समाचार

    Showing 3,021-3,030 of 17,208 items.
  • रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

    काठमाडौं— भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरे लगत्तै दुबै दलका सांसदहरू उठेर विरोधमा उभिएका थिए। त्यसपछि सभामुखले रास्वपाका सांसद विराजभक्त श्रेष्ठलाई बोल्ने अनुमति दिएका थिए। श्रेष्ठले सरकारलाई पटक–पटक माग गर्दा पनि भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक समिति गठन नभएकोप्रति गम्भीर आपत्ति जनाउँदै जबसम्म छानबिन समिति बनाइँदैन, तबसम्म विरोध जारी राख्ने बताएका छन्। उनले मन्त्रिपरिषद्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 488 पटक पढिएको
  • रास्वपाका समानुपातिक उम्मेदवार सूचीबाट नाम हटाउन कुसुम महर्जनको निवेदन

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद उम्मेदवार कुसुम महर्जनले आफ्नो नाम सूचीबाट हटाउन पार्टीमा निवेदन दिएकी छन्। महर्जनको निवेदनबारे निर्णय गर्न रास्वपाले आज दिउँसो ३ बजे पार्टी कार्यालय, बनस्थलीमा सचिवालय बैठक बोलाएको छ।महर्जन २०७९ सालको संघीय निर्वाचनमा रास्वपाको समानुपातिक सूचीमा आदिवासी जनजाति क्लस्टरअन्तर्गत परेकी थिइन्। रुपन्देही स्थायी ठेगाना भएकी महर्जन हाल काठमाडौंमा बसोबास गर्दै आएकी छन्।पार्टी स्रोतका अनुसार, आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा रुपन्देही–३ बाट उम्मेदवारी दिन इच्छुक महर्जनले सोही तयारीस्वरूप समानुपातिक सूचीबाट नाम हटाउन न

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 512 पटक पढिएको
  • जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित

    काठमाडौं–   जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन् । मंगलबार राजविराजमा जिल्ला अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि पाँच सय चार मत परेको थियो । जसमा दुई सय ३५ मत ल्याएर जसपा नेपाल सप्तरीको आगामी कार्यकालको लागि केदार यादव अध्यक्षमा निर्वाचित हुन् । केदार यादव यसअघि पनि सप्तरीको जिल्ला अध्यक्ष पदमा कार्यरत थिए । यसैगरी, जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी हरेराम यादवलाई जम्मा ९ मतले पराजित ग

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 288 पटक पढिएको
  • मोरङका दुई स्थानमा दुई पुरुषको शव फेला, अनुसन्धान जारी

    विराटनगर –  मोरङका दुई फरक स्थानमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । उर्लाबारी र बेलबारी नगरपालिकामा सोमबार साँझ र मंगलबार बिहान फेला परेका शवको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । दुवै घटनाको प्रहरी अनुसन्धान विभिन्न कोणबाट अगाडि बढाइएको छ ।उर्लाबारी नगरपालिका–२ निवासी २३ वर्षीय सुशील लिम्बू मंगलबार बिहान आफ्नै घर नजिकको धानखेतमा मृत भेटिएका हुन् ।इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार, उनको शव खेतमा घोप्टो परेको, नाकबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा फेला परेको हो ।घटनास्थलमै पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि शवलाई मंगलबारेस्थित मदन भण्डारी अस्पत

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 355 पटक पढिएको
  • सशस्त्र प्रहरी बल नेपालमा ७७ जनाको बढुवा सिफारिस

    काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेका ७७ पदमा बढुवाका लागि सिफारिस गरेको छ। सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी) मा ६, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा २२, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ र सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा ४८ जनाको बढुवा सिफारिस गरिएको संगठनका केन्द्रीय प्रवक्ता एसएसपी कालिदास धौवजीले जानकारी दिए ।प्रवक्ताका अनुसार, बढुवा सिफारिस गर्दा ज्येष्ठता, व्यावसायिक क्षमता र कार्यसम्पादन मूल्याङ्कनलाई प्राथमिकता दिइएको छ। यसले संगठनको वृत्ति विकास र सुरक्षा फौजको मनोबल अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।एसएसएसपीमा सिफारिस भएकाहरू दोस्रो ब्याचका,

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 419 पटक पढिएको
  • पाँच दिनपछि हराएका दुई बालबालिका मृत भेटिए

    पाँचथर— जिल्लाको याङवरक गाउँपालिका–२ का दुई बालबालिका पाँचदिनदेखि बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा आज बिहान १० वर्षीय शिशिर राई र ५ वर्षीया नानुमा राईको शव स्थानीय बिरुवा खोलामा भेटिएको छ। दुवै जना बालबालिका पूर्ण आधारभूत विद्यालयमा कक्षा ४ र १ मा अध्ययनरत थिए।बालबालिका बेपत्ता भएपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजी कार्य तीव्र पारेका थिए। पाँच दिनको खोजीपछि उनीहरू मृत अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको छ।घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 449 पटक पढिएको
  • पहिरोले गुल्मीको मुख्य यातायात मार्ग कालीगण्डकी करिडोर अवरुद्ध

    गुल्मी— अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको प्रमुख यातायात मार्ग कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। रिडी–पुर्तिघाट सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित गरगरे, मुल्क र वडा नम्बर ३ को कनौटामा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार अन्य स्थानका पहिरो हटाइए पनि गरगरे खण्डमा पहिरो पन्छाउने कार्य जारी छ। तर, निरन्तर वर्षाका कारण पहिरो खसिरहँदा उद्धारमा कठिनाइ भईरहेको प्रहरीले जनाएको छ।कालीगण्डकी गाउँपालिकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नै परेमा पहिल्यै सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। शनिबार रातिदेखि

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 480 पटक पढिएको
  • बागलुङ आन्तरिक राजस्व कार्यालयले एक अर्बभन्दा बढी राजस्व संकलन

    बागलुङ— आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८१/८२ मा एक अर्बभन्दा बढी राजस्व संकलन गरेको छ। सो अवधिमा एक अर्ब सात करोड ६६ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी मोहनप्रसाद आचार्यले जानकारी दिए। कार्यालयले उक्त वर्षमा एक अर्ब २२ करोड ३९ लाख २० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर लक्ष्यको ८७.९७ प्रतिशत मात्र संकलन गर्न सकिएको आचार्यले बताए। “सरकारको आन्तरिक राजस्व संकलनको बजेटअनुसार नै कार्यालयको लक्ष्य निर्धारण गरिएको हो,” उनले भने, “तर त्यो अनुसारको राजस्व संकलन गर्न सकिएन।”आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले आयकरतर्फ ६० करोड १० लाख ३५ हजार रुपैयाँ, भाड

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 465 पटक पढिएको
  • ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

    उदयपुर –  उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका  उदयपुर रौतामाई–७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको  घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरप

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 221 पटक पढिएको
  • प्रतिबन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ

    विराटनगर— झापा, मोरङ र धनकुटाबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा सुरक्षा निकायले विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको टोलीले झापा शिवसताक्षी नगरपालिका–५ का २९ वर्षीय राजेन्द्र कुमार ताजपुरीया र वडा नं. ४ का २१ वर्षीय अजय ताजपुरियालाई ८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।त्यस्तै, लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले मोरङको विराटनगर–१५ स्थितबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–७ निवासी ३२ वर्षीय मनोज बस्नेतलाई ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।यता

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 511 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा