काठमाडौं— नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिने तयारी गरेका छन् । नयाँ सरकारलाई सहयोग गर्ने उद्धेश्यले उनले राजीनामा दिन लागेका हुन् ।

श्रेष्ठले अर्थसचिवलाई फोन गरेर राजीनामा दिन लागेको विषयमा जानकारी गराएको बोर्ड स्रोतको दाबी छ ।

स्रोतका अनुसार श्रेष्ठले शुक्रबार साँझ बस्ने बोर्ड बैठकमा राजीनामाबारे जानकारी दिन लागेका छन् । ‘नयाँ सरकारलाई सहयोग गर्ने भन्दै अध्यक्षज्यूले राजीनामा दिने कुरा छ ।’, स्रोतले भन्यो ।

यसो त रास्वपा सरकारले राजनीतिक नियुक्ति लिएकाहरुलाई राजीनामा दिन आग्रह गरेकै बेला श्रेष्ठले राजीनामा दिने चर्चा चलेको थियो । तर, त्यसबेला उनले आफूले राजीनामा दिने विषयमा केही नसोचेको बताएका थिए । तर, हाल भने उनले सरकारलाई सहयोग गर्न राजीनामा दिन लागेको स्रोतले बताएको छ ।