समाचार

    Showing 3,741-3,750 of 26,533 items.
  • विद्यार्थी संगठनले मागे शिक्षामन्त्रीको राजीनामा

    काठमाडौं— सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेको विरोधमा संयुक्त विद्यार्थी संगठनले मार्चपाससहित विरोध प्रदर्शन गरेका छन् ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा विद्यार्थीले विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी विरुद्ध विरोधसहित मार्चपास गरेका हुन् ।प्रदर्शनरत विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत मागेका गरेका छन् ।मार्चपास कार्यक्रममा बोल्दै अनेरास्ववियका उपाध्यक्ष अशोक थापाले विद्यार्थी संगठन खारेज गर्ने र विद्यार्थी संगठनलाई क्याम्पस प्रवेश गर्न निषेध गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने सरकारको तयारीविरुद्ध आफूहरु आन्दोलनमा र

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 531 पटक पढिएको
  • प्रदर्शन गर्न लागेको चलचित्र ‘लालीबजार’ किन रोकियो ? यस्तो छ कारण

    काठमाडौं— आज मंगलबार प्रर्दशन गरिने भनिएको चलचित्र ‘लालीबजार’ रोकिएको छ ।  उक्त चलचित्र उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएसँगै  प्रर्दशन रोकिएको हो।प्रदर्शनको तीन दिनअघि अदालतले प्रदर्शन रोक्न भनेपछि निर्माण टिम अन्योलमा परेको थियो । निर्माण पक्षले मंगलबार साँझ साढे ५ बजे प्रिमियर शो आयोजना गरेको थियो । तर अदालतले दिएको आदेशसँगै उक्त शो स्थगित गरिएको निर्माण पक्षले बताएको छ ।“अदालतले सार्वजनिक प्रदर्शन नगर्नु भनेपछि हामी खदालतको आदेशलाई सम्मान गर्छौं,” लालीबजारका कार्यकारी निर्माता प्रदीप भट्टराईले भने, “अदालतको सम्मान गर्दै आजको प्रिमियर स्थगित गरेका छौँ ।”उनका अ

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 555 पटक पढिएको
  • इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट

    एजेन्सी— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । प्रस्तावले होर्मुज खोल्ने र इरानको बन्दरगाहहरूमा अमेरिकी सैन्य नाकाबन्दी अन्ये गर्ने प्रयासलाई प्राथमिकतामा राखी आणविक विषयलाई समावेश नगरेको ह्वाइट हाउस अधिकारीलाई उद्धृत मिडियाले रिपोर्ट गरेका छन् ।राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसमा भएको बैठकमा आफ्ना शीर्ष अधिकारीहरूसँग इरानको प्रस्तावबारे छलफल गरेको जनाइएको छ ।ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्ने सम्भावना नरहेको बैठकका सहभागीहरुलाई उदृत गर्दै जनाएको छ ।अधिकारीलाई उदृत गर्दै द न्यूयोर्क टाइम्सले इरानी प्रस्त

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 489 पटक पढिएको
  • सांसद पोखरेललाई स्वागत गर्न प्रअ ढिलो गएको विषयमा स्कुलले माग्यो माफी

    ओखलढुंगा— जिल्लाको खिजिदेम्बा गाउँपालिका–२, रगनीमा अवस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले संघीय सांसद विश्वराज पोखरेलप्रति भएको असमझदारीलाई लिएर क्षमा याचना गरेको छ।२०८३ साल वैशाख १० गते  दिन विद्यालयको समस्या र शैक्षिक गतिविधिको जानकारी लिन पोखरेल पूर्व निर्धारित कार्यक्रम अनुसार विद्यालय पुगेका थिए।सोही समयमा विद्यालयका प्रधानाध्यापक सन्त बहादुर मगर विद्यालयका मागपत्र र समस्याहरू तयार गर्ने कार्यमा व्यस्त रहेको र संसद पोखरेल विद्यालय परिसरमा प्रवेश गरेको जानकारी समयमै प्राप्त नहुँदा केहीबेर ढिलाइ हुन पुगेको विज्ञप्तिमा उल्लेख छ।​विज्ञप्तिमा भनिएको छ, ‘प्रधानाध्यापक मागपत्रसहित स्वागतका

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 513 पटक पढिएको
  • नेप्से परिसूचक २६ अंकले घट्यो

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६ अंकले घटेर दुई हजार ७७० दशमलव २६ बिन्दुमा कायम भएको छ ।आज ३४९ कम्पनीको एक करोड ४० लाख १३ हजार १६७ कित्ता सेयर एक लाख ५१ हजार २८६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।आजको कारोबारमा अन्य समूह शून्य दशमलव ७३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ८४, विकास बैङ्क एक दशमलव २२, वित्त शून्य दशमलव ६१, होटल तथा पर्यटन दुई दशमलव ५६, जलविद्युत् एक दशमलव ७४, लगानी शून्य दशमलव ४७ र जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।त्यस्तै, उत्पादन तथा प्र

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 482 पटक पढिएको
  • झापाको हिमालय माविका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं— झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध करिब ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले भवन निर्माण तथा विद्यालयको आर्थिक कारोबारमा अनियमितता गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।अख्तियारका अनुसार विद्यालय भवन निर्माणका क्रममा प्राविधिक मूल्यांकनभन्दा बढी रकम भुक्तानी लिई झुट्टा बिल–भर्पाई तयार गरी अनियमितता गरिएको पाइएको छ। यस क्रममा करिब ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ बढी भुक्तानी लिइएको आरोप

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 513 पटक पढिएको
  • सदस्य सचिव पन्थ भन्छन पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ

    काठमाडौं— राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको बताएका छन्।आज बसेको पूर्वाधार समिति बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाहरू विभिन्न अवरोधका कारण अपेक्षित रूपमा अघि बढ्न नसकेको बताए । उनले आयोजनाका लागि कानुनी तथा नीतिगत व्यवस्था अभावमा रहेको बताए ।उनले भने, ‘आयोजनाहरुको कार्यनयन संबन्धी छुटै र स्पस्ट कानुनी तथा नितीगत व्यवस्था छैन । अन्य आयोजना भन्दा भिन्न प्राथमीक्ताका परिनाम मुखि हुनेगरी कार्यनयन कार्य बिधि तर्जुमा भएको पनि देखिएको छैन् ।’पन्थले जग्गा प्राप्ति, रुख कटानी तथा मुआब्जा वितरण प्रक्रियामा जटिलता रहेको उल्लेख गर्दै

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 467 पटक पढिएको
  • त्रिविमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन, सरकारविरुद्ध मार्चपास

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनले मंगलबार विभिन्न नारासहित प्रदर्शन गरेका छन्।उनीहरूले शैक्षिक संस्थाहरूमा हुने छात्रा हिंसाविरुद्ध एकजुट बनौं, क्याम्पसहरू सुन पसल होइनन्, विश्वविद्यालयमा प्रहरी होइन प्राध्यापक पठाऊ, ओइ सरकार ओइ, विद्यालय शिक्षा विधेयक खोइ रु लगायतका नारासहित पम्पलेट प्रदर्शन गरेका हुन्।अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता मदन ढकालले संयुक्त विद्यार्थी संगठनको तर्फबाट विरोध प्रदर्शनस्वरूप मार्चपास गरिएको बताए।उनले भने, ‘जनतालाई महँगीको मारमा पारिएको छ, सुकुम्बासीको उठीबास गराइएको छ, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिएको छैन। यी सबै विषयमा सरकारला

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 461 पटक पढिएको
  • आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

    काठमाडौं— राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार उपभोक्ताको मूल्यमा ६६ खर्ब रुपैयाँ पुग्ने देखिएको छ ।गत आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब र २०८०/८१ मा ५७ खर्ब ६० अर्ब रुपैयाँ रहेको थियो । कार्यालयले ६ देखि ८ महिनाको वास्तविक तथ्याङ्क र बाँकी अवधिको प्रक्षेपणका आधारमा यो राष्ट्रिय लेखा अनुमान तयार पारेको हो । यस वर्ष नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत र आधारभूत मूल्यमा ३.६८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा संशोधित आर्थिक वृद्धिदर ४.४

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 479 पटक पढिएको
  • टियुमा संयुक्त विद्यार्थी संंगठनको आन्दोलन

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयमा विभिन्न विद्यार्थी संगठनहरूको संयुक्त मोर्चाले मंगलबार प्रदर्शन गरेका छन्। विश्वविद्यालय परिसरमा भेला भएका विद्यार्थीहरूले शैक्षिक क्षेत्रसँग सम्बन्धित विभिन्न माग राख्दै नाराबाजी गरेका हुन्।प्रदर्शनका क्रममा उनीहरूले “शैक्षिक संस्थामा हुने छात्रा हिंसा विरुद्ध एकजुट बनौँ”, “क्याम्पसहरू सुन पसल होइनन्”, “विश्वविद्यालयमा प्रहरी होइन, प्राध्यापक पठाऊ”, तथा “ओई सरकार, विद्यालय शिक्षा विधेयक खोई?” जस्ता नारा लेखिएका प्लेकार्ड र पम्पलेट बोकेका थिए।विद्यार्थी नेताहरूले विश्वविद्यालय र क्याम्पसहरूमा बढ्दो असुरक्षा, विशेषगरी छात्रामाथि हुने हिंसाका घटनाप्रति चिन्ता व

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 480 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.