समाचार

    Showing 4,071-4,080 of 15,567 items.
  • लगानी सम्भाव्यता खोज्दै कोरियाली टोली झापामा

    झापा । कोशी प्रदेशमा आगामी वैशाख १७ र १८ गते हुने लगानी सम्मेलनलाई लक्षित गरी दक्षिण कोरियाली लगानीकर्ताहरूको एक टोली अध्ययन भ्रमणका क्रममा झापा पुगेको छ ।कोरिया नेपाल अन्तरराष्ट्रिय एक्स्चेन्ज एसोसिएसनको पहलमा आएको टोलीले कोशी प्रदेशका झापासहित विभिन्न जिल्लामा लगानीको सम्भाव्यता अध्ययन गर्ने एसोसिएसनकी अध्यक्ष सिर्जना नेपालीले बताए । बुधबार मेचीनगर नगरपालिकाले उक्त टोलीसँग अन्तरक्रियासमेत गरेको थियो । कार्यक्रममा मेचीनगरमा लगानीका सम्भाव्य क्षेत्रबारे नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी गराए । कोरियन टोलीले बुधबार नै काँकरभिट्टा नाका, बसपार्क, एसियन हाइवेको मेची पुल, एनएमसी डेरी उद

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 325 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ ।बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८२ पैसा कायम भएको छ । बुधबार एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा कायम भएको युरोको आज खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा रहनेछ ।युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ७७ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १५६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १५

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 273 पटक पढिएको
  • जाजरकोट भूकम्पका लाभग्राहीलाई अनुदान दिन सुरु

    काठमाडौँ । जाजरकोट भूकम्पबाट क्षति भएका घरको विस्तृत क्षति आँकलन सकिएका वडाबाट लाभग्राहीलाई स्थायी आवास पुनःनिर्माण अनुदान दिन सुरू गरिएको छ । क्षति आँकलन सकिएका लाभग्राहीलाई पहिलो किस्ता वितरण शुभारम्भ गरिएको गृहमन्त्रालयले जनाएको छ । विस्तृत क्षति आँकलनको कार्यसम्पन्न भएको रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका–२ बाट अनुदान वितरण सुरु गरिएको हो । चौरजहारी नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले गरेको सिफारिसअनुसार सोही दिन जिल्ला विपद् व्यवस्थापन समिति रुकुम (पश्चिम)ले १० घरपरिवारलाई लाभग्राही कायम गर्ने निर्णय गरेको गृहमन्त्रालयको विपद् प्रधिकरणका प्रवक्ता डा डिजन भट्टराई

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 164 पटक पढिएको
  • बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव

    काठमाडौँ । लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी बिहीबारदेखि ‘लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । विसं २०७१ चैत ७ गतेदेखि विसं २०८२ वैशाख २९ गतेसम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरमा महोत्सव आयोजना हुने पर्यटन बोर्डले जनाएको छ ।बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले दोस्रो लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव नेपालले शान्ति र सांस्क

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 140 पटक पढिएको
  • रामनवमीमा सार्वजनिक बिदा

    काठमाडौँ । सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता गुरुङले बताए ।अर्घाखाँचीका यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई न

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 357 पटक पढिएको
  • ‘सुपर जोन र जोन कार्यक्रम’ले उत्पादन बढायो

    सुदूरपश्चिम । कैलालीमा गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित सुपर जोन र जोन कार्यक्रमले गहुँ र चैते धानको उत्पादन बढाएको हो । खेतमा फष्टाएको गहुँ बाली देखेर कैलारी गाउँपालिका–५ का किसान दीपक चौधरी खुशी छन् । दीपकसहित यहाँका किसानले ‘सुपर जोन’ कार्यक्रममार्फत गहुँखेती गरिरहेका छन् । ‘सुपर जोन कार्यक्रममा समेटिएपछि पहिलेभन्दा गहुँको उत्पादकत्व वृद्धि भएको छ । करिब १५ बिघा जग्गा भाडामा लिएर गहुँखेती गरिरहेको छु’, चौधरीले भने, ‘पहिले प्रतिबिघा १२–१३ क्विन्टल गहुँ फल्नेमा सुपर जोन कार्यक्रममा समेटिएपछि २० क्

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 267 पटक पढिएको
  • बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न

    मुस्ताङ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो ।बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार सडक स्तरोन्नतितर्फ ८५ प्रतिशत र पुलपुलेसातर्फ ८४ प्रतिशत भौतिक प्रगति भइसकेको छ । उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजन आर्थिक वर्ष २०७३÷७४ देखि निर्माण सुरु भएको उनले उल्लेख गरे ।आयोजनाअन्तर्गत सञ्चालनमा रहेका सडक कालोपत्रतर्फ सानाठूला गरी सात र सडक ग्राभेलतर्फ छ वटा सडक नि

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 278 पटक पढिएको
  • सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि

    काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।    यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मङ्गलबार प्रतितोला रु दुई हजार ५०मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 210 पटक पढिएको
  • बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

    काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए । घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 359 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २५, मूला र

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 204 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा