ललितपुर— ललितपुरको चापागाउँ क्षेत्रमा ‘सम्धी ग्रुप’ र ‘झ्यालुङ्टार ग्रुप’ नाममा अराजक गतिविधि गर्दै आएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरू रेस्टुरेन्टमा रकम नतिर्ने, प्राकृतिक स्रोत तथा गिटी–बालुवासम्बन्धी काममा दबाब र अवैध असुली गर्ने जस्ता गतिविधिमा संलग्न रहेको जिल्ला प्रहरी परिसर ललितपुरको आरोप छ।

त्यस्तै, प्रहरीको नियमित काममा समेत अवरोध सिर्जना गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको पहिचान हाल सार्वजनिक नगरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।