समाचार

    Showing 5,671-5,680 of 26,604 items.
  • सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवसः अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला

    काठमाडौँ। नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ । अध्ययनका अनुसार पुरुषभन्दा महिलामा १.३ प्रतिशत गुणाले अन्धोपना हुनसक्ने जोखिम छ । पुरुषभन्दा महिलामा मोतियाबिन्दु, उमेर–सम्बन्धित म्याकुलर डिजेनेरेसन (एएमडी) र आँखा सुक्खा आँखा हुने समस्या बढी देखिन्छन् । महिलामा आँखाको समस्या बढी हुने भए पनि उपचारमा महिलाको पहुँच निकै कम छ ।अनुसन्धानका नतिजाले भन्छ, “विभिन्न आर्थिक तथा सामाजिक कारणले पुरुषका तुलनामा महिलामा अन्धोपनको समस्या बढी छ । नेपालमा ४० हजार बढी दृष्टिविहीन रहेकामा झन्डै ६० प्रतिशत महिला रहेका छन् ।”दृष्टि क्षमता कम भएका मानिसमध्ये आधाभन्दा बढी महिला नै छन् । आँखा स्वास

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 243 पटक पढिएको
  • महिलाको सबलीकरणले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ : उपराष्ट्रपति यादव

    काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशी समाज निर्माणका लागि महिलामा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । अन्तरराष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिलाहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले सो आवश्यकता औँल्याउनुभएको हो । उपराष्ट्रपति यादवले पछिल्लो समय नेपाली महिलाहरूले शिक्षा, राजनीति, समाजसेवा, अर्थतन्त्र, संस्कृतिलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसमा निरन्तरताले मुलुकलाई समृद्धि र प्रगतितर्फ अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 264 पटक पढिएको
  • बैतडीमा रास्वपाका भण्डारी निर्वाचित

    बैतडी। प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी हुनुभएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले २२ हजार १३४ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गर्नुभयो । यसअघि नेकपा (एमाले)बाट लगातार तीनपटक विजयी हुनुभएका दामोदर भण्डारी भने यसपटक तेस्रो स्थानमा झर्नुभयो । उहाँले १७ हजार ९१ मत ल्याउनुभयो । एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७३ हजार १४८ मतदाताले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 290 पटक पढिएको
  • कार्की आयोगले सरकारलाई आज(आइतबार) प्रतिवेदन बुझाउदै, ओलीलाइ थपियो सन्कट

    काठमाण्डौ  ।  गौरीबहादुर कार्की आयोगले सुशीला कार्की नेतृत्वको नागरिक सरकारलाई आज (आइतबार) बुझाउन लागेको प्रतिवेