समाचार

    Showing 25,121-25,130 of 26,780 items.
  • उर्लाबारीका अन्जित सहित ७ जना करिब ८ किलो चरेससहित पक्राउ

    मोरङ // उर्लाबारीका अन्जित थापा सहित ७ जना करिब ८ किलो चरेससहित पक्राउ परेका  छन्।नेपालबाट हङकङमा अवैध लागुऔषध चरेसको कारोबार गरेको आरोपमा मोरङ उर्लाबारी घर भएका ३२ वर्षीय अन्जित सहित  ७ जना पक्राउ परेका हुन्। सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका- ५ का ३० वर्षीय सुजन श्रेष्ठ, सिन्धुपाल्चोक लिसखु गाउँपालिका -५ का ४१ वर्षीय सागर भन्ने जालिन्द्र श्रेष्ठ, पर्सा सखुवापर्सौनी गाउँपालिका -१ का दिनदयाल महतोलाई प्रहरीले पक्राउ गरेको हो। त्यसैगरी  दिपेन्द्र महतो उराव, मकवानपुर थाहा नगरपालिका ११ बस्ने ४५ वर्षीय रबि मोक्तान र धादिङ थाक्रे गाउँपालिका ३ बस्ने २३ वर्षीय मोतीलाल तामाङ समेतलाई पक्रा

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 177 पटक पढिएको
  • रुपन्देही घटना :ज्यान गुमाउनेको संख्या ४ पुग्यो ,कर्फ्यु जारी

    बुटवल //रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। जग्गा कब्जा गरी बसेका र प्रहरीहरुबीचको झडपमा घाइते भएकामध्ये ४ जनाले ज्यान गुमाएका हुन्। मृत्यु भएकामध्ये एक जनाको सनाखत भएको र तीनको सनाखत हुन नसकेको शिक्षण अस्पताल युसिएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी गराएका छन्।मृत्यु हुनेहरुमा  भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका सर्वसाधारण रहेको सुरक्षा स्रोतले पुष्टि गरेको छ। मृतक करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का  रमेश परियारको सनाखत भैसकेको छ । झडपमा परी कम्तीमा ४९ जना घाइते भएका छन्।घाइतेमध्ये १५ सर्वसाधारण र

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 329 पटक पढिएको
  • मोतिपुर औद्योगिक क्षेत्रमा गोली चल्दा पाँच घाईते

    बुटवल / बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्ने समुह र प्रहरीबीच झडप भएको छ । मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण हुन थालेपछि आइतबार दिउँसो अतिक्रमणकारीलाई हटाउन खोज्दा प्रहरी र अतिक्रमणकारी बीच झडप भएको हो । अतिक्रमण गर्न खोज्ने समूहलाई हटाउन खोज्दा झडप भएपछि प्रहरीले गोली चलाएको थियो । गोलीको प्रहारबाट कम्तीमा पाँच जना घाइते भएका छन् । केही समयदेखि मोतिपुर औद्योगिक क्षेत्रको जग्गा पाइने आशामा विभिन्न जिल्लाका मानिस आएर बसोवास गर्न थालेका छन् । मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण हुन थालेपछि रूपन्देही प्रशासनले जग्गा खाली गराउन केही दिनदेखि प्रयास ग

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 113 पटक पढिएको
  • डुंगा दुर्घटना : एक जना बेपत्ता

    सुर्खेत / कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा १८ वर्षीया अनिता बिक रहेकी छिन् । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –१० घाट गाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । दसैँमा घर लिप्ने सेतो (कमेरो) माटो ल्याउनका लागि नदी वारी घाट गाउँबाट डुंगा चढेर पारी (कैलालीको केवरीतर्फ) जाँदै गर्दा दुर्घटना भएको घर्तीले बताए । डुङ्गामा ७ जना सवार थिए । 

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 120 पटक पढिएको
  • ललितपुरकी तामाङको हत्याको आरोपमा तीन पक्राउ

    काठमाडौँ / ललितपुरकी कमला तामाङको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रवीना प्रजा (माझि) र मोरङका २० वर्षीय सुमन मगर रहेका छन् । नुवाकोट घर भइ ललितपुर बस्ने ४५ वर्षीया कमला गत भदौ २५ गते मृत फेला परेकी थिइन् । मान्छे मरेको डोरीको ‘पासो’ महङ्गोमा बिक्री हुने हल्ला सुनेपछि उनीहरूले योजनाबद्ध रुपमा कमलाको हत्या गरेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए । कमलाको हत्या गरेको भोलिपल्ट बिहान उनीहरूले नुहाइ धुवाई गरेर पासोलाई पूजा गरेर खोलामा बगाएको अनुसन्धानबाट थाहा भएको एसएसपी खापुङले

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 183 पटक पढिएको
  • किमसाह मृत्यु प्रकरण : सुनसरीको इनरुवा क्षेत्र तनावग्रस्त

    इटहरी / जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक थुनुवा मृत फेला परेका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मदह किमसाह आज बिहान मृत फेला परेका हुन् । किमसाहको मृत्युपछि जिल्ला प्रहरी कार्यालय सहित इनरुवा तनावग्रस्त बनेको छ । मृतकका आफन्तले छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बिहानैदेखि इनरुवामा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । पीडितका आफन्त सहित ठूलो सङ्ख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुढा पश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधादर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ ।झडपमा प्रहरी सहित एक दर्जन बढी

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 753 पटक पढिएको
  • नाकामा तालिमप्राप्त कुकुर परिचालन

    नेपालगन्ज / नेपालीको महान् पर्व दसैँ–तिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहानाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार दसैँ, तिहारलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत नेपाल–भारतसँग जोडिएको सो नाकामा तालिमप्राप्त कुकुरको सहयोगमा नेपाल भित्रिने यात्रुलाई जाँच गर्ने गरिएको छ ।भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो। कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 89 पटक पढिएको
  • ब्राउन सुगर सहित एक जना पक्राउ

    मोरङ / मोरङ केराबारी गाऊपालिका ७बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय विशाल लिम्बू रहेका छन् । शनिवार बिहान ८ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ९०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 122 पटक पढिएको
  • सुनसरीको हिरासतमा एक थुनुवा मृत फेला

    इटहरी /  जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक थुनुवा मृत फेला परेका छन् । मृतक व्यक्ति मुस्लिम समुदायको भएपनि प्रहरी अन्य जानकारी भने दिएको छैन् । मृतकका आफन्तले छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बिहानैदेखि इनरुवामा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । 

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 458 पटक पढिएको
  • आज प्रदेश १, बाग्मती र गण्डकीमा सामान्य वर्षा हुने

    बिर्तामोड / आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसैबीच, औसतभन्दा केही पछिसम्म रहेको मनसुन सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू–भाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ । अन्य प्रदेशबाट केही दिनमा बाहिरिने विभागले जनाएको छ । नेपालबाट मनसुन बाहिरि

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 89 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.