काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ ।जल तथा मौसम विज्ञान विभागले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ ।मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजक (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५० पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक
काठमाडौँ। पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ ।निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।उक्त दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव यही साउन २१ गते नेपाल ल्याइसकिएको छ । दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ ।
कर्णाली। कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो जीवन आहुति दिने यहाँका चार सहिदको स्मृति दिवसका अवसरमा दीप प्रज्ज्वलन गरिएको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको वीरेन्द्र चोकमा सोमबार अबेर दीप प्रज्ज्वलन गरिएको हो । प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दीप प्रज्ज्वलन गरी प्रदेश स्थापनार्थ आफ्नो प्राण बलिदान गर्ने कर्णालीका चार सहिद हरिबहादुर कुँवर (जुम्ला) यामबहादुर विसी, टीकाराम गौतम र गोपालसिंह रजवार (सुर्खेत)को स्मरण गर्नुभयो ।उहाँले भन्नुभयो, “कर्णाली र मुलुकका लागि आफ्नो जीवन बलिदान दिने चारैजना सहिदप्रति उच्च सम्मान प्रकट गर्दै उनीले देखाएको सपना र बाटोमा सरकार निरन
काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी सांसदहरूले सरकारमाथि चौतर्फी प्रश्न उठाएका छन्। प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिदेखि जनजीविकाका समस्या, सुशासन, कूटनीतिक मर्यादा, सामाजिक सद्भाव र दलित अधिकारसम्मका विषय उठाउँदै सांसदहरूले सरकारलाई जवाफदेही बन्न दबाब दिएका हुन्। बैठकमा बोल्ने अधिकांश विपक्षी सांसदहरूले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने र संसद्मा उठेका जनताका जल्दाबल्दा सवालमा सरकार गम्भीर बन्नुपर्ने माग गरे।बैठकको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले आफूलाई ‘एक्लो’ महसुस भएको बताएको प्रसंग उल्लेख गर्दै सरकारक
सिराहा / बोलबम यात्रामा सहभागी श्रद्धालु बोकेको ट्याक्टर सिराहामा दुर्घटनामा पर्दा १५ जना घाइते भएका छन्। घाइतेमध्ये धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सोमबार कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित फुलकुमारी महतो स्कुलको गेटअगाडि उक्त दुर्घटना भएको हो। उतरवाहिनीबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ज १ त ४८०८ नम्बरको ट्याक्टरको ट्रेलरमा बोलबम श्रद्धालुहरू सवार थिए।प्रहरीका अनुसार स्कुलको गेटअगाडिको उकालोमा पुगेपछि ट्याक्टर अनियन्त्रित भई ट्रेलरसहित पल्टिएको थियो। दुर्घटनामा विभिन्न उमेर समूहका १५ जना श्रद
मकवानपुर / मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेबाट प्रहरीले घरभित्र लुकाएर राखिएको एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकबहादुर सिङतान पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा सोमबार प्रहरीले सिङतानको घरमा खानतलासी गर्दा बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइएको अवस्थामा पेस्तोल फेला पारेको हो।प्रहरीका अनुसार ‘ल्य। ०१७११०’ अंकित एक थान पेस्तोल र त्यससँग सम्बन्धित एक थान म्यागजिन बरामद गरिएको छ।बरामद गरिएको पेस्तोलको सम्बन्धमा थप अनुसन्धा
डब्लिन (आयरल्याण्ड) / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुली गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन आयरल्याण्ड पुगेका छन्।डब्लिनस्थित र्याडिसन होटलमा सोमबारदेखि सुरु हुने दुईदिने सम्मेलनमा पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। उनी आइतबार साँझ डब्लिन पुगेका थिए। उनलाई एनआरएनएका अध्यक्ष डा। हेमराज शर्मा लगायत पदाधिकारीहरूले स्वागत गरेका थिए।सम्मेलनमा युरोपसहित विश्वका विभिन्न देशबाट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) तथा राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० का पदाधिकारी, उद्यमी, पेशाकर्मी, विज्ञ, महिला तथा
काठमाडौँ। यही साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २० जना घाइते भएका छन् ।उक्त अवधिमा सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, चट्याङको एक, अतिवृष्टिका दुई र वन्यजन्तु आक्रमणको एक घटना भएका छन् । विपद्का घटनामा सहायताका निम्ति १७३ जना प्रहरी परिचालन भएका प्राधिकरणले जनाएको छ ।सर्पदंशका घटनामा २० जना घाइते भएका छन् । विपद्का घटनाबाट अनुमानित रु ३८ लाख ४७ हजार ५०० बराबरको क्षति भएको छ भने चार स्थानमा सडक अवरोध र एउटा चौपायाको ज्यान गएको छ ।यसैबीच
भद्रपुर। जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ । उक्त आवमा ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान तथा ९०० मिटर मर्मतसम्भार गरिएको छ । उक्त कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत आवमा छ वटा झोलुङ्गे, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ विद्यालयका पूर्वाधार, एउटा कभर्डहल तथा आठ अन्य भवन तथा पूर्वाधार निर्माण भएका छन् । गत आवमा रु एक अर्ब ५१ करोड १४ लाख ७८ हजार विनियोजन भएकामा रु एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० खर्च भएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.