कुनै समस्या नरहेको बताएका हुन् । उनले भने,‘इरानले इजरायलसँगको युद्धमा बहादुरी देखाएको छ । तिनीहरूले तेलको व्यापार गर्छन्। म चाहे भने यसलाई रोक्न सक्छु, तर म त्यसो गर्न चाहन्न। यदि चीनले इरानबाट तेल किन्न चाहन्छ भने हामीलाई कुनै समस्या छैन । इरान र अमेरिकाबीच अर्को हप्ता वार्ता हुनेछ।’अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम

    • प्रकाशित मितिः असार १२, २०८२
    • 159 पटक पढिएको
  • भारतका विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका ५७ नेपाली स्वदेश फर्किए, गड्डाचौकीमा स्वागत

    महेन्द्रनगर  - आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतका विभिन्न स्थानमा बन्धक बनाइएका ५७ नेपालीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ । भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धारलगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको थियो । बुधबार पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई स्वदेश ल्याइएको हो।नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रुपमा बन्धक बनाइएका उनीहरूको उद्धार भएको हो।गड्डाचौकी नाका भएर स्वदेश ल्याइएका नेपालीहरूलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढका

    • प्रकाशित मितिः असार १२, २०८२
    • 148 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा