समाचार

    Showing 2,451-2,460 of 24,469 items.
  • विवादमा तानिएपछि कर्णाली प्रदेश सभा सचिव बुढाथोकीले दिए राजीनामा

    सुर्खेत— कर्णाली प्रदेश सभा सचिव जीवराज बुढाथोकीले पदबाट राजीनामा दिएका छन् । उमेर हद पार गरिसक्दा पनि पदमा कायम रहन खोजेको भन्दै उनीमाथि पछिल्लो समय आलोचना हुँदै आएको थियो ।मंगलबार साँझ उनले आन्तरिक रूपमा राजीनामा पत्र तयार गरी प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकेको स्रोतले जनाएको छ । प्रदेश प्रमुख कार्यालयका एक अधिकारीले पनि निवेदन प्राप्त भएको पुष्टि गरेका छन् । तर प्रदेश प्रमुख यज्ञराज जोशी हाल प्रदेश बाहिर रहेकाले उनको राजीनामा स्वीकृत हुन केही समय लाग्ने देखिएको छ ।कर्णाली प्रदेश सभा सचिव बुढाथोकीमाथि दोहोरो सुविधा लिएको आरोपदेखि आफ्नै श्रीमतीलाई स्वकीय सचिव बनाएर तलब बुझाएको विषयमा विवाद

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 441 पटक पढिएको
  • प्रधानमन्त्री बालेनले समानुपातिक सांसदलाई विभेद गरेको भन्दै संसदमा प्रश्न उठेपछि...

    काठमाडौं— नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदमाथि विभेद गरेको भन्दै संसदमा प्रश्न उठाएकी छिन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री शाहले प्रत्यक्ष निर्वाचित सांसदका मात्रै कुरा सुनेको भन्दै आपत्ति जनाइन् ।"प्रधानमन्त्रीबाट प्रत्यक्ष निर्वाचित माननीयलाई भेट दिएर विकास निर्माणका कुरा राख्ने अवसर दिनुभएको छ । समानुपातिक प्रणालीबाट निर्वाचित माननीयहरू उक्त अवसरबाट किन वञ्चित ?" उनको प्रश्न छ ।  उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्रीमन्त्री रमेश लेखकको रिहाको माग समेत गरेकी छिन् । 

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 470 पटक पढिएको
  • बालेनलाई बारको पत्रः सिंहदरबार प्रवेश सहज बनाइदिन आग्रह

    काठमाडौं— नेपाल बार एशोसिएसनले कानुन व्यवसायीहरूका लागि सिंहदरबार प्रवेश व्यवस्थालाई सहज बनाउन प्रधानमन्त्रीलाई पत्रमार्फत आग्रह गरेको छ । हाल लागू गरिएको गेट पास अनिवार्य व्यवस्थाले पेशागत कामकाजमा अवरोध सिर्जना गरेको भन्दै उक्त व्यवस्था पुनर्विचार गर्न बारले माग गरेको हो ।बारका अनुसार सरकारले सिंहदरबारस्थित प्रशासनिक अदालत प्रवेशमा कडाइ गरेपछि कानुन व्यवसायीहरूलाई गेट पासका आधारमा मात्र प्रवेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । यसअघि भने नेपाल बार काउन्सिल र बार एशोसिएसनबाट जारी परिचयपत्रकै आधारमा प्रवेशको व्यवस्था रहेको थियो ।बारका महासचिव केदारप्रसाद कोइरालाले पठाएको पत्रमा कानुन व्य

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 463 पटक पढिएको
  • जीप दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार

    अछाम— अछामको पञ्चदेवल विनायकमा भएको जीप दुर्घटनामा घाइते भएका एक जनालाई उद्धार गरिएको छ ।मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक १ स्थित लाछेखोलामा चैत २४ गते भएको जीप दुर्घटनामा परी गम्भीर घाइते उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।उनलाई उद्धार गरेर सुर्खेत पुर्‍याइएको सेनाले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 479 पटक पढिएको
  • ओली र लेखकको मुद्दामा प्रहरीले सरकारी वकिलको राय माग्यो

