समाचार

    Showing 5,651-5,660 of 26,604 items.
  • सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना

    काठमाडौं— सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका अमरेश सिंहलाई जितको शुभकामना दिएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै सर्लाही क्षेत्रमा देखेका समस्याहरूको सम्बोधन गर्न, आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गर्ने बताएका छन् ।उनले लेखेका छन्, ‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा। अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना १ मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 413 पटक पढिएको
  • सिराहा–३ मा रास्वपाका शम्भु यादव विजयी

    सिराहा— प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भु कुमार यादव भारी मतान्तरका साथ विजयी भएका छन् ।अन्तिम मत परिणाम अनुसार यादवले ३२ हजार २४९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लिलानाथ श्रेष्ठलाई २२ हजार ९३ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले १० हजार १५६ मत प्राप्त गरेका छन् ।यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का विश्वनाथ साहले ९ हजार ९४२ मत, नेपाली कांग्रेसका सुभाष चन्द्र यादवले ९ हजार ८७९ मत, जनता समाजवादी पार्टी नेपालका असेश्वर यादवले ५ हजार ६७१ मत

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 476 पटक पढिएको
  • नेकपाबाट ६ जना विजयी, १ ठाउँमा अगाडि

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अहिलेसम्म १२५ ठाउँको नतिजा आइसक्दा नेपाली कम्युनिष्ट पार्टीका ६ जना विजयी भएका छन् ।रुकुपपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पाबाट वर्षमान पुन, डोल्पाबाट धनबहादुर बुढा र रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानमा रमेश मल्ल र कालीकोटमा महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।गणना जारी रहेका क्षेत्रमध्ये सिन्धुपाल्चोक २ मा युवराज दुलालले लिड गरिरहेका छन् ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 295 पटक पढिएको
  • सदनमा जनताको प्रश्नको उत्तर नआए बबाल हुनेछ : हर्क साम्पाङ

    विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा जनताको प्रश्न सोध्दा उत्तर नआए बबाल हुने संकेत गरेका छन् । उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहतर्फ लक्षित गर्दै सदनमा समय दिने र उत्तर दिने नेतृत्व चाहिने बताए ।उनले सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो हुने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो ।’उनले नबोल्ने मान्छेले प्रश्नको उत्तर विस्तारमा दिन नसक्ने भन्दै बालेनप्रति टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैनन् । सदनमा जनताको प्रश्न सोध्दा उत्

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 345 पटक पढिएको
  • रामेछाप प्रतिनिधि सभा मतगणनाः रास्वपाका कृष्णहरि बुढाथोकी अग्रस्थानमा

    रामेछाप— रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी अग्रस्थानमा छन् ।हालसम्म ५९ हजार ६७४ मत गणना हुँदा बुढाथोकीले १६ हजार ७८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेलले पछ्याइरहेका छन्। ढुंगेलले हालसम्म ११ हजार ८२३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काले ११ हजार ४३२ मत प्राप्त गरेका छन् ।यसैगरी नेकपाका उम्मेदवार श्यामकुमार श्रेष्ठले ९ हजार २५९ मत पाएका छन् भने उज्यालो नेपाल पार्टीका दिपबहादुर योञ्जनले ५ हजार ४५४ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 422 पटक पढिएको
  • सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको शानदार जित

    सिराहा— सिराहा क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्व खेलकुद मन्त्री बब्लु गुप्ता ४१,२४५ मत प्राप्त गर्दै अत्यधिक मतान्तरका साथ विजयी भएका छन् ।उनको यो ऐतिहासिक विजयले सिराहा क्षेत्र नं. १ का मतदाताहरूले परिवर्तन, विकास र जनताको पक्षमा काम गर्ने नेतृत्वप्रति देखाएको विश्वासलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।जनताको अपार समर्थनका साथ प्राप्त यस जितले क्षेत्रको समृद्धि, सुशासन र विकासका नयाँ सम्भावनाहरू खुल्ने अपेक्षा गरिएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 199 पटक पढिएको
  • इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन् ।नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार नेम्बाङ विजयी भएका हुन् । नेम्बाङ २२ हजार ४२६ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका थिए ।यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले सात हजार ८१४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले एक हजार १७२ मत प्राप्त गरे ।प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो द

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 283 पटक पढिएको
  • रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

    काठमाडौँ। रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्मा निर्वाचित हुनुभएको छ ।निर्वाचन आयोगका अनुसार शर्मा २१ हजार ६०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गर्नुभएको छ ।यही फागुन २१ गते भएको निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले चार हजार ७६ मत प्राप्त गर्नुभएको छ ।यस्तै, नेकपा (एमाले) का नन्दराम देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढाले ३६६ मत प्राप्त गर्नुभएको छ । एउटा

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 271 पटक पढिएको
  • मुगुमा एमालेको अग्रता

    मुगु।  मुगुमा प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा हालसम्मको मतगणनाअनुसार नेकपा (एमाले)ले अग्रता लिएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार एमाले उम्मेदवार पूर्णबहादुर रोकायाले दुई हजार ४६६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाहीले दुई हजार ४०२ मत प्राप्त गर्नुभएको छ ।त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चन्द्रबहादुर शाहीले ६६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले १५८ मत प्राप्त गर्नुभएको छ । मुगुमा कुल ३६ हजार ३१ मतदाता रहेकामा २२ हजार ११५ अर्थात् ६१.३

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 297 पटक पढिएको
  • बाजुरामा कांग्रेस उम्मेदवार गिरीको अग्रता

    बाजुरा। प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा बाजुरमा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले अग्रता लिनुभएको छ । उहाँले हालसम्म २०१ मतले अग्रता लिनुभएको छ ।कांग्रेस उम्मेदवार गिरीले ११ हजार १८५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबहादुर थापाले १० हजार ९८४ मत प्राप्त गर्नुभएको छ । जिल्लामा हालसम्म २९ हजार ८०१ मतगणना सम्पन्न भएको छ ।यसअघि गौमुल गाउँपालिकाको मतगणना गर्दा एमालेका उम्मेदवार थापाले ९०१ मतले अग्रता लिनुभएको थियो । अहिले त्रिवेणी गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म नेपा

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 323 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.