समाचार

    Showing 4,171-4,180 of 15,567 items.
  • सगरमाथा संवादमा प्रदेश र स्थानीय सरकारलाई सहभागी गराइने

    काठमाडौं । सरकारका मुख्यसचिव एकनारायण अर्यालले सगरमाथा संवाद कार्यक्रममा प्रदेश र स्थानीय सरकारलाई सहभागि गराउने बताएका छन् । आइतवार सगरमाथा संवाद सचिवालयले आयोजना गरेको सगरमाथा संवाद २०२५ प्रेस ब्रिफिङमा बोल्दै उनले जलवायु परिवर्तनको प्रभावबाट सबै समस्यामा परेको भन्दै सगरमाथा संवाद कार्यक्रममा प्रदेश र स्थानीय सरकारलाई पनि साथै लैजाने बताएका हुन् । उनले भने, ‘सगरमाथा संवादको विषयमा हामीले प्रदेश र स्थानीय सरकारलाई पनि सँगै लैजाने ताकि हामी तीन करोड नेपालीकै साझा समस्या बनाउने जसबाट जलवायु परिवर्तनको प्रभावबाट हामी प्रताडित छौ । नेपालले ज्यादै क्षति व्यहोर्नु परेको छ । यो क्षतिको बार

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 238 पटक पढिएको
  • सर्वोच्चको अन्तरिम आदेशः टीओडी जाँच गर्न मन्त्री खड्काले बनाएको समितिले काम गर्न नपाउने

    काठमाडौं— सर्वोच्च अदालतले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बनाएको टीओडी जाँच गर्ने समितिलाई काम गर्न नपाउने आदेश दिएको छ।टेकप्रसाद ढुंगाना र सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिँदै समितिलाई काम गर्न निषेध गरेको हो।उद्योगीहरुसँगको बक्यौता विवाद समाधान गर्ने भन्दै मन्त्री खड्काले योजना आयोगका पूर्वअध्यक्ष अरविन्द मिश्रको संयोजकत्वमा श्रीरामराज पाण्डे र सीए सुजन कुमार काफ्ले सदस्य रहेको समिति बनाएका थिए। अधिवक्ता खडानन्द कंडेलले ऊर्जा मन्त्रालयसहित समितिविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको हो। सर्वोच्चबाटै फैसला भई निर्णय अन्तिम भएको विषयमा

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 434 पटक पढिएको
  • स्थानीयस्तरमै उच्च गुणस्तरिय तेल ल्यायो फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडले

    काठमाडौं— फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेड डडेल्धुराले आफ्नो पाँचौं वार्षिक साधारण सभाको अवसर पारेर ‘रमसिला तेल’ बजारमा ल्याएको छ। शनिबार आयोजित कार्यक्रममा उक्त तेलको औपचारिक शुभारम्भ गरिएको हो। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले उद्योग उद्घाटन तथा तेलको बजारीकरण शुभारम्भ गरेका थिए।फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडका सञ्चालक समिति अध्यक्ष धर्म ऐरका अनुसार भटमासबाट उत्पादित रमसिला तेल उच्च गुणस्तरयुक्त तथा स्वास्थ्यका लागि लाभदायक छ। कम्पनीले स्थानीय स्रोत र कच्चा पदार्थको अधिकतम उपयोग गर्ने लक्ष्यसहित यो उत्पाद

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 266 पटक पढिएको
  • सिभिल अस्पतालले गर्‍यो १६१ जनाको बोनम्यारो प्रत्यारोपण

    काठमाडौं— निजामती कर्मचारी अस्पताल (सिभिल)ले ९ बर्षमा  १ सय ६१ जनाको बोनम्यारो प्रत्यारोपण गरेको छ। अस्पतालले आज एक कार्यक्रम गरी २०७३ सालयता १ सय ६१ जनाको बोनम्यारो प्रत्यारोपण गरेको जानकारी दिएको हो। बोनम्यारो प्रत्यारोपण सुरु गर्न अस्पतालले अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस ९यूआईसी० सिकागोमा तालिम लिन चिकित्सकको टोली नै पठाएको थियो। अस्पतालले २०७३ साउन ३० गतेदेखि नेपालमै पहिलोपटक बोनम्यारो प्रत्यारोपण सुरु गरेको थियो। चिकित्सकहरूका अनुसार उपचार गरिरहँदा पनि शरीरमा रक्त क्यान्सरका कोषिकाहरू कम नभए र रक्तजन्य रोग लागेमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ। बोनम्यारो नली

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 173 पटक पढिएको
  • लागूऔषध ब्राउन सूगरसहित ६ जना पक्राउ ।

    काठमाडौं— झापाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेकजाँच गर्ने क्रममा उनीहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।धनकुटा शहिदभूमी गाउँपालिका–४ का ३१ बर्षीय शिव राईलाई २ ग्राम ७१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–२ का २५ बर्षीय दिपक तामाङ, २६ बर्षीय मनिस तामाङ, २० बर्षीय रोहन निरौला, २६ बर्षीय मानब लिम्बुलाई ट्रमाडोल १८० क्याप्सुल, स्पासमिड ३७० ट्यावलेट र नगद ४९ हजार ५ सय रुपैयाँ सहित प्रहरीले नियन्त्रण गरेको हो। चैत्र ०२ गते विराटनगर महानगरपालिका—१५ स्थितमा लागूऔषध नियन्त्रण व्यूर

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 255 पटक पढिएको
  • एम्वुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं— मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा एम्वुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर पञ्चावती–४ घर भइ मोरङको बुढिगंगा–२ स्थितमा बस्दै आएका २४ बर्षीय आशिष राई रहेका छन । चैत्र २ गते राती पौने ११ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मनमाया स्मृति प्रतिष्ठानको को. १ च ४७७४ नम्वरको एम्बुलेन्स अनियन्त्रित भइ सडक डिभाईडरमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका चालक राईको बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ताप्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 222 पटक पढिएको
  • नेप्से परिसूचकमा २१ अङ्कको गिरावट

    काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७१४ दशमलव ८५ को विन्दुमा झरेको छ । आज ३१६ कम्पनीका एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर ७९ हजार ३१ पटक खरिद बिक्री हुँदा रू छ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ बराबरको कारोबार भएको छ ।आज व्यापार समूह चार दशमलव ९२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै दुई दशमलव २५ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८०, वित्त एक दशमलव ३९, होटल तथा पर्यटन शून्य दशमलव ५३, जलविद्युत् एक दशमलव

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 293 पटक पढिएको
  • चोक नामाकरणको विषयले उग्ररुप लिएपछि झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    काठमाडौं— धनुषाको सबैला नगरपालिकामा ‘चोक’ नामकरणसहित बोर्ड राख्ने विषयमा दुई पक्षीय झडप भएको छ । सबैला नगरपालिकास्थित  भठिहनमा एक पक्षले ‘यादव चोक’ नामकरण गरिएको बोर्ड राख्न खोज्दा विवाद भएको धनुषा प्रहरीले जनाएको छ । अर्को पक्षले यादव चोक राख्न नमान्ने भएपछि विवाद उग्ररुप लिएको थियो । दुई पक्षबिच झडपलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिनु भयोे। भठिहनका स्थानीय बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएका थिए । स्थितिलाई नियन्त्रणमा लिने अश्रुग्यासका साथै लाठीचार्

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 273 पटक पढिएको
  • मुगुमा जडिबुटीबाट ९३ लाख रुपैंयाँ राजश्व संकलन, लोप हुँदै गएको गुनासो

    मुगु । जडिबुटीको भण्डार मानिएको मुगुमा आर्थिक बर्ष २०८१÷८२ को नौ महिनामा ९३ लाख भन्दा बढी जडिबुटी तथा काठबाट राजश्व संकलन गरिएको छ ।डिभिजन बन कार्यालय मुगुले गएको असारदेखि फाल्गुन महिनासम्म जिल्लाबाटबाहिर निकासी हुने १९ प्रजातिको जडिबुटीबाट मात्र संकलन गरिएको राजश्व ९३ लाख ३१ हजार ९८ रुपैंयाँ संकलन भएको र गत १२ महिनामा जडिबुटी र काठबाट मात्र १ करोड १८ लाख ७२ हजार ७ रुपैंया राजश्व संकलन भएको समेत जिल्ला डिभिजन कार्यालय मुगुका निमित्त डिभिजन वन अधिकृत जीतेन्द्र महतले जानकारी दिए । अधिकृत महतका अनुसार सरकारको प्राथमिकतामा परेका ३३ प्रजाति जडीबुटीमध्ये कर्णालीमा २७ प्रजातिका भन्दा बढी जडीबुटी

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 310 पटक पढिएको
  • धनुषा र महोत्तरीमा होलीः आठ सवारी दुर्घटना, नौं घाइते, एकमाथि चक्कु प्रहार

    काठमाडौं । होली पर्वको दिन धनुषामा दुई स्थानमा विवाद भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।मधेश प्रदेशका विभिन्न स्थानमा शनिबार होली पर्व मनाइको थियो । सो क्रममा धनुषाको दुई स्थानमा विवाद हुँदा एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । दूबै घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।जनकपुरधाम २३ को विन्धीस्थित होली खेल्ने क्रममा विवाद हुँदा एक युवकले १८ वर्षिय आशु यादवलाई चक्कु प्रहार गरी हत्या गरेका थिए । यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विन्धीकै धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ ।यस्तै मधेस प्रदेश प्रहरी कार्यालयका अ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 304 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा