समाचार

    Showing 4,071-4,080 of 26,535 items.
  • इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई

    विराटनगर— १६ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि जितेको हो ।गछियालाई उपाधि जिताउन दोर्जे तामाङले निर्णायक गोल गरे । उनले खेलको ८७औँ मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । रामबाजीले प्रहार गरेको कर्णर बल प्लानिङका डिफेन्डरबाट रिफ्लेक्ट भएर आएको थियो । उक्त बललाई दार्जेले उत्कृष्ट गोल गरे । उनी फाइनल खेलको म्यानअफद म्याच घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए ।प्रतियोगिताको विजेता टिम गछियाले नगद १० लाख

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 456 पटक पढिएको
  • रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

    रौतहट— रौतहटको बौधिमाई नगरपालिकाबाट प्रहरीले अवैध कटुवा पेस्तोल र मोबाइलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला मौवाह ग्राम पञ्चायतका २० वर्षीय सूर्य कुमार दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई बौधिमाई नगरपालिका वडा नं. ७ स्थित बंकुलमा रहेको मा इँटा उद्योग नजिकैबाट पक्राउ गरेको हो ।सोमबार साँझ करिब ६ः३० बजेको समयमा शंकास्पद अवस्थामा फेला परेका दासलाई खानतलासी गर्दा उनले लगाएको पाइन्टभित्र लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । पेस्तोलका साथ

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 443 पटक पढिएको
  • आगलागीबाट दुई जनाको मृत्यु

    उदयपुर। उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।  बेल्टार बजारस्थित लक्ष्मीनाराण खड्काका घरमा आज विहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिनुभयो ।  उहाँका अनुसार आगलागीबाट लक्ष्मीनाराणका छिमेकी रवीन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण गर्नका लागि छिमेकी त्रियुगा र चौदण्डी गढी नगरपालिकाका दमकल र प्रहरी तथा स्थानीय जनताको सहभागिता रहेको थियो । आगलागी विद्युत् चुहावट भएर हो वा अन्य का

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 254 पटक पढिएको
  • तराई क्षेत्रमा तातो लहरको सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा  मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको ‘बुलेटिन’मा जनाइएको छ ।  साथै मधेसलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई स

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 229 पटक पढिएको
  • पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा बन्द हुने

    काठमाडौँ। पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका लागि राति ११ः४५ देखि बिहान ६ः३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुनेछ ।विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सीवेमा निर्माण जारी छ । सुरक्षाका दृष्टिकोणले रातको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गरिन लागिएको हो ।निर्माणलाई गति दिन विमानस्थल बन्द गरिने विमानस्थल कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । सूचनाअनुसार विमानस्थल बन्द हुँदा त्यसबाट पर्न जा

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 272 पटक पढिएको
  • राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

    म्याग्दी। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो । आगामी जेठभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएका भौतिक संरचनाको परीक्षणको तयारी गरेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो । “सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलका संरचना निर्माण र उपकरण जडान सकेर फिनिसिङ भइरहेको छ”, उहाँले भन्नुभयो, “सुरुङमा पस्ने चारवटा प

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 295 पटक पढिएको
  • अटिजमसम्बन्धी तीनदिने विशेष तालिम

    काठमाडौँ। अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीनदिने ‘विशेष शिक्षा तालिम र सेमिनार’ सोमबार सम्पन्न भएको छ । कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल र स्कोप अफ होप फाउन्डेसन भारतसँगको सहकार्यमा आयोजना गरिएको हो । अटिजम एक विकासात्मक अवस्था हो, जसले व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार कौशल र व्यवहारमा विविधता ल्याउँछ । यसमा मुख्य रूपमा सामाजिक सञ्चारमा कठिनाइ आँखाको सम्पर्क कम हुनु, सामाजिक सङ्केत नबुझ्नु, सम्बन्ध विस्तार गर्न गाह्रो हुनु र दोहोरिने तथा सीमित व्यवहारजस्तै एउटै काम दोहोर्याउने, नियम पालनामा कडाइ, विशेष विषयमा अत्य

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 266 पटक पढिएको
  • भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

    झापा। भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ः०० बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो । ‘बोर्डर शिल’ गरिएको अवधिमा

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 236 पटक पढिएको
  • सुधारको आवरणमा विभेद—१५ दिने तलब र राज्यको दोहोरो चरित्र

    - देवेन्द्र के. ढुङगाना सरकारले प्रशासनिक सुधारको नाममा सरकारी कर्मचारीलाई महिनामा दुई पटक तलब वितरण गर्ने नयाँ व्यवस्था लागू गर्ने घोषणा गरेपछि यसको औचित्य, प्रभाव र वास्तविक उद्देश्यबारे व्यापक बहस सुरु भएको छ। सतहमा हेर्दा यो निर्णय आधुनिक वित्तीय व्यवस्थापनको अभ्यास जस्तो देखिन्छ—कर्मचारीलाई सहजता, बजारमा तरलता र आर्थिक गतिविधिमा गतिशीलता ल्याउने दाबी गरिएको छ। तर यथार्थको धरातलमा उभिएर हेर्दा यो कदम सुधारभन्दा बढी ‘दृश्य निर्माण’ जस्तो देखिन्छ, जसले मूल समस्याबाट ध्यान मोड्ने प्रयास गरेको छ।यो निर्णयले उठाएको सबैभन्दा गम्भीर प्रश्न भनेको राज्यभित्रकै विभेद हो। एकातिर निजामती कर्मचारी

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 252 पटक पढिएको
  • आयातमा निर्भर मल र अलमलिएको नीति: कृषि सुधारबिना अर्थतन्त्रको गति असम्भव

    -देवेन्द्र किशोर ढुङगाना नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र अझैसम्म संरचनागत समस्याहरूको जालोमा अल्झिएको छ। कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा आबद्ध हुँदा पनि यस क्षेत्रले अपेक्षित उत्पादन, उत्पादकत्व र बजार प्रतिस्पर्धा हासिल गर्न सकेको छैन। यसको एउटा केन्द्रीय कारण हो—रासायनिक मलको अभाव र त्यसमा रहेको चरम बाह्य निर्भरता नै हो । हालै देखिएको अन्तर्राष्ट्रिय द्वन्द्व र आपूर्ति अवरोधले यो समस्या झनै चर्को रूपमा सतहमा ल्याएको छ।सरकारले यस आर्थिक वर्षमा ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल आपूर्ति गर्ने लक्ष्य राखेको भए पनि आपूर

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 257 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.