समाचार

    Showing 3,561-3,570 of 26,533 items.
  • सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला

    काठमाडौं— सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै ८५ हजार कित्ता साधारण शेयर सार्वजनिक गरेको हो ।जारीपूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत शेयर उक्त समूहका लागि छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दर रहेको छ ।यस आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक परेमा जेठ ४ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।आवेदन मेरो शेयरमार्फत सि–आस्वा प्रणाली प्रयोग गरी दिन सकिन

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 411 पटक पढिएको
  • मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    झापा। मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ ।मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ मा आठमौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर–४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर–५ मा नकलबन्दा छोटी भन्सार, मेचीनगर–७ मा सतिघट्टा छोटी भन्सार र गौरीगन्ज–१ मा महाभारा छोटी भन्सार स्थापना भएका थिए ।हाल गौरीगन्ज–२ स्थित आठमौजाबाहेक अरु छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 333 पटक पढिएको
  • सुदूरपश्चिमका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै

    कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ । सन् २०३० सम्ममा सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतालाई ५० प्रतिशतले घटाउने सरकारको लक्ष्यअनुरूप उपचार केन्द्र विस्तार गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म सर्पदंशको उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।सोही योजनाअनुरूप डडेल्धुराको जोगबुडा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तार गरिन लागेको सुद

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 286 पटक पढिएको
  • केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

    काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको भने सुदूरपश्चिम र कर्णाली  प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।  आज राति देशभर साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केह

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 256 पटक पढिएको
  • भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

    भद्रपुर (झापा)। वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरु खुसी भएका छन् ।  लामो समयदेखि भारतीय बजारमा निर्भर रहेका उपभोक्ता र व्यापारीहरू क्रमशः स्वदेशी बजारतर्फ फर्किन थालेपछि भद्रपुरको व्यापारमा सकारात्मक सङ्केत देखिएको छ । भारततर्फबाट नेपाल ल्याउँदा रु एक सयभन्दा बढीका सामानमा भन्सार लाग्ने भएपछि नेपालतर्फबाट बजार चलायमान हुन थालेको स्थानीयहरु बताउँछन् ।   झापाको भद्रपुर आसपासका स्थानीयका लागि भारतको

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 363 पटक पढिएको
  • परदेशमै अस्ताएका सपना

    बलेवा। बागलुङको बरेङ गाउँपालिकाका ४० वर्षीय पुरुष केही वर्ष पहिले परिवारको सुन्दर सपना बोकेर संयुक्त अरव इमिरेट्स (युएई) पुगे । युएईको दुबईमा एउटा घरमा करिब एक वर्ष काम गरिसकेका थिए ।  परिवारको समान्य खर्चसमेत नचलेपछि युएई पुगेका उनले महिनाकै खर्च घर पठाउँदै आएका थिए । छोराछोरीको पढाइलेखाइ, औषधि उपचार र घर खर्चसमेत धेरथोर बचाउने र भविष्य सुन्दर बनाउने उनको सपना थियो । तर एक दिन उनको सपना तुहियो । घरमा सुतिरहेकै बेला उनको मृत्यु भएको खबर घर पुग्यो । वैदेशिक रोजगार बोर्ड, सुरक्षित आप्रवासन कार्यक्रम र बरेङ गाउँपालिका समेतको सक्रियतामा उनको शव घर ल्याइयो ।  परिवारकै खर्च चलाउन लामो समय

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 231 पटक पढिएको
  • उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

    मुस्ताङ। नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखापरेका छन् ।  समून्द्री सतहभन्दा करिब पाँच हजार मिटर उचाइको लोमान्थाङ गाउँपालिकास्थित धालुङ उच्चलेक र सेतारा लेकमा जङ्गली गधा (क्याङ) चर्दै गरिहेको अवस्थामा भेटिएका हुन् । जङ्गली गधा (क्याङ) सम्बन्धी अध्ययन गरिरहेका एक्याप लोमान्थाङ कार्यालयका प्रमुख उमेश पौडेलले लोमान्थाङस्थित धालुङ र सेतारा उच्चलेकमा जङ्गली गधा क्याङ चर्दै गरिरहेको अवस्थामा भेटिएको बताउनुभयो ।  कोरलास्थित नेपाल—चीन सीमा क्षेत्रबाट फर्किंदै गरेको अवस्थामा धालुङ र सेतारा

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 257 पटक पढिएको
  • सिमामा कड़ाई , कमजोर कार्यान्वयन—भन्सार रित्तो, तस्कर मालामाल

    अपरिचित भद्रपुरपूर्वी नेपालको झापा जिल्लास्थित काकरभिट्टा नाकामा रहेको मेची मूल भन्सार मातहतका छोटी भन्सार कार्यालयहरूको अवस्था आजको सीमा नीति र यसको कार्यान्वयनबीचको गम्भीर अन्तरलाई उजागर गर्ने एउटा जीवित उदाहरण बनेको छ। औपचारिक रूपमा राजस्व वृद्धि र सीमापार व्यापारलाई व्यवस्थित गर्ने उद्देश्यले स्थापना गरिएका यी नाकामध्ये अधिकांश निष्क्रिय छन्। सञ्चालनमा रहेका थोरै नाकाहरू पनि अपेक्षित कारोबारविहीन छन्। यता सरकारको कडाइ—भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य राजस्व तिर्नुपर्ने—ले सर्वसाधारणलाई सीमाबाट टाढा धकेलेको छ, तर विडम्बना के छ भने यही कडाइले तस्करीलाई अझ संगठित

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 311 पटक पढिएको
  • नेपालले राखेका सीमा विवाद सम्बन्धी दावीलाई भारतद्वारा अस्वीकार

    काठमाण्डौ  ।  नेपालले आफ्नो भूभाग लिपुलेक हुँदै कैलाश मानसरोवर मार्ग खोलेको विरोधमा पठाएको कूटनीतिक नोटलाई भारतले केही घण्टामै जवाफ दिँदै ठाडै अस्वीकार गरिदिएको छ। लिपुलेक पास भएर जाने यो बाटो सन् १९५४ देखि नै निरन्तर सञ्चालनमा रहेको पुरानो मार्ग भएको र यसमा कुनै नयाँ विषय नभएको दाबी भारतले गरेको छ। नेपालले अघि सारेका भू-भागसम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको जिकिर गर्दै भारतले त्यस्ता एकतर्फी दाबीहरू आफूलाई किमार्थ स्वीकार्य नहुने स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले कूटनीतिक नोटमार्फत ध्यानाकर्षण गराएको केही घन्टामै प्रतिवाद गर्दै भारतले सीमा वि'वाद लगायतका द्व

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 230 पटक पढिएको
  • सरकारले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालनबारे आपत्ति जनाउँदै भारत र चीन लाई पत्र पठायो

    काठमाण्डौ  ।  सरकारले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालनबारे आपत्ति जनाउँदै भारत र चीन लाई पत्र पठाएकोछ।नेपाली भूमि लिपुलेक हुँदै भारतले कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने घोषणा गरेपछि पनि मौन बसेको बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले अन्ततः आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ । आइतबार सरकारको मौनतामाथि प्रश्न उठाउँदै समाचार सम्प्रेषण गरेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण दिएको हो  ।मन्त्रालयले ६ बुँदे विज्ञप्ति जारी गर्दै सरकारको अडान प्रस्ट पारेको छ । मन्त्रालयले सन् १८१६ को सुगौली सन्धि अनु

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • 272 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.