जुम्ला। जुम्लामाा भालुको आक्रमणबाट आठ भेडा मरेका छन् । गुठीचौर गाउँपालिका–४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परी सोमबार आठ भेडा मरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिनुभयो ।स्थानीय भेडापालक किसान नरेन्द्र अधिकारीका भेडा भालुले मारेको हो । रातिको समयमा गोठमा रोखेका भेडाको बथानमा भालु पसेर आक्रमण गरेको प्रहरीको जानकारी आएको सूचना अधिकारी खनालको भनाइ छ ।यस्तै पाँच भेडा हालसम्म सम्पर्क आउन सकेका छैनन् । भेडाका बथानमा २९ वटा भेडा भने सकुशल रहेका छन् । रातिको समयमा घटना भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रतिभेडाको न्यूनतम म
काठमाडौँ। नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ । कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । नयाँ उडान सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तरराष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ । कम्पनीका अनुसार काठमाडौँबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौँ फर्कने उडान बुधबार र
भक्तपुर। चाँगुनारायण नगरपालिका–६ को पर्यटकीय आधारशिलाका रुपमा पहिचान बोकेको नगरकोट, यतिखेर तीन तहकै सरकारको लगानीले मुहार फेरिँदै गएको छ ।नगरकोट जाने सडकको १० वर्षको कुरुपताले खस्कँदै गएको यहाँको पहिचानलाई नगरपालिकाले सडक कालोपत्र गरेसँगै र तीन तहकै सरकारको वार्षिक रु २० करोडभन्दा माथिको लगानीले नगरकोटमा विकासले मुहार फेरिँदै गएकामा यहाँका बासिन्दा खुसी छन् । चाँगुनारायण नगरपालिका–६ वडा कार्यालय अगाडिको खुला चौतारोमा राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा आज सम्पन्न सार्वजनिक सुनुवाइमा स्थानीय दलीय जनप्रतिनिधिदेखि स्थानीयवासीले नगरकोटको विकासले फड्को
काठमाडौँ। विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने बताइएको छ । आज भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री पुगेको छ ।अहिले राति १०ः०० बजेको ताजा अवस्थामा पछिल्लो एक घण्टामा देशको कुनै पनि ठाउँमा वर्षा भएको छैन । पछिल्लो २४ घण्टामा पनि दैलेखलगायत केही जिल्लामा हल्का वर्षा भए पनि अन्य क्षेत्रमा खास वर्षा रोकि
धरान। कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको छ ।सुनसरीको इटहरीमा आइतबारदेखि सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन आज सुनसरीले २१ स्वर्ण पदक जित्दै उपाधि हात पारेको हो । झापाले १८ स्वर्णपदकसहित दोस्रो तथा मोरङले १६ स्वर्णपदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाबाट छनोट भएका एक हजार ७०० खेलाडीको सहभागिता रहेको बोर्डका सदस्य सचिव विप्लब घोषले जानकारी दिनुभयो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा गराइएको थियो । प्
देशबन्धु बिश्वामित्र: झापा— सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झापा जिल्ला कमिटीको पहिलो जिल्ला अधिवेशन यही जेठ २३ गते बिर्तामोडमा हुने भएपछि संगठनभित्र नेतृत्व चयनलाई लिएर राजनीतिक चहलपहल तीव्र बनेको छ। जिल्ला सभापति पदका लागि पाँच जना आकांक्षी मैदानमा देखिएपछि अधिवेशनले विशेष महत्व प्राप्त गरेको छ।सभापति पदका दाबेदारका रूपमा लक्ष्मण बस्नेत, अर्जुन मैनाली, गोपाल कटुवाल, ओम भण्डारी र विरोध सुवेदी अगाडि देखिएका छन्। उनीहरूको सक्रियता, संगठन निर्माणमा भूमिका र कार्यकर्तामाझको पहुँचका कारण अधिवेशनलाई प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ। विशेष गरी युवा पुस्ताको प्रतिनिधित्व गर्ने लक्ष्म
झापा । आजको यस विशेष कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। आज हामी एउटा अत्यन्त महत्वपूर्ण तर अझै पनि हाम्रो समाजमा खुलेर छलफल गर्न हिच्किचाइने विषयबारे कुरा गर्दैछौं— रजस्वला स्वच्छता।हरेक वर्ष मे २८ लाई विश्वभर रजस्वला स्वच्छता दिवस का रूपमा मनाइन्छ / मनायौ । यस दिवसको मुख्य उद्देश्य रजस्वलासँग सम्बन्धित गलत धारणा, अन्धविश्वास र सामाजिक वर्जनालाई अन्त्य गर्दै महिलाहरूको स्वास्थ्य, सम्मान र अधिकारको संरक्षण गर्नु हो।रजस्वला कुनै रोग होइन, कुनै अभिशाप होइन, कुनै लाजको विषय पनि होइन। यो महिलाको शरीरमा हुने पूर्ण रूपमा प्राकृतिक र जैविक प्रक्रिया हो। तर विडम्बना, आज पनि ध
देवेन्द्र किशोर: भारतीय राजनीतिक परिदृश्यमा पछिल्ला दिनहरूमा सामाजिक सञ्जालबाट जन्मिएको व्यङ्ग्यात्मक अभियान ‘ककरोच जनता पार्टी’ ले असामान्य चर्चा बटुलेको छ। यसको संस्थापक अभिजीत दीपके ले जुन ६ मा भारत फर्केर दिल्लीस्थित जन्तर मन्तर मा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेसँगै यो अभियान केवल डिजिटल विरोध होइन, सडक राजनीतिको सम्भावित प्रवेशबिन्दुका रूपमा पनि व्याख्या हुन थालेको छ। विशेषतः भारतीय मध्यमवर्गीय युवा पुस्ताको असन्तोष, परीक्षा प्रणालीप्रतिको अविश्वास र जवाफदेहिताको प्रश्नलाई यस अभियानले केन्द्रमा ल्याएको देखिन्छ।यस आन्दोलनको मूल कथ्य शिक्षा प्रणालीमा देखिएको अनियमितता, विशेषगरी
काठमाडौं— काठमाडौं महानगरपालिकाको सहकारी विभागमा बचत रकम फिर्ता गरिदिन माग गर्दै ६ हजारभन्दा बढी बचतकर्ताले उजुरी दिएका छन्। विभागका अनुसार हालसम्म प्राप्त उजुरीका आधारमा ६ हजार ३०० बचतकर्ताले कुल रु चार अर्ब ७७ करोड ४९ लाख २३ हजार फिर्ता माग गरेका छन्।सहकारी विभाग प्रमुख धुव्रकुमार काफ्लेका अनुसार वैशाख १७ गतेदेखि हालसम्म उजुरीको संख्या उल्लेखनीय रूपमा बढेको छ। उजुरी दिने अधिकांश बचतकर्ताको रकम रु एक लाखदेखि पाँच लाखसम्म रहेको बताइएको छ।उनले दैनिक रूपमा ५०० देखि एक हजार रुपैयाँसम्म बचत गर्ने साना बचतकर्ताहरूको संख्या धेरै रहेको जानकारी दिए। विभागको तथ्यांकअनुसार उजुरी दिनेहरूमध्ये करिब ७८ प्र
काठमाडौं— कृष्णबहादुर महरा विरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइराला सम्मिलित इजलासले थुनछेक बहसपछि उक्त आदेश जारी गरेको हो।विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित केही भन्सार अधिकृतविरुद्ध ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।उक्त प्रकरणमा संलग्नताको विषयमा अनुसन्धानपछि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। मुद्दाको थप सुनुवाइ अदालतमा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.