काठमाडौं – नेपाल विद्यार्थी संघ(नेविसंघ) दार्चुला–काठमाडौं सम्पर्क समितिले ब्लड क्यान्सर रोगसँग लडिरहेका दुईजना बालकलाई आर्थिक सहयोग गरेको छ । हाल काठमाडौं स्थित बालकान्ति अस्पतालमा उपचाररत लेकम गाउँपालिका ३ निवासी दुई बर्षीय अनमोल बोहोरा र सिभिल अस्पतालमा उपचाररत महाकाली नगरपालिका ३ निवासी नौं बर्षीय रोशन बडाललाई समितिले १०–१० हजार आर्थिक सहयोग गरेको हो । समितिका अध्यक्ष अविरल महताले अस्पतालमा पुगेर विरामीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । अध्यक्ष महताले समितिका सम्पूर्ण सदस्यहरुबाट रकम संकलनगरी आफूहरुको सानो सहयोगले कसैको जीवन मुस्कुराउन मद्दत गर्छ भन्ने किन सकेको सहयो
काठमाडौं – अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि छलफल भएको छ ।बैठकमा मन्त्रालयका तर्फबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल भएको हो । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफलमा भएको हो ।छलफलमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सन्चालक समितिको बैठक गर्ने निर्णय प्रक्रियाहरुमा सुधार गर्नुपर्ने औंल्याइन् ।उनले
काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानीको दीर्घकालिन रुपमा समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ ।शुक्रबार खानेपानी मन्त्रालयमा मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकटको समाधानका लागि स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न गरी फर्किएका भारत सरकारका विज्ञ टोलीसँग महत्वपूर्ण छलफल आयोजना गरिएको थियो ।उक्त टोलीले तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी समस्याको अवस्था तथा यसको तत्कालीन र दीर्घकालीन समाधानका लागि तयार पारिरहेको प्रतिवेदनबारे विस्तृत जानकारी गराएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिए । ‘उक्त
काठमाडौं – काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । शुक्रबार नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले मनोहराको सुकुम्बासी बस्तीमा पुगेर अवैध रुपमा बनेका घर, टहरा र संरचनाहरु भत्काएको हो ।बस्तीमा डोजर चलेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार समेत गरेका थिए । काठमाडौं र भक्तपुरको सीमाना पर्ने मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा अवैध रुपमा नयाँ घरहरुमा बनाइएको थियो । व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो । व्यक्तिको जग्गामा नयाँ संरचना बनेपछि महानगरले डोजर च
झापा— जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी दमक नगरपालिका–१ बरगाछीकी ४६ वर्षीया सुनिता राईको मृत्यु भएको छ।साउन ११ गते बिहान करिब ४ः३० बजे ‘मर्निङ वाक’मा निस्किएकी सुनितामाथि बरगाछीस्थित सडकमा जङ्गली हात्तीले आक्रमण गरेको थियो। उनको बहिनी कविता राई पनि सोही घटनामा घाइते भएकी थिइन्।दमक प्रहरीका निरीक्षक नवीन राईका अनुसार घटनापछि दुवैलाई प्रारम्भिक उपचारका लागि दमक अस्पताल पुर्याइयो, जहाँबाट थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको थियो।सुनिताको आज बिहान उपचारका क्रममा निधन भएको हो भने कविता राईको त्यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूले शुल्क घटाउने लगायतका माग राखेर त्रिभुवन विश्वविद्यालयमा सुरु गरेको रिले अनशन २३ दिन पुगेको छ। तर, माग अझै सम्बोधन नभएको भन्दै उनीहरूले गुनासो गरेका छन्।अखिल क्रान्तिकारी त्रिवि इन्चार्ज ममता जोशीका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य तथा लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमहरू ९ महिना अघि केन्द्रीय विभागमा गाभिएपछि शुल्क घटाउनुपर्ने माग उठाइएको हो। साथै, विभागमा आवश्यक शिक्षक, कर्मचारी र भौतिक संरचना व्यवस्थापन गर्नुपर्ने मागसमेत विद्यार्थीहरूको छ।विद्यार्थीहरूले १९ दिनसम्म उपकुलपतिको कार्यकक्
काठमाडौं – नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन लागि फुर गेल्जे शेर्पा समुहले पूर्ण टिमसहित उम्मेदवारी घोषणा गरेको छ ।आगामी भाद्र ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने निर्वाचनको लागि शुक्रबार ‘पर्वतीय पर्यटनको विकास, सरक्षण र सम्बद्र्धनका लागि मेरो उम्मेदवारी’भन्ने नारासहित कार्ययोजना सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेको हुन् । संघको विधान र परिधिभित्र रही सदस्यहरूको हकहित संरक्षणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता सहित शेर्पा समूहले उम्मेद्वारी घोषणा गरेको हो । समुहले सरकारसँगको समन्वयमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको छवी उकास्ने, आपतकालीन उद्धारका लागि आ
बाजुरा – गौमुल गाउँपालिका वडा नम्बर १ माडीकी मैना बोहराले आफ्नै घरमा राडीपाखी बुन्छिन् । गाउँमै आत्मनिर्भर बन्न उनले विगतदेखि राडीपाखी बुन्दै आएकी हुन् ।राडीपाखी बेचेर राम्रो आम्दानी समेत हुने गरेकाले घरखर्च चलाउन सहज हुने भएको उनको भनाइ छ । गौमुलमा हरेक महिलाहरु पेशा व्यवसायमा जोडिएका छन् । यहाँका उद्यमी महिला, बुढाबुढी मात्रै होइन् माडीलगायत गाउँपालिकाका सवै गाउँका अन्य स्थानीयले पनि व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादन गरिरहेका छन् ।कृषिबाट राम्रोसँग हातमुख जोर्न नपुगेपछि यहाँका प्रत्येक नागरिक व्यवसायिक रुपमा पेशामा आबद्ध छन् । गौमुलका स्थानीयको मुख्य पेशा भेडा पा
काठमाडौं – विशेष अदालतले माओवादी केन्द्रका नेता तथा सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै ८ वर्ष कैद र १० करोडभन्दा बढी जरिवाना तोकेको छ।साथै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेललाई पनि अदालतले दोषी ठहर गर्दै उनीहरूलाई पनि ८/८ वर्ष कैद र जनही १० करोड रुपैयाँ जरिवाना तोकेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको संयुक्त इजलासले मेयर थापा, पोखरेल र पौडेलले ३० करोड २९ लाख ३४ हजार ८
काठमाडौँ – रुकुम पूर्वको थवाङ गाउँपालिका–२ दहवाङका ५२ वर्षीय धुते रोका ६२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।पीडित महिलाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको टोलीले रोकालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घटनासम्बन्धी आवश्यक अनुसन्धान जारी छ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.