समाचार

    Showing 2,501-2,510 of 26,480 items.
  • भ्रष्टाचार मुद्दामा पूर्वसभामुख महराको बयान चल्दै, आजै थुनछेक बहस हुने

    काठमाडौं— सुन तस्करीसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा आरोपित प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरा को विशेष अदालतमा बयान जारी रहेको छ।महरा सोमबार बिहान अदालत खुलेसँगै विशेष अदालतमा उपस्थित भएका थिए। अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासमा उनीसँग बयान तथा सवालजवाफ भइरहेको छ।अदालत स्रोतका अनुसार बयान प्रक्रिया सकिएपछि आजै थुनछेक बहस हुने तयारी गरिएको छ। महरा भ्रष्टाचार मुद्दामा जारी भएको म्याद बुझेर बयानका लागि अदालत पुगेका हुन्।विद्युतीय चुरोट (भेप) भित्र लुकाएर नेपाल भित्र्याइएको सुन तस्करी प्रकरणमा सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको आरोपसहित अख्ति

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 499 पटक पढिएको
  • प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीको देशव्यापी मसाल जुलुस घोषणा

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले प्रधानमन्त्री बालेन शाहको हालैको अभिव्यक्तिको विरोधमा देशभर मसाल जुलुस निकाल्ने घोषणा गरेको छ।पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध रहेको आरोप लगाइएको छ।विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइले राष्ट्रको पहिचान र जनभावनामा आघात पुगेको दाबी गर्दै त्यसले सरकारको चरित्र उजागर गरेको उल्लेख गरिएको छ। माओवादीले उक्त अभिव्यक्ति अज्ञानता वा अस्पष्टताका कारण नभई सुनियोजित सोचको परिणाम भएको जिकिर पनि गरेको छ।पार्टीले प्रधानमन्त्रीको

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 479 पटक पढिएको
  • जेनजी आन्दोलनको प्रतिवेदनमा नाम समेटिएपछि बोहोराले हाले सर्वोच्चमा रिट

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।सोमबार सर्वोच्च अदालत पुगेका बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गरेका छन् ।रिट दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू गत भदौ २३ र २४ गते अस्पतालमा रहेको र सो अवधिमा आफ्नी श्रीमतीलाई आपत्कालीन कक्षमा उपचारका लागि राखिएको बताए ।उनले जेनजी आन्दोलनसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आन्दोलनसँग सम्बन्धित कुनै फोटो वा भिडियोमा आफू नदेखिएको उल्लेख गरे ।उनले भने, ‘गत भदौ २३ र २४ गते अस्पता

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 423 पटक पढिएको
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति नेकपाको आपत्ति, भनाइ सच्याउन माग

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति जनाएको छ ।पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भएको आरोप लगाइएको छ ।विज्ञप्तिमा अन्तर्राष्ट्रिय सीमा अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन (क्रस–होल्डिङ) फरक विषय भएको उल्लेख गर्दै कुनै देशले अर्को देशको स्वामित्वमा रहेको भूभागमा अनधिकृत रूपमा कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्ता

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 441 पटक पढिएको
  • ५० लाखसम्मका गाडीमा मूल्य घट्ने अर्थमन्त्री वाग्लेको दाबी

    काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५० लाखभन्दा कमका विद्युतीय गाडीमा मूल्य घट्ने दाबी गरेका छन् ।नेपाल आर्थिक पत्रकार संघको बजेट पछिको अन्तरक्रिया कार्यक्रममा विलासिता गाडीमा मात्रै कर बढेको बताएका हुन्।उनले केही वर्ष अघिसम्म विद्युतीय गाडीको प्यानिट्रेशन बढाउन धेरै छुट दिए पनि अहिले आवश्यकता अनुसार कर लगाएको बताएका छन् । ‘अहिले १ करोड सम्मका विद्युतीय गाडी चढेर हिँड्नु विलाशिता हो। यो सबैले स्वीकार गर्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने,‘ प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा नबढाउन निर्देशन दिनुभएको थियो। ५० लाख माथिका गाडीमा बढाउँदा खासै फरक नपर्ने आशय थियो।’ उनले व्यवसायीहरू किलोवाटका

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 540 पटक पढिएको
  • सभापति लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुन लागेको आफ्नो पहिलो ऐतिहासिक महाधिवेशनको तयारीलाई तीव्र गति दिएको छ। महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा ‘महाधिवेशन मूल आयोजक समिति’ गठन गरिएको पार्टीका प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।उक्त समितिमा पार्टीका शीर्ष नेता, पदाधिकारी तथा विभिन्न मन्त्रीहरूलाई जिम्मेवारी तोकिएको छ। गठन गरिएको मूल आयोजक समितिमा पार्टी उपसभापति एवम् अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिनकुमार

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 393 पटक पढिएको
  • अन्तर्राष्ट्रिय खेलमञ्चमा देश र गृहप्रदेशको गरिमा बढाएको भन्दै रविन्द्रलाई नगद २ लाखसहित सम्मानित

    काठमाडौं— मकाउको अक्टागनमा फिलिपिन्सका प्रतिद्वन्द्वीलाई स्तब्ध पार्दै ‘रोड टु यूएफसी सिजन–३’ को सेमिफाइनलमा स्थान सुरक्षित गरेका नेपाली मिक्सड मार्सल आर्ट्स (एमएमए) का उदयमान तारा रविन्द्र ढाँटलाई मकाउमै भव्य सम्मान गरिएको छ ।अन्तर्राष्ट्रिय खेलमञ्चमा देश र गृहप्रदेशको गरिमा बढाएको भन्दै मकाउमा सक्रिय नेपाली संस्थाहरूले ‘बझाङका बाघ’ उपनामले परिचित रविन्द्रलाई नगद २ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेका हुन् । एक विशेष समारोहका बीच सुदूरपश्चिमेली समाज मकाउले १ लाख रुपैयाँ र मकाउमा बस्दै आएका नेपालका पूर्व बक्सिङ खेलाडीहरुको संगठन ‘एक्स बक्सिङ मकाउ’ ले १ लाख रुपैयाँ गरी कुल २ लाख रुपैयाँ रविन्द

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 410 पटक पढिएको
  • पालिकाले किसानलाई अनुदानको मल बिक्री गर्दै

    काठमाडौं— कोशी प्रदेशमा किसानलाई अनुदानको मल बिक्री गर्न ‘रासायनिक मल अनुदान  निर्देशिका २०८२’ लागू गरिने भएको छ । पालिका उपाध्यक्ष, कृषि विकास अधिकृत र प्रशासकीय अधिकृतसहितको समितिले निर्णय गरेर रासायनिक मल वितरण गर्न लागिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कमल पोखरेलले बताए।  कोशी प्रदेशको १४ जिल्ला र मधेस प्रदेशका सिरहा र सप्तरी जिल्लामा मौज्दातका रुपमा रहेको डिएपी, युरिया, पोटास र कृषि चुन गरी कुल १५ हजार ९२१ मेट्रिक टन बिक्री  गर्न लागिएको हो । जसमा डिएपी एक हजार ८२९ मेट्रिक टन, युरिया १० हजार ८४२ मेट्रिक टन, पोटास तीन हजार ९१ मेट्रिक टन र कृषि चुन १५९ मेटिक

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 417 पटक पढिएको
  • विश्वकपमा समय खेर फाल्नेमाथि कडाइ, फिफाले नयाँ नियम लागू गर्दै

    काठमाडौं— फिफा ले आगामी फिफा विश्वकप २०२६ मा खेलको गति कायम राख्न र समय खेर फाल्ने प्रवृत्ति रोक्न रेफ्रीहरूलाई विशेष निर्देशन दिएको छ ।फिफाका रेफ्री प्रमुख पिएरलुइजी कोलिना ले खेल अनावश्यक रूपमा रोक्ने वा ढिलाइ गर्ने गतिविधिलाई न्यूनतम बनाउने लक्ष्य रहेको बताएका छन् ।नयाँ व्यवस्थाअनुसार गोलकिक वा थ्रो(इन लिन ढिलाइ गरे रेफ्रीले पाँच सेकेन्डको दृश्यात्मक गणना सुरु गर्न सक्नेछन् । समयभित्र गोलकिक नलिए विपक्षी टोलीले कर्नर पाउनेछ भने थ्रो-इन नलिए बल विपक्षी टोलीलाई दिइनेछ ।त्यस्तै, परिवर्तन गरिएका खेलाडीले १० सेकेन्डभित्र मैदान छाड्नुपर्नेछ। चोट वा सुरक्षा सम्बन्धी विशेष अवस्थाबाहेक ढिलाइ गर्न पा

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 713 पटक पढिएको
  • झलनाथ खनाल भन्छन राष्ट्रविरोधी अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री पदमा बस्न सुहाउँदैन

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन् । उनले उक्त अभिव्यक्तिलाई राष्ट्रविरोधी र खतरनाक भन्दै प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन् ।सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नेता खनालले प्रधानमन्त्री शाहको भनाइले नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि आघात पुगेको उल्लेख गरेका छन् । उनले राष्ट्रविरोधी अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री पदमा बस्न नसुहाउने टिप्पणी गरेका छन् ।“राष्ट्रविरोधी अभिव्यक्ति दिने यस्ता

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 429 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.