समाचार

    Showing 5,461-5,470 of 26,573 items.
  • पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

    काठमाडौं— पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।सो निष्काशनमा कुल २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन् ।कुल ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 466 पटक पढिएको
  • कुमार पौडेलको हत्यामाथि छानविन गर्न सर्वोच्च अदालतको आदेश

    काठमाडौं— सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामाथि छानविन गर्न आदेश दिएको छ ।अब सो आदेशसँगै अब प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), प्रहरी महानिरिक्षक सवेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत विरुद्ध परेको किटानी जाहेरीमाथि अनुसन्धान हुने छ ।कुमारको हत्यापछि उनकी आमा दुर्गादेवी पौडेलले संलग्नहरुमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग राखी जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा किटानी जाहेरी पेश गरेकी थिइन् ।जाहेरीमाथि अनुसन्धान नभएको भन्दै पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । त्यसको करिब पाँच वर

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 472 पटक पढिएको
  • जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरी आमाको उपचारको क्रममा मृत्युु

    जुम्ला— जुम्लामा सुत्केरी भएर हेलिकप्टर मार्फत उद्दार गरिएकी सुत्केरी आमाको उपचार गर्दा गर्दै मृत्युु भएको छ।तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियोे। उपचारको क्रममा राती एक बजे उनको मृत्युु भएको प्रदेश अस्पतालले जनाएको छ।घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो तर प्र

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 597 पटक पढिएको
  • चट्याङ लागेको घटनाबारे छानबिन गर्न निगमले गर्यो छानबिन समिति गठन

    काठमाडौं— नेपाल वायुसेवा निगमले चट्याङ लागेर न्यारोबडी जहाजको शार्कलेटमा क्षति पुगेको घटनाबारे छानबिन गर्न आन्तरिक समिति गठन गरेको छ।निगमका नायब प्रबन्ध निर्देशक डोलेश्वर कोइरालाकोको अध्यक्षतामा बनेको समितिले घटनाको क्रम, प्राविधिक अवस्था र उडान सुरक्षासम्बन्धी पक्ष अध्ययन गरी प्रतिवेदन बुझाउने जनाइएको छ।स्रोतका अनुसार हङकङमै ग्राउन्डेड गर्नुपर्ने जहाज यात्रुसहित काठमाडौं फर्काइएको विषयलाई सुरक्षाका दृष्टिले गम्भीर रूपमा हेरिएको छ। यसैबीच, फागुन २६ गते हङकङ उडानमा संलग्न ककपिट क्रुलाई तत्कालका लागि उडानबाट रोक लगाइएको छ र घटनाबारे विस्तृत लिखित प्रतिवेदन माग गरिएको छ।उक्त घटनामा चट्याङ लागेर न

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 459 पटक पढिएको
  • महावीर पुनको निर्वाचन खर्चको विवरण सार्वजनिक, २८ लाख भन्दा बढी खर्च

    काठमाडौं— नवनिर्वाचित सांसद महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेस गरेका छन् ।प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दी क्षेत्र नम्बर १ मा निर्वाचित पुनले निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको जनाएका छन् ।पेस गरिएको विवरण अनुसार उनले होटलमा खाना बस्नका लागि खर्च सबैभन्दा धेरै रकम १३ लाख सात हजार ६१९ खर्च गरेको देखिएको छ ।यस्तै, चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ, यातायातमा ६ लाख ६० हजार ९९८ रुपैयाँ,डिजेल ३ लाख ६० हजार ४९९, खर्च भएको छ ।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 436 पटक पढिएको
  • इरान २०२६ को विश्वकपमा सहभागी नुहने

    काठमाडौं— इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ ।इरानका खेलकुद मन्त्री अहमद दुनियामालीले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको २०२६ को विश्वकपमा आफ्नो देश सहभागी हुन सक्ने अवस्थामा नरहेको बताएका हुन्।पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युपछि इरानको सहभागिता अन्योलमा परेको हो।यता फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट गरेपछि ट्रम्पले इरानलाई विश्वकपमा स्वागत छ भनेको बताएका थिए।इरानी मन्त्री दुनियामालीले अन्तर्वार्ता दिँदै आफ्नो देशको नेताक

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 428 पटक पढिएको
  • आजदेखि नागार्जुन उपमेयर कप तेक्वान्दो हुने

    काठमाडौं— प्रथम नागार्जुन उपमेयर कप तथा १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आजदेखि हुने भएको छ ।नागार्जुन नगरपालिको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सञ्चालन हुने दुई दिने प्रतियोगितामा विभिन्न स्कुल तथा डोजाङका करिब ६ सय खेलाडीको सहभागिता रहेको आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं अध्यक्ष बब्लु सिवाकोटीले जानकारी दिए ।प्रतियोगितामा ग्योरोगीमा चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर तथा पुम्सेमा क्याडेट, जुनियर र सिनियर विधामा २८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 485 पटक पढिएको
  • निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो

    रौतहट— प्रतिनिधि सभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा सुरक्षा निकाय र सरकारी कर्मचारीहरूको ध्यान निर्वाचन तयारीमा केन्द्रित भएको मौका छोपी रौतहटको चन्द्रपुर नगरपालिका–६, बेल्डीस्थित वन क्षेत्र ओगट्ने प्रयासलाई प्रशासनले असफल तुल्याएको छ। वन क्षेत्रभित्र रातारात निर्माण गरिएका सात वटा अवैध घर टहराहरूलाई डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको संयुक्त टोलीले बिहीबार भत्काएर हटाएको हो।प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका अधिकांश सरकारी कर्मचारी, वन रक्षक र सुरक्षाकर्मीहरू निर्वाचन व्यवस्थापन र सुरक्षा कार्यमा खटिएका थिए । यही प्रशासनिक व्यस्तताको फाइदा उठाउँदै केही समूहले बेल्डीस्थित वनको जमिनमा रात

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 487 पटक पढिएको
  • नयाँ प्रणाली जडान हुँदै, राहदानी सेवा केही दिन प्रभावित हुनसक्ने

    काठमाडौं— परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडान गर्ने तयारी गरेको जनाएको छ।सोही क्रममा अन्तरिम अवधिमा राहदानी वितरण सेवा केही दिन प्रभावित हुनसक्ने विभागले जनाएको हो।विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्नेछ। भने विभागबाट प्रदान गरिने राहदानी सेवा भने करिब एक सातासम्म अवरुद्ध हुन सक्ने सूचनामा उल्लेख गरिएको छ।नयाँ प्रणाली जडान तथा कार्यान्वयनपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने बताइएको छ। त्यसैले उक्त अ

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 396 पटक पढिएको
  • आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने

    काठमाडौं— नेपाल आयल निगम लिमिटेडले खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्ति व्यवस्थापन गर्न सिलिण्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ ।निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई मध्यनजर गर्दै आजदेखि अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य ९५५ रुपैयाँमा बिक्री वितरण गरिने जनाएको छ ।‘हालको परिस्थितिलाई दृष्टिगत गरी एल. पि. ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागी निगमले मिति २०८२ र ११ र २९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 467 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.