बिर्तामो(एजेन्सी) उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ । तर भूकम्पको धक्का र परकम्प सयौं किलोमिटर टाढासम्म अनुभव गरिएको थियो ।भूकम्पको केन्द्रबाट करिब ४५ किलोमिटर टाढाको करिब एक लाख जनसंख्या रहेको तेजपुरमा निकै नराम्रोसँग हल्लाएको थियो । मानिसहरु त्रासका कारण सडकमा भेला भएका थिए भने केही घरमा क्षति पुगेको छ ।आसामको राजधानी
रुपन्देही / विपक्षी दलहरुको समावेदनअनुसार लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैशाख १९ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन आह्वान गरेका हुन् ।विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव लैजाने कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुको तयारी रहेको छ । अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री पोखरेलले हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । विशेष अधिवेशनआह्वानका लागि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समावेदन दिएका थिए । १९ गते आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।प्रदेशसभामा ८७ सांसद
काठमाडौं / बालुवाटार स्थित प्रधानमन्त्रीनिवास भत्काएर नयाँ भवन निर्माण गर्न गरिएको एउटा टेन्डर रद्द गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले गत चैत १ गते प्रधानमन्त्रीनिवासको प्राइभेट ब्लक निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । प्राप्त बोलपत्र प्रभावग्राही नभएको भन्दै कार्यालयले उक्त टेन्डर रद्द गरेको हो । प्रधानमन्त्रीनिवासको प्राइभेट ब्लक निर्माणका लागि पेश भएका बोलपत्रदाताहरूको बोलपत्र मूल्यांकन गर्दा सबै बोलपत्रहरु सारभूत रूपमा प्रभावग्राही नभएकाले सो बोलपत्र रद्द गरिएको आयोजना समन्वय कार्यालयका निर्देशकले जनाएका छन् । यसअघि
बझाङ / सदरमुकाम चैनपुर पानकोटस्थित मोटरेबल पुल निर्माणको काम सकिएको छ । २०७५ मा इस्टिमेट परिवर्तन गरी पुनः टेन्डर भई निर्माण कार्य यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि चैत २०७५ मा इलाइट कन्स्ट्रक्शन प्रालिसँग करीब नौ करोडमा क्रसब्रिज बनाउने ठेक्का सम्झौता भएको थियो ।नेपाल सरकार स्थानीय पूर्वाधार विभागको आर्थिक सहयोगमा शुरुको चरणमा २०७२ साल वैशाख ८ गते नीलगिरि र जागृति निर्माण सेवाले संयुक्त रूपमा पुल निमार्णको जिम्मा पाएका थिए । बीचको पिलरका लागि खाल्डो खन्दा ढुङ्गा भेटिएको भन्दै निर्माण कम्पनीले काम गर्न नसक्ने जनाएको थियो ।कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको पुल २०७७ सा
सुनसरी / सुनसरीको दुहबी नगरपालिका –८ फुटानी चोक स्थितमा रहेको पशुपती फ्याक्ट्रीका मजदुरको लिफ्टमा चेपिएर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार सम्सतिपुर का –१९ बर्षीय रुपेश कुमार रहेका छन् । मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
कञ्चनपुर / प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो ।गत १४ महिनाको अवधिमा भारततर्फ प्रलोभनमा परेर लग्दै गरेका महिलाको सीमानाकामा रोकथाम गरिएको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताए । उनका अनुसार भारतमा रोजगारी र विवाहको प्रलोभन दिएर दलालहरूले महिलालाई सीमानाकामा पु¥याउने गरेका छन् ।“रोजागरी, विवाह र घुमघाम गर्ने प्रलोभनमा पारी भारत लैजाँदै गरेको अवस्थामा महिलालाई सीमानाकामा रोकथाम गरेका छौँ”, उनले भने, “सीमा क्षेत्रमा प्रलो
काँकडभिट्टा / नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थलनाका काँकडभिट्टामा मङ्गलबारदेखि भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोकिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताएका छन् ।पछिल्लो समय दैनिक ७०० भन्दा बढी पूर्वीनाकामार्फत नेपाल प्रवेश गर्ने र एक हजारको हाराहारीमा नेपालबाट भारत जाने गरेका छन् । मङ्गलबार भारतबाट ६२३ नेपाली स्वदेश फर्केका छन् भने
बिर्तामोड / शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार बिहानसम्मै सम्पर्क टुट्यो । सञ्चार सञ्जालको महत्व बढिरहेको समयमा ८/१० घण्टा नै इन्टरनेट र फोन सेवाबाट धवलागिरिवासी बञ्चित बने । यस्तो समस्या धवलागिरिको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा दोहोरिँदै आएको छ ।शुक्रबार पर्वत जिल्लाको मोदी गाउँपालिकास्थित पातिचौरमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गले सडक विस्तारका क्रममा फाइबर काटिदिएपछि टेलिफोन र इन्टरनेट बन्द भएको नेपाल टेलिकमले बतायो । अहिले लोकमार्गको पोखरा–बागल
बिर्तामोड / शिक्षा ऐन तथा नियमावलीविपरीत शिक्षकको सरुवा गरेको भन्दै शिक्षकसँग सम्बद्ध सङ्घसङ्गठनले लहान नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । नगरपालिकाले शिक्षा नियमावली र ऐनविपरीत १३२ शिक्षकको सरुवा गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन सङ्घसङ्गठनले माग गरेका हुन् । तत्काल सरुवाको निर्णय फिर्ता नलिए पठनपाठन अवरुद्ध गर्ने चेतावनीसमेत दिइएको छ । नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, एकीकृत अखिल नेपाल शिक्षक सङ्घ, सङ्घीय समाजवादी शिक्षक फोरमले संयुक्तरूपमा नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै ऐन, नियमविपरीत भएको शिक्षक सरुवाको निर्णय फिर्ता लिन माग गरेका छन् । निर्णय फिर्ता
बिर्तामोड / कोरोना विरुद्ध दुई डोज खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकोमा दुई जना स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिएका छन्।दुई महिला स्वास्थ्यकर्मीले दुई डोज कोरोना खोप लगाएपनि कोरोना सक्रमण देखिएकाले थप सर्तकता रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । ‘खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन’ घिमिरेले भन्नुभयो ‘जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजन हुनेछ ।’१४ जना पीसीआर र एक जना एन्टिजिन परिक्षणमा गरी १५ मंगलबार कोरोना
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.