    काठमाण्डौ  ।  केपी ओली र रमेश लेखकको मुद्दाका विषयमा प्रहरीले सरकारी वकिलसँग लिखित राय माग गरेको छ । जेनजी आन्दोलनको जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम ज्यान मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका एमाले अध्यक्षसमेत रहेका ओली र कांग्रेस नेता लेखकलाई अब म्याद थप नगर्न सर्वोच्च अदालतले सोमबार आदेश दिएसँगै प्रहरीले सरकारी वकिलसँग लिखित राय माग गरेको हो ।स्रोतका अनुसार सो पत्र सरकारी वकिलको कार्यालयमा दर्ता भइसकेको छ। कानून अनुसार प्रहरीले ज्यान मुद्दामा पक्राउ परेको व्यक्तिलाई अनुसन्धान गर्न २५ दिनको म्याद पाएको हुन्छ । उक्त म्यादभित्र उसले सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा बुझ

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 353 पटक पढिएको
  • शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी

    काठमाण्डौ  ।  शेरबहादुर देउवा दम्पत्तीविरुद्ध पक्राउ पूर्जी जारी, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने भएको छ। उपचारका लागि हङकङमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्र मन्त्री आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर देउवा दम्पत्तीलाई सम्पत्ति शुद्धीकरण प्रकरणमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो।गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले बताएको छ।शेरबहादुर देउवा र आरजुलाई प्रहरीले इन्टरपोलबाट प क्राउ ग

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 531 पटक पढिएको
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं— गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी, पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो समयदेखि उनीहरूको सम्पत्तिको स्रोतबारे निगरानी गर्दै आएको थियो। सोही अनुसन्धानलाई अगाडि बढाउने क्रममा थप सोधपुछ तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइएको जनाइएको छ।यद्यपि, हाल देउवा दम्पती देश बाहिर रहेको जानकारीका कारण पक्राउ प्रक्रिया कार्यान्वयन हुन सकेको छैन। उनीहरू स्वदेश फर्किएपछि नियन्त्रणमा लिएर अनुसन्धानलाई तीव्र

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 396 पटक पढिएको
  • ब्राउन सुगरसहित २ जना पक्राउ

    काठमाडौं— भक्तपुरको सूर्यविनायकबाट ​ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका ६ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३० वर्षीय राजकुमार तामाङ र भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नलिञ्चोक घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने ३७ वर्षीय प्रणय केसी छन् ।उनीहरूलाई भक्तपुरको सूर्यविनायक नगरपालिका ६ पाण्डुबजारमा रहेको चिया पसलबाट मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी ​प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगूले जानकारी दिए ।​डीएसपी जबेगूका अनुसार उनीहरूको साथबाट ६.७१ ग्राम ब्राउन सुगर बरामद भएको छ । थप अनुसन्धान भइरहेको प

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 425 पटक पढिएको
  • एनआरएनए नेपाल प्रवर्द्धन विभाग प्रमुखको जिम्मा लोक दाहाललाई

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ एनआरएनएका उपाध्यक्ष लोक प्रसाद दाहाललाई नेपाल प्रवर्द्धन विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।संयोजकमा नियुक्त गरिएको छ । एनआरएनएको ११४औँ आईसीसी बैठकको निर्णयअनुसार दाहाललाई २०२५–२०२७ कार्यकालका लागि यो जिम्मेवारी दिइएको हो ।संघका अध्यक्ष डा। हेम राज शर्मा र महासचिव डा। चिरञ्जीवी खड्काद्वारा प्रेषित पत्रमा दाहाललाई विभागको कार्यविधि र कार्ययोजना तयार पार्न निर्देशन दिइएको छ ।विभाग प्रमुख दाहालले अब विभिन्न क्षेत्रका पदाधिकारीहरूसँगको समन्वयमा बढीमा १७ सदस्यीय कार्यसमिति र ५ जना विज्ञ सल्लाहकारहरू प्रस्ताव गर्ने जानकारी दिए । उनले अप्रिल १५ भित्र नामावली बुझाउन

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 155 पटक पढिएको
  • कानुन मन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा।ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ । आज कानु नमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता भएको हो । राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा विचार आदान प्रदान भयो ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 126 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.