समाचार

    Showing ४११-४२० of २६,७९८ items.
  • हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह

    काठमाडौँ / रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित जिल्लामा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित जिल्लामा खोज तथा उद्धारका लागि हेलिकोप्टर तथा ड्रोन सञ्चालन गर्ने संघसंस्थालाई सम्बन्धित निकायसँग समन्वय गरी सहयोग गर्न विशेष अनुरोध गरेको छ। प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघलगायत हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघसंस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उद्धारमा जुट्न आग्रह गरेको हो।बाढीका कारण

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १९८ पटक पढिएको
  • रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह

    काठमाडौंं / नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा चीनको तिब्बती भू–भागबाट आएको बाढीले मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुरहरू प्रभावित भएको जनाएको छ ।महासंघका अनुसार बाढीले टिमुरे भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन बगाएको छ भने बेत्रावती क्षेत्रमा पार्किङ गरिएका मालवाहक सवारीसाधनमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । महासंघअन्तर्गतका सदस्य संस्थामा आबद्ध केही सवारीसाधन व्यवसायी तथा मजदुरहरू सम्पर्कविहीन रहेको भन्दै महासंघले सम्बन्धित संस्थासँग सम्पर्कमा रहन तथा सुरक्षा निकायको सम्पर्कमा जान आग्रह गरेको छ ।बाढीको जोखिम अझै कायम रहेकाले नद

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २९४ पटक पढिएको
  • मन्त्री लिन पुग्ने हेलिकप्टर, विपद्मा फसेका नागरिक लिन कहाँ पुगे ?

    काठमाण्डौं / रसुवाको बाढीमा फसेका नागरिकले टाढाबाटै उद्धारका लागि हात उठाइरहेको दृश्य क्यामेरामा कैद भएको छ। कालिकास्थानबाट गोरखापत्रका पत्रकार केशव न्यौपानेले क्यामेरा जुम गर्दा बाढी प्रभावितहरू उद्धारको याचना गरिरहेका देखिएको बताएका छन्। राज्यसँग हेलिकप्टर छन्, सुरक्षा संयन्त्र छन्, उद्धारको जिम्मेवारी बोकेको सरकार छ—तर प्रश्न उठेको छ, विपद्मा फसेका ती नागरिकसम्म सरकारी हेलिकप्टर कति छिटो पुग्यो ?नेपालमा सामान्य अवस्थामा समेत विशिष्ट व्यक्ति तथा मन्त्रीको आवतजावतका लागि राज्यका हेलिकप्टर तत्काल परिचालन हुने गरेका उदाहरण छन्। भाइरल ज्वरोका कारण बिरामी परेका मन्त्रीलाई लिनसमेत सरकारी संयन

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २३७ पटक पढिएको
  • बाढीले जलविद्युत् आयोजना क्षेत्र तहसनहस

    काठमाण्डौं / रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले नदी तटीय क्षेत्रसँगै जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्‍याएपछि आयोजना क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरको अवस्थासमेत अन्योलमा परेको छ। बाढीका कारण सडक तथा सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धार र खोजी कार्यमा समेत चुनौती थपिएको छ। बाढीबाट २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्र पनि प्रभावित भएको छ। आयोजनाका विभिन्न संरचनामा क्षति पुगेको तथा बाढीपछि विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको विवरण सार्वजनिक भएका छन्। सञ्चार सम्पर्क टुटेपछि आयोजनामा कार्यरत कतिपय कर्मचारी तथा मजदुरका परिवारले आफ्ना आफन्तको अवस्थाबारे

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २०६ पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट: फेरि ठूलो बाढीको जोखिम, ‘सात मिटरको बाँध’ फुट्न सक्ने चिनियाँ चेतावनी

    काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा फेरि बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा रहेका नागरिक र उद्धारमा खटिएका सुरक्षाकर्मीलाई अत्यन्त सतर्क रहन आग्रह गरिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीका अनुसार चिनियाँ पक्षबाट भोटेकोशीमा पुनः बाढी आउन सक्ने सूचना आएको हो। चिनियाँ पक्षले दिएको जानकारीअनुसार बाढी आएको क्षेत्रमा पानी थुनिएर बनेको करिब सात मिटर अग्लो अस्थायी बाँध अझै रहेको र जुनसुकै बेला फुट्न सक्ने जोखिम छ।त्यस्तो बाँध फुटेमा पुनः ठूलो मात्रामा पानी नेपालतर्फ आउने सम्भावना रहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ। विशेषगरी अहिले उद

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १९० पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट : ३०० भन्दा बढी गाडी बगे, कति मान्छेहरु बगायो भन्ने अझै एकिन छैन

    काठमाडौं । रसुवामा आएको भीषण बाढीले रसुवा भन्सार कार्यालयको भौतिक संरचनासँगै भन्सार यार्डमा राखिएका ३०० भन्दा बढी गाडी बगाएको प्रारम्भिक विवरण आएको छ। बाढीले भन्सार जाँचका लागि यार्डमा राखिएका ट्रक तथा अन्य सवारीसाधनलाई बगाएको भन्सार कार्यालयले जनाएको छ।बाढीको तीव्र बहावले गाडी मात्रै होइन, भन्सार क्षेत्रमा रहेका अन्य सामग्रीसमेत बगाएको छ। बाढीको क्षतिको पूर्ण विवरण संकलन हुन नसक्दा भन्सार कार्यालयमा भएको आर्थिक क्षतिको यकिन तथ्यांक भने तत्काल सार्वजनिक हुन सकेको छैन।अर्थ मन्त्रालयका अनुसार रसुवा भन्सार कार्यालयमा ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेको छ। तीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २१५ पटक पढिएको
  • लाङटाङ जलविद्युत्को सुरुङमा २५ भन्दा बढी मजदुर फसेको आशंका

    काठमाण्डौं / रसुवामा भोटेकोशी नदीमा आएको भीषण बाढीले जलविद्युत् आयोजना क्षेत्रलाई समेत संकटमा पारेका बेला लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा २५ भन्दा बढी मजदुर फसेको आशंका गरिएको छ। नदीको सतहभन्दा करिब एक सय मिटरमाथि सुरुङभित्र काम गरिरहेका मजदुरसँग मोबाइल सम्पर्कसमेत हुन नसकेपछि उनीहरूको अवस्थाबारे गम्भीर चिन्ता बढेको छ। गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेँसी क्षेत्रमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना अहिले बाढीको चपेटामा परेको छ। आयोजनाको निर्माण २०७८ जेठदेखि सुरु भएको थियो। करिब ३.५ किलोमिटर लामो सुरुङ निर्माण गर्ने योजना रहेको आयोजनाको काम यसअघि नै बाढी, पह

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २६६ पटक पढिएको
  • रसुवाको बाढीले तीन बजार बगायो

    काठमाण्डौं / रसुवाबाट एकाएक उर्लिएको बाढी नुवाकोटको विदुर नगरपालिका आइपुग्दा तीनवटा प्रमुख बजारमा वितण्डा मच्चिएको छ। बेत्रावती, त्रिशूली र देवीघाट बजारमा बाढी पसेपछि घर, व्यापारिक संरचना र पूर्वाधारमा ठूलो क्षति पुगेको छ। त्रिशूली बजार आसपास मात्रै करिब ६० घर बगेको प्रारम्भिक विवरण छ। तिब्बती क्षेत्रबाट रसुवा हुँदै आएको भीषण बाढीले भोटेकोशी र त्यसपछि त्रिशूली नदीको बहाव बढाउँदा नुवाकोटका तटीय क्षेत्र प्रभावित भएका हुन्। विदुर नगरपालिकाका बेत्रावती, त्रिशूली र देवीघाट बजार सबैभन्दा बढी प्रभावित भएको प्रारम्भिक विवरण छ। ढुङ्गेबजार क्षेत्रमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको छ। त्रिशूली बजारमा ब

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २८० पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट: १९ पुलमा क्षति, ४० किलोमिटर सडक ध्वस्त

    काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले नदी आसपासका सडक तथा पुलमा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार बाढीका कारण कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ भने करिब ४० किलोमिटर सडक भत्किएको तथा विभिन्न स्थानमा सडक कटान भएको छ।बाढीको तीव्र बहावले पुलका संरचना कमजोर बनाउनुका साथै कतिपय स्थानमा सडकको ठूलो भाग नै बगाएको छ। सडक तथा पुलमा भएको क्षतिका कारण त्रिशूली नदी करिडोरका विभिन्न क्षेत्रमा यातायात आवागमन प्रभावित भएको छ। यसले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्री पुर्‍याउने काममा समेत चुनौती थपिएको छ।क्षतिग्रस्त सडकखण्डमा यातायात सञ्चालन पुनःस्थापि

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १२२ पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट: ३८४ पर्यटक सम्पर्कविहीन

    काठमाडौं । रसुवामा बुधबार आएको विनाशकारी बाढीपछि ३ सय ८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकसँग सम्पर्क स्थापित हुन नसकेपछि उनीहरूको अवस्थाबारे चिन्ता बढेको छ।नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन पर्यटकमध्ये २ सय ९१ जना विदेशी र ९३ जना नेपाली रहेका छन्।बोर्डले ट्राभल एजेन्सी, पर्यटक गाइड, स्थानीय तह तथा सुरक्षा निकायबाट प्राप्त विवरण संकलन गरी यो संख्या सार्वजनिक गरेको हो।भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, रसुवागढीलगायत क्षेत्र प्रभावित भएपछि त्यस क्षेत्रमा रहेका पर्यटकसमेत प्रभावित भएका हुन्।विशेषगरी उत्तरी रसुवाका केही क्षेत्रमा सञ्चा

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १३६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.