काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् । दिउँसो १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनी भारतका लागि प्रस्थान गर्ने छन् । रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपालीसँग समेत संवाद गर्ने रास्वपाले जनाएको छ । भाजपाले रविको भ्रमणबाट अन्तरपार्टी सम्बन्ध थप सौहार्द हुने विश्वास गरेको छ । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत जान लागेका लामिछानेको यो भ्रमण ५ दिनको हुने छ । सभापति रवि लामिछानेको भ्रमणका
वीरगञ्ज। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात रु दुई अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज नाका हुँदै चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय सवारीसाधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । गत आवको १० महिनामा यो नाका हुँदै रु एक अर्ब ६५ करोड मूल्य पर्ने नौ हजार ४२ वटा विभिन्न विद्युतीय स
सिमकोट। हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली यहाँ पुगेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न यहाँ आएको टोली घटना भएको क्षेत्र लामपाटा, च्याचौर क्षेत्र पुगेर सिमकोट पुगेको हो । टोलीले सिमकोट बसाइँका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिन
बाजुरा। जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिनुभयो । यस्तै, सोही नगरपालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी छ वर्षीया जसना खड्काको पनि भिरबाट लडेर मृत्यु भएको छ । प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भिरबाट चिप्लिएर निजको मृत्यु भएको हो ।
मलेखु। विभिन्न पोसाकमा सजिएका सयौँ बालबालिका । कसैको हातमा आफैँले बनाएका विज्ञानका सामग्री छन् भने कोही मञ्चमा सानदार नृत्य देखाउँदै छन् । कोहीले मञ्चमा उभिएर निर्धक्क आफ्ना विचारहरू राख्दै छन् । यो दृश्य धादिङको थाक्रे गाउँपालिकामा आइतबार आयोजित ‘प्रथम थाक्रे बाल महोत्सव’ को हो । यहाँका हरेकजसो दृश्य निकै लोभलाग्दो देखिन्थे । विद्यार्थीहरूले तयार पारेका विज्ञान प्रदर्शनी महोत्सवको आकर्षण बने । महोत्सवमा सहभागी जनजागृति मावि, कक्षा १० मा अध्ययनरत प्रतिमा घलानले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “किताबमा पढेका कुरालाई आफैँले बनाएर देखाउन पाउँदा रमाइलो लाग्यो । यसले हाम्रो आत्मविश्वास बढ
काठमाडौँ। आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाए
कर्णाली। कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको छ । ज्योति फाउन्डेसनले सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न ‘कर्णाली छोरी सम्मेलन–२०८३’ कार्यक्रमबाट ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरेको हो । जेठ १६–१७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा १० बुँदे कर्णाली घोषणापत्र सार्वजनिक गरिएको छ । सम्मेलन मुलतः कर्णालीका छोरीहरूको उज्ज्वल भविष्य निर्माणका लागि बाधक बनेका बालविवाह, लैङ्गिक विभेद, कुप्रथालगायत विभेदहरूको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ
देवेन्द्र किशोर: ३१ मे २०२६ (जेठ १७)मा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले प्रतिनिधिसभाको बैठकमा दिएको एउटा वाक्यले नेपाली राजनीति तरङ्गित बनाएको छ। विपक्षी सांसद पद्मा अर्यालको लिम्पियाधुरा–लिपुलेकसम्बन्धी प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, “भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।” यो भनाइले तत्काल संसदभित्र विरोध र बाहिर राष्ट्रवादी बहस जन्मायो। त्यसबाट उत्पन्न राजनीतिक तरंग र नेपालको आगामी राष्ट्रिय नीतिमा पर्न सक्ने प्रभावको विश्लेषण गरिएको छ।१. घटनाक्रम र अभिव्यक्तिको सन्दर्भ:-सांसद पद्मा अर्यालले भारत–चीनबीचको व्यापारिक मार्ग निर्माणप्रति ने
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताएका छन् ।बजेटसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले स्रोत व्यवस्थापन र बजेटको आकारबारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा २५ खर्बसम्मको बजेट आउने अनुमान भएपनि अन्ततः करिब २१ खर्ब हाराहारीमा बजेट प्रस्तुत गरिएको जानकारी दिए ।‘यो पद र गहन जिम्मेवारी बोकेपछि राजकाजका सीमाबारे भित्रबाट बुझिन्छ नै,’ मन्त्री वाग्लेले भने, ‘सुरुमा २५ खर्बको बजेट आउँछ भन्ने हल्ला थियो, तर अन्तिममा २१ खर्ब हाराहारीमा सीमित गरिएको हो ।’उनका अनुसार बजेट प
काठमाडौं— काठमाडौंको सुकेधारामा एक महिलामाथि खुर्सानीको धुलो छर्केर सुनको सिक्री र मोबाइल लुट्ने घटनामा संलग्न दुई जना प्रहरीको फन्दामा परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार दिउँसो करिब १ः२३ बजे भएको उक्त घटनापछि फरार भएका व्यक्तिहरूको खोजी गर्ने क्रममा राति करिब ९ः२५ बजे काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित मनोहरा करिडोर क्षेत्रबाट उनीहरूलाई प्रहरीले पक्राउ गरको हो।प्रहरीले पक्राउ गर्न खोज्दा एक आरोपितले प्रहरी कर्मचारीको आँखामा समेत खुर्सानीको धुलो छर्किएको तथा खुकुरी प्रहारको प्रयास गरेको जनाएको छ।पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–३, चपली भद्रकालीका ४० वर्षीय गणेश कार्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.