समाचार

    Showing 3,831-3,840 of 15,537 items.
  • आजको मौसमः यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । हाल कोशी प्रदेश, गण्डकी  प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुनाका साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज राति लुम्बिन

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 165 पटक पढिएको
  • सिरहामा विस्थापित दलितको घर प्रदेश सरकारले बनाइदिने

    सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेदको घटनामा विस्थापित भई परिवारसहित उठीबास लगाइएका दलित दीपक मल्लिकको घर प्रदेश सरकारले बनाइदिने भएको छ । मदन भण्डारी आवास कार्यक्रममार्फत मधेस सरकारको रू पाँच लाख ६० हजार लागतमा निर्माण हुने उक्त घरमा दुई कोठा, भान्सा र शौचालय हुने जनाइएको छ । एक साताभित्रै घर निर्माण सुरू गर्न सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।‘केही दिनअघि पीडित परिवार म कहाँ आउनुभएको थियो । त्यही समयमा मैले उहाँको घर बनाइदिने प्रतिबद्धता गरेको थिएँ’, मुख्यमन्त्री सिंहले भने, ‘अब एक साताभित्रै काम सुरू हुनेछ ।’ यसअघि

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 250 पटक पढिएको
  • औँसी नुहाउन एकैदिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए

    मुस्ताङ । चैतेदसैँ औँसी नुहाउन एकैदिन १० हजारभन्दा बढी तीर्थालु मुस्ताङ भित्रिएका छन् । चैतेदसैँ औँसी तिथिको अघिल्लो दिन आज दिवङ्गत पितृको उद्धारका लागि मुस्ताङको कागबेनीधाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न धार्मिक श्रद्धालु भक्तजनको घुइँचो लागेको हो ।जिल्ला प्रहरी कार्यालयले चैतेदसैँ औँसी तिथिमा कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालुले मुस्ताङका होटल भरिभराउ भएका जनाएको छ । थासाङ गाउँपालिका–४ घाँसाबाट कागबेनीसम्मका अधिकांश होटल श्राद्ध गर्न आउने तीर्थालुले भरिभराउ भइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए ।उहाँका अनुसार म्याग्दी र मुस्ताङको सीमावर्ती

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 268 पटक पढिएको
  • अन्नपूर्ण आरोहणका लागि ४२ जनाले अनुमति लिए

    म्याग्दी । वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहरणका लागि ४२ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । वसन्तयामका लागि चार समूहका ३० पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिइन् ।उनका अनुसार वसन्तयामका लागि हालसम्म नेपालका पाँच वटा हिमाल आरोहरण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण आरोहण गर्नेहरू छन् । अघिल्लो वर्षभन्दा यो वर्ष अन्नपूर्ण आरोहण गर्न अनुमति लिने आरोहीहरू बढेका छन् ।अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएबापत विभाग

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 223 पटक पढिएको
  • राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको गुँड खोज्न सुरु गरेको छ । राप्ती नदी क्षेत्रमा यही चैत १ गतेदेखि गुँड खोज्न सुरु गरिएको हो ।निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिलेसम्म १४ वटा गुँड फेला परिसकेका छन् । आगामी वैशाख १० गतेसम्म निकुञ्जले दुईजना कर्मचारी खटाएएको बताउँदै स्थानीय बोटे समुदायका व्यक्तिले पनि गोहीको गुँड खोज्न सहयोग गरिरहेका उनले जानकारी दिए । बोटे समुदायका व्यक्तिले गुँड खोजेर त्यसको रेखदेख गर्ने भन्दै मगरले वैशाख १५ गतेपछि गोहीको अण्डा सङ्कलन गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ गुँडका दुई सय ४

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 213 पटक पढिएको
  • ‘महिलासँग उपमेयर कार्यक्रमः गर्भवतीलाई पोषण भत्ता’

    तनहुँ । आमा र शिशुको स्वास्थ्य सुधारका लागि जिल्लाको व्यास नगरपालिकाले गर्भवतीलाई पोषण भत्ता सुविधा उपलब्ध गराउन थालेको छ । महिलासँग उपमेयर कार्यक्रम’अन्तर्गत सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच र सुत्केरी सेवाप्रति आकर्षित गराउन नगरले पोषण भत्ता उपलब्ध गराएको हो । नगरपालिकाका अनुसार गर्भवतीको स्वास्थ परीक्षण नगर्दा र घरमै बच्चा जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या हुने जोखिम भएकाले त्यसको अन्त्यका लागि यो किसिमको कार्यक्रम अघि ल्याइएको हो । नगरपालिकाभित्रका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अन

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 294 पटक पढिएको
  • रसुवागढी नाकाबाट आठ महिनामा चार हजारभन्दा बढी चिनियाँ गाडी भित्रिए

    रसुवा । उत्तरी नाका रसुवागढीबाट आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि फागुन मसान्तसम्म चार हजारभन्दा बढी चिनियाँ सवारीसाधन नेपाल भित्रिएका छन् । रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार साउनदेखि फागुनसम्म आठ महिनामा चार हजार छ सय ३७ वटा सानाठूला सवारीसाधन भित्रिएका हुन् ।आयातित सवारीसाधनमा विशेषगरी विद्युतीय कार, भ्यान, माइक्रोबस तथा इन्धनबाट चल्ने गाडी छन् । सो नाकाबाट गत आव  २०८०÷८१ मा सात हजार तीन सय ७७ वटा सवारीसाधन नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।यसैबीच रसुवागढी हुँदै नेपाल भित्रिएका तर नियमानुसार कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेका कैयौँ सवारीसाधन न

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 166 पटक पढिएको
  • चैत्र कृष्ण औँसीः घोडेजात्रा

    काठमाडौँ । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । न

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 288 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०६ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १४६ रूपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रूपैयाँ ६३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १७६ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७७ रूपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रूपैयाँ १९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ८६ पैसा र बिक्रीदर ८६ रूपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ २४ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६६

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 299 पटक पढिएको
  • चिनी उत्पादन अनुपातमा ह्रास

    महोत्तरी । गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको यहाँको गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योगले जनाएको छ ।सो उद्योगका अनुसार चालु आर्थिक वर्षमा एक क्विन्टल उखुबाट ८.७२ केजी चिनी उत्पादन भएको छ । गत वर्ष सोही परिणामको उखुबाट ९.११ केजी चिनी उत्पादन भएको उद्योगका महाप्रवन्धक सुरेन्द्र शुक्लाले बताए ।उद्योगले यसवर्ष लक्ष्यभन्दा करिब चार लाख क्विन्टल कम उखु ‘क्रसिङ्’ गरेको छ । गत मङ्सिर २६ गते सुरु भइ फागुन मसान्तसम्म सञ्चालनमा रहेको उद्योगले ३१ लाख चार हजार १६३ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरिएको शुक्लाले बताए । गत वर्ष उद्योगले २९ लाख चार हज

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 241 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा