समाचार

    Showing 4,181-4,190 of 15,567 items.
  • आर्थिक कार्यविधिसम्बन्धी विधेयक स्वीकृत

    काठमाडौं— प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ स्वीकृत भएको छ ।आइतबार सामान्य छलफलपछि विधेयक सदनबाट सर्वसम्मतिले स्वीकृत भएको हो । विधेयकमाथि संशोधन खुला भएको छ ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 259 पटक पढिएको
  • वैदेशिक रोजगारी: आठ महिनामा पाँचलाख ३४ हजारले लिए श्रम स्वीकृति

    काठमाडौं— वैदेशिक रोजगारीमा जान पछिल्लो आठ महिनामा पाँच लाख ३४ हजार ४७१ जनाले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिना अर्थात् २०८१ साउनदेखि फागुन मसान्तसम्म उनीहरूले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका हुन् ।अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १४.१७ प्रतिशतले वृद्धि भएको छ ।गत आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा चार लाख ६८ हजार १३५ जनाले श्रम स्वीकृति लिएका थिए ।अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा जान ६६ हजार ३३६ जना बढीले श्रम स्वीकृति लिएक

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 327 पटक पढिएको
  • सांसद शाही भन्छन प्रधानमन्त्री र राष्ट्रपति जनताले चुनेका होइनन्

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले उनीहरूलाई सीमित सांसदहरूले चुनेको बताए । वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई ठुला बडा सबै मिलेर खानलाई चाहिएको उनले बताए । गरिब जनताका लागि यो व्यवस्था उचित नभएको उनको भनाइ थियो । उनले गणतन्त्रमा मदन भण्डारीको हत्या गर्ने व्यक्ति, लमजुङमा शिक्षक, निर्मला पन्तलगायत घटना भएको लामो समय भए पनि हत्यारा पत्ता लगाउन नसकिएको बताए । उनले आफूहरूले राजासहितको लोकतान्त्रिक प्रजातन्त्रका लागि प्

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 356 पटक पढिएको
  • मुख्यमन्त्री निर्देशनपछि सेतो अण्डा बरामद गरी नष्ट गर्दै सशस्त्र

    जनकपुर । सशस्त्र प्रहरी बलले मधेश प्रदेशसँग जोडिएका नेपाल—भारत खुला सीमानाकाबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध ढङ्गले भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएलगत्तै सशस्त्र प्रहरी बलले अभियानकै रूपमा प्रतिबन्धित सेतो अण्डाको ओसारपसार तथा बिक्रीवितरणलाई निरुत्साहित हुनेगरी सेतो अण्डा बरामद तथा नष्ट गर्ने काम दिनहुँ गर्न थालेको छ । मुख्यमन्त्री सिंहले गत फागुन २१ गते अवैध रू

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 359 पटक पढिएको
  • स्थानीयले गरे वडाध्यक्षमाथि आक्रमण प्रयास

    काठमाडौं— पोखरामा सार्वजनिक जग्गा संरक्षणका लागि नगरप्रहरीसहित पुगेका वडाध्यक्षमाथि आक्रमण प्रयास भएको छ । शनिबार पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदीमाथि स्थानीय भुपेन्द्र गिरीले आक्रमण प्रयास गरेका हुन् ।गिरीले पोखरा–२१ स्थित बाँझीचौरमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गर्न थालेका थिए । त्यसलाई रोक्न बारम्बार मौखिक आग्रह गर्दा पनि उनले टेरेनन् । पोखरी रहेको उक्त जग्गामा गिरीले एउटा ट्रस्ट बनाउन लागेका थिए । त्यसपछि एक साता अघिदेखि संरचना नबनाउन भनिएको थियो । गिरीले नबनाउने पनि भनेका थिए । तर, रातिको समयमा संरचना बनाउन थालेपछि शनिबार नगर प्रहरी, वडाका प्रतिनिधि र टोल विकास संस्थ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 255 पटक पढिएको
  • भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु

    चितवन । भूमि समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणा सुरु गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाबाट पुर्जा वितरणा सुरु गरेको हो । आयोग बनेपछि पहिलोपटक पुर्जा वितरण गरिएको जनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले रत्ननगर नगरपनलिकाका १२३ घरपरिवारलाई पुर्जा वितरण गरी  कार्यक्रमको शुभारम्भ गरेको हो । सो अवसरमा उनले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानुनको व्यवस्था गर्ने बताए ।अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्कलगायतका क्षेत्रका बस्तीमा समस्या देखिएको बताउँदै उनले यस्ता समस्या

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 267 पटक पढिएको
  • एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाएका हुन् । पहिलो पटक उनले ‘कोमल कार्प’ नामक जातको आलुखेती गरेका छन् । थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफै दङ्ग परेका छन् ।‘आलुसम्बन्धी तालिम लिँदा धेरै फल्ने आलुको नाम सुनेको थिएँ’, चौधरीले भने, ‘रोपेपछि कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौँबाट बीउ ल्याएर रोपँे, भने जस्तै फलेको छ ।’ रू पाँचप्रति दानाका दरले आठ किलो आलु बारीमा रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उनले बताए ।पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 337 पटक पढिएको
  • चन्दा सङ्कलन गरेर पदमार्गको नक्शा

    म्याग्दी । समुदायस्तरबाट चन्दा सङ्कलन गरेर म्याग्दीको मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्शा तयार पारिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधारशिविर जोड्ने मौरिस हर्गोज, पर्वतको जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरू समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्शा बनाएका हुन् । सरकारी निकायको आर्थिक सहयोगबिनै पर्यटनकर्मी चित्र तिलिजा पुन र लुकेश तिलिजा पुनले दुई वटै पदमार्गको पछिल्लो अवस्था समेटेर तयार पार्नुभएको नक्शा शनिबार बेनीमा सार्वजनिक गरिएको छ । संविधानसभा सदस्य गोविन्द पौडेल, प्रतिनिधिसभाका पूर्व सदस्य भू

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 279 पटक पढिएको
  • मध्यभोटेकोसी प्रसारण लाइन सक्न कुलमानको दौडधुप

    काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ ।निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो । हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम धमाधम भइरहेको छ ।१०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । हिउँदयामको मागबमोजिम विद्युत् आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 252 पटक पढिएको
  • प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता पक्राउ

    काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने एकजना युवा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम छन् । उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए । राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशका क्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए ।तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै उनको तस्बिरमा

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 273 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा