समाचार

    Showing 4,001-4,010 of 26,535 items.
  • ‘सम्धी ग्रुप’को नाममा अराजक गतिविधि गर्ने १० जना पक्राउ

    ललितपुर— ललितपुरको चापागाउँ क्षेत्रमा ‘सम्धी ग्रुप’ र ‘झ्यालुङ्टार ग्रुप’ नाममा अराजक गतिविधि गर्दै आएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।उनीहरू रेस्टुरेन्टमा रकम नतिर्ने, प्राकृतिक स्रोत तथा गिटी–बालुवासम्बन्धी काममा दबाब र अवैध असुली गर्ने जस्ता गतिविधिमा संलग्न रहेको जिल्ला प्रहरी परिसर ललितपुरको आरोप छ।त्यस्तै, प्रहरीको नियमित काममा समेत अवरोध सिर्जना गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।पक्राउ परेकाहरूको पहिचान हाल सार्वजनिक नगरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 450 पटक पढिएको
  • गृहमन्त्री गुरुङले दिए राजीनामा

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । उनले बुधबार प्रधानमन्त्री वालेन्द्र शाहलाई राजीनामा बुझाएका हुन् ।बिचौलियासँग साँठगाँठ गरेको आरोप लागेपछि गुरुङ राजीनामा दिन बाध्य भएका हुन् । १३ चैतमा वालेन्द्र शाह नेतृत्वको सरकारमा गुरुङ गृहमन्त्री बनेका थिए । बिचौलियासँग साँठगाँठ गरी अकुत सम्पत्ति आर्जेको आरोप लागेपछि उनलाई बर्खास्त गर्न प्रधानमन्त्री शाहलाई दबाब परेको थियो ।सत्ताधारी दल रास्वपाकै नेताहरूसहित विपक्षी दलहरूले गुरुङले राजीनामा दिनुपर्ने माग गरेका थिए । गुरुङले आफूमाथि लगाइएको आरोप झुटो रहेको बताउँदै आएका छन् । यद्यपि, छानबिनमा सघाउन राजीनामा दिएको उनको भनाइ छ । 

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 612 पटक पढिएको
  • बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो: दुर्गा प्रसाईं

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकबाट लोन लिएर जनताको सेवा गर्दापनि ‘माफिया’को आरोप लगाइएकोप्रति आपत्ति जनाएका छन् ।वुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक तथा सर्वसाधारणबाट ऋण लिएर जनतालाई नै सेवा दिँदा पनि आफूहरूलाई माफिया भनिएकोमा आपत्ति जनाएका हुन् । आफूहरूलाई सरकारले विभेद गरेको उनले बताए ।‘बैंकबाट लोन लिएर जनता नै सुत्ने ठाउँ बनाएका छौं । जनताकै सेवा गरेका छौं तर हामीलाई नै माफिया भनेका छन् । राज्यले विभेद गरेको छ,’ उनले भने ।सरकारको निःशुल्क स्वास्थ्य र शिक्षासम्बन्धी नीतिमा पनि प्रश्न उठाउँदै प्रसाईँले शिक्षा र स्वास्थ्य निःशुल्क भन्दापनि किन्न सक्ने है

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 535 पटक पढिएको
  • सांसदले उठाए कूटनीतिक राहदानीको माग, सभामुखले गरे छलफल

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले कूटनीतिक राहदानीसम्बन्धी विषयमा सभामुखले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गरेको बताएकी छन् ।सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सहभागी दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद ओलीले प्रतिनिधिसभाका विभिन्न सदस्यहरूबाट कूटनीतिक राहदानीको माग बढ्दै गएकाले त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिएको बताइन् ।राहदानी ऐन २०७६ तथा नियमावलीअनुसार दफा ६ मा विशेष सरकारी कार्यक्रम वा विशेष कार्यमा जाने तोकिएका पदाधिकारीहरूले मात्र कूटनीतिक राहदानी पाउने व्यवस्था रहेको उनले उल्लेख गरिन् ।उन

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 447 पटक पढिएको
  • चलचित्र ‘जिरो डिग्री’ को छायांकन सम्पन्न

    काठमाडौं— मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ ।कास्कीको धिताल गाउँमा कलाकारद्वय राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम टेक लिँदै सोमबार चलचित्रको ‘प्याकअप’ गरिएको हो ।३५ दिनको छायांकन तालिका तय गरेर पोखराको अर्मलाकोट मन्दिरबाट क्यामेरा रोल गरेको निर्माण टोलीले ३७ दिन लगाएर सुटिङ पूरा गरेको छ । चलचित्रको सम्पूर्ण छायांकन पोखरा वरपरका रमणीय तथा मौलिक बस्तीहरू अर्मलाकोट, धिताल, घार्मी र बगरमा गरिएको छ ।सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको यस चलचित्रमा अभिनेता विजय बराललाई दर्शकले अहिलेसम्मकै फरक र नदेखेको

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 470 पटक पढिएको
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने रौतहट बौधीमाई नगरपालिका-७ घर भएका २५ वर्षीय मिथिलेश कुशवाहा, काठमाडौं महानगरपालिका-३२ बस्ने भोजपुर, भोजपुर नगरपालिका-७ घर भएका ४४ वर्षीय केदार बहादुर भण्डारी रहेका छन् ।यस्तै, भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने सप्तरी सुरूङ्गा नगरपालिका-५ घर भएका ५३ वर्षीय राम तुला मिया र ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भएकी ५५ वर्षीया सुनिता खत्री रहेका छन् ।पक्राउ मध्य

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 491 पटक पढिएको
  • ८०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । आज सुन ८०० रुपैयाँले घटेर तीन लाख ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो मंगलबार सुन तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ ।

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 482 पटक पढिएको
  • पुष्पलालको जिल्ला रामेछापमा पुष्पगुच्छा अर्पण

    रामेछाप— नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवसका अवसरमा कम्युनिष्ट पार्टीका महासचिव पुष्पलालको जन्म भएको रामेछाप जिल्लामा तीनलालको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ ।नेकपा एमाले रामेछापको आयोजनामा मन्थली स्थित तीनलाल पार्कमा नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सालिकमा पुष्प गुच्छा चढाइएको हो । तीनैजनाको जन्म रामेछापमा भएको हो ।जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी मिलेर

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 509 पटक पढिएको
  • १५१ जनाले तालिम लिँदा ११४ जना महिला सहभागीः ज्येष्ठ नागरिकमा रुचि बढ्दो

    काठमाडौं— काठमाडौं महानगरपालिकाका वडाहरूमा सञ्चालन गरिएको प्राथमिक उपचार तालिममा १५१ जना प्रशिक्षित हुँदा ११४ जना महिला हुनुहुन्छ ।हरेक वडामा २५ जनालाई तालिम दिने लक्ष्यसहित चैत १५ गतेदेखि थालिएको तालिमअन्तर्गत अहिलेसम्म वडा नं. १, ९, १२, १४, १५ र २६ गरी ६ वटा वडामा सम्पन्न भएको छ ।तालिम नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखासँगको सहकार्यमा गरिएको हो । यसका लागि २०८२ चैत ५ गते सम्झौता गरिएको थियो ।सोसाइटीले ६ वटा वडामा सम्पन्न गरेको तालिमको समीक्षा गरेको छ । यस क्रममा रेडक्रस काठमाडौंका सभापति श्यामकाजी डोटेलले, तालिमका लागि ज्येष्ठ नागरिकहरूको बढी चासो आएको उल्लेख गरे ।ज्येष्ठ नागरिकहरूको भनाइ उ

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 463 पटक पढिएको
  • ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

    काठमाडौं— भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार अब वैशाख ८ गतेदेखि ३ करोडभन्दा माथिको थैली अङ्क भएको घरजग्गा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा इजाजत प्राप्त एजेन्सी वा कम्पनीमार्फत मात्र गर्नुपर्नेछ । यो व्यवस्थाले ठूला कारोबारलाई सरकारी निगरानी र कानुनी दायरामा ल्याउने लक्ष्य राखेको छ ।यो नयाँ व्यवस्था मालपोत ऐन, २०३४ को दफा २६क। र नेपाल सरकारले २०८२ असोज २७ मा राजपत्रमा प्रकाशित गरेको सूचनाको आधारमा कार्यान्वयनम

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 471 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.