काठमाडौं— नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएको छ।पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सरकारले पूर्वप्रधानमन्त्रीलगायत नेताहरूको राहदानी रोक्का गर्नु र देशभित्रै पनि आवतजावतमा रोक लगाउनु स्पष्ट राजनीतिक प्रतिशोध हो।'गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भएको घटनाको छानबिनका लागि गठित आयोगको सिफारिसमा सरकारले उक्त निर्णय गरेको हो। राहदानी रोक्का गरिएका अन्य व्यक्तिमा गृहमन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानक
काठमाडौं— पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेता महेश बस्नेतले जेनजीहरूलाई ‘आतंककारी’ भनेपछि राजनीतिक माहोल फेरि तातिएको छ।यसैबीच, जेनजीहरूले अक्टोबर ९ (असोज २३) मा राजधानीमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। जेनजीहरूको भनाइअनुसार, सहिदको बलिदानबाट आएको परिवर्तनलाई केही शक्तिहरूले हाइज्याक गर्ने प्रयास गरेका छन्।उनीहरूले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, संघीयताको खारेजी र आन्दोलनका क्रममा भएको दमन तथा हत्या घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग राखेका छन्। यसअघि ओली सरकारले सामाजिक सञ्जालमा आफ्ना मान्छेहरूलाई प्रभाव नजमाएपछि फेसबुकलगायतका प्लेटफर्मलाई बन्द गराएर दमन गरेको
काठमाडौं— दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीचको टी– २० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदैछ । खेल आज राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ ।नेपालले सिरिजको उपाधि जितिसकेको छ । लगातार दुई खेलमा शान्दार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ । टी– २० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेलको हो ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार फिलिपिन्समा ६.९ म्याग्निच्यूडको भूकम्प गएको छ। स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको हो।बिबिसीका अनुसार हालसम्म भूकम्पमा परेर १९ जनाको मृत्यु भएको छ। अहिले उद्धारको काम भइरहेको बताइएको छ।
काठमाण्डौ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।पशुबलि नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने देखिएको छ।राति पनि सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदे
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७८ रुपैयाँ २१ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८३ पै
मेष - आज मेष राशिका लागि अनुकूल समय छ। पारिवारिक सुख, शिक्षा, र व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ। कानूनी र प्रतिस्पर्धात्मक काममा विजय हुनेछ।वृष - वृष राशिका लागि सामान्य दिन छ। पारिवारिक विवाद र स्वास्थ्य समस्या बढ्न सक्छ। सतर्क रहनुहोस्, विशेषतः विद्यार्थीहरूले मेहनत गर्नुपर्छ।मिथुन - आज मिथुन राशिका लागि लाभकारी समय छ। पुराना कामहरू पूरा हुनेछन् र लगानीबाट मुनाफा प्राप्त हुनेछ। प्रेम र वैवाहिक जीवनमा सुधार हुनेछ।कर्कट - कर्कट राशिका लागि सकारात्मक दिन छ। उत्साह र उमंग रहनेछ। शत्रुहरूको पराजय र पारिवारिक जीवनमा सुधार हुनेछ।सिंह - सिंह राशिका लागि मध्यम समय छ। परिवार
काठमाण्डौ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जानकारी दिएको छ।निगमले भारतबाट मुल्य बढेर आएको भएपनि आसन्न चाडपर्वको अवसरमा आम उपभोक्तालाई मुल्य वृद्धिको चाप कम गर्न मूल्य नबढाएको स्पष्ट गरेको छ।निगमले पेट्रोलमा ०.२४ रुपैयाँ, डिजलमा २.३५ रुपैयाँ, मट्टीतेलमा २.३९ रुपैयाँ, हवाई इन्धनमा ३.३९ रुपैयाँ र ग्याँस सिलिण्डरमा ३.६० रुपैयाँले बढेर आएको जनाएको छ।
काठमाडौं – पूर्वसभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूले कानुनमा नभएको सुविधा लिइरहेका सवारीसाधन फिर्ता गरेका छन्।अर्थमन्त्री रामेश्वर खनालका अनुसार पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षले सवारीसाधन फिर्ता गरेका हुन्।पूर्व सभामुख कृष्णबहादुर महरा, उपसभामुख ओनसरी घर्ती र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सवारी साधन फिर्ता गरेका हुन्। ‘कानुनमा सवारी साधनको सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनु भएका पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूमध्ये कृष्णबहादुर महराज्यू, ओनसरी घर्तिज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारी साधन फिर्ता गर्नुभएको आधिकारिक जानकारी प्राप्त भएको छ,’ अर्थमन्त्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.