समाचार

    Showing 5,431-5,440 of 26,573 items.
  • बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह, आश्वासन पूरा गर्नुहोला

    काठमाडौं—  मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले बालेन्द्र शाह (बालेन) लाई भाषणमा भनेका कुरा पूरा गर्न आग्रह गरेका छन् ।शनिबार जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित भवन शिलान्यास कार्यक्रममा धारणा राख्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारले पाउन बाँकी रहेको अधिकार बालेन नेतृत्वको सरकारले पूरा गर्नेमा आशावादी रहेको बताए ।उनले प्रदेश सरकारको मातहतमा हालसम्म आफ्नो प्रहरी नभएको गुनासो सुनाए । उनले जनकपुरधाममा बालेनले काठमाडौं घुम्न मात्र आउनु अधिकार माग्न नआउनु भनेको स्मरण गराउँदै प्रदेशलाई आवश्यक रहेको अधिकार अब दिनुपर्नेमा जोड दिए ।मुख्यमन्त्री यादवले हालै सम्पन्न निर्वाचनमा

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 499 पटक पढिएको
  • रास्वपाको सचिवालय बैठक आइतबार बस्ने गरी स्थगित

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक आइतबार बस्ने गरी सारिएको हो ।बैठक आइतबार १० बजे बिहान वनस्थली पार्टी कार्यालयमा बस्ने गरी सारिएको हो ।बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफद हुनेछ ।

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 485 पटक पढिएको
  • सर्लाहीमा दश किलो गाँजासहित युवक पक्राउ

    सर्लाही— सर्लाहीमा दश किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका–११ बाहुनीटोल निवासी २१ वर्षीय सोम तामाङ रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनलाई बिहीबार राति जिल्लाको लालबन्दी नगरपालिका–१२ पत्थरकोटदेखि जियाजोरतर्फ जाने सडकखण्डबाट गाँजासहित पक्राउ गरिएको हो ।उक्त स्थानमा उनले चलाएको बा ४७ प ८६६४ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलको पछाडि सिटमा बाँधेर ल्याइएको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १० किलो ४१४ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।बरामद गाँजासहित तामाङलाई पक्राउ गरी लागुऔषध गाँजा सम्बन्धी मुद्दामा जिल्ला

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 434 पटक पढिएको
  • चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट

    काठमाडौं— वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेका सूचनाअनुसार, अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ ।फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ४.५६ प्रतिशतविन्दु रहेकोमा चैत महिनामा ४.४९ प्रतिशतविन्दुमा झरेको छ । यस प्रकारको निक्षेपमा औषत ब्याजदर ०.०७ प्रतिशतविन्दुले घटेको हो । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाउँदा औषत दरमा गिरावट आएको हो। बाँकी १४ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर फागुन महिनाकै दरमा कायम राखेका छन् ।संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्य

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 504 पटक पढिएको
  • अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल टुथ सोसल मार्फत इरानको खार्ग टापुमा भएका सबै सैन्य लक्ष्यहरू ‘पूर्ण रूपमा नष्ट’ भएको बताएका छन् ।उनले लेखेका छन,‘अहिले केही क्षणअघि मेरो निर्देशनमा, अमेरिकी सेन्ट्रल कमाण्डले मध्यपूर्वको इतिहासकै एक शक्तिशाली बमबारी सञ्चालन ग¥यो र इरानको क्राउन ज्वेल, खार्ग टापुमा रहेका सबै सैन्य लक्ष्यहरू पूर्ण रूपमा नष्ट गरियो ।’राष्ट्रपतिले थपे,‘मैले टापुमा रहेको तेल पूर्वाधार नष्ट नगर्ने निर्णय गरेको छु । तर यदि इरान वा अरू कसैले हर्मुज स्ट्रेटमार्फत जहाजहरूको स्वतन्त्र र सुरक्षित मार्गमा हस्तक्षेप गर्ने प्रयास गर्यो भने म यो निर्णय तत्क

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 468 पटक पढिएको
  • प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ

    विराटनगर— मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध र गाँजा सहित एक फार्मेसी सञ्चालिका र अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकस्थित शिव महिमा मेडिकल हल फार्मेसीबाट ३२ वर्षीया मोनिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी चौधरीले सटर भाडामा लिएर सञ्चालन गर्दै आएको उक्त फार्मेसीमा प्रतिबन्धित लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेको थियो ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र इला

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 440 पटक पढिएको
  • गोकुल बास्कोटाद्वारा शेरबहादुर तामाङमाथि अवसरवादको आरोप

    काठमाडौं— एमाले नेता गोकुल बास्कोटाले शेर बहादुर तामाङले आफूमाथि सार्वजनिक रूपमा आक्रमणात्मक टिप्पणी गरेको आरोप लगाएका छन् ।शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले आफ्नो मत राखेकै कारण तामाङले आफूमाथि सार्वजनिक रूपमा आक्रमण गरेको दाबी गरेका हुन् ।“भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रूपमा जाई लगेछन,” बास्कोटाले लेखेका छन् ।उनले तामाङलाई पद प्राप्तिका लागि गुट बदल्ने मात्र नभई आवश्यक परे पार्टी नै फुटाउन पछि नपर्ने चरम अवसरवादी पात्र भएको आरोप समेत लगाएका छन् ।“म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गु

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 447 पटक पढिएको
  • काठमाडौंको विभिन्न स्थानमा आज विद्युत् कटौती हुने

    काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।आज प्राधिकरणले एक सूचना जारी गर्दै शनिबार काठमाडौंको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने जानकारी दिएको हो ।प्राधिकरणले पोप्सीकोला टाउन प्लानिङमा दिउँसो ११ बजेदेखि १:३० बजेसम्म विद्युत् कटौती गर्ने जनाएको छ । पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ ।यस्तै, मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा भने २ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ । मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 472 पटक पढिएको
  • सर्लाहीमा भारतीय स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    सर्लाही— सर्लाहीको बरहथवा नगरपालिका– १० सितापुरमा शुक्रबार साँझ स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब ७ बजे बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको डिएल ९ सिजेड ०७७७ नम्बरको स्कारपियोले विवाहमा जन्ती आएका मानिसलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।दुर्घटनापछि इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरीको टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले स्कारपियो र चालक सर्लाही बरहथवा नगरपालिका – १२ लौकठ निवासी करिब ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बरहथवामा राखेको छ ।दुर्घटनामा गम्भीर घाइते भएका ब

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 448 पटक पढिएको
  • कृतिम अभाव सिर्जना गरे कारबाही गर्ने प्रशासनको चेतावनी

    सुर्खेत— जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्यास तथा इन्धनको कृतिम अभाव सिर्जना गरे कारबाही गरिने चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना जारी गरी ग्यास तथा इन्धनको सहज आपूर्ति गर्न बिक्रेताहरूलाई अनुरोध गरेको छ ।‘उपभोक्ताहरूबाट बजारमा खाना पकाउने ग्यास (एल.पी. ग्यास) तथा इन्धनको सहज प्राप्तिमा कठिनाइ भएको भन्ने गुनासो आएकाले कोही कसैले पनि अनावश्यक रूपमा इन्धन तथा ग्यास सिलिन्डर होल्डिङ नगरी ग्यास तथा इन्धन आपूर्तिलाई सहज तुल्याउन हुन अनुरोध छ,’ प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको पाइएमा, बढी मूल्य लिई ग्यास तथा पेट्रोलियम पदार्

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 471 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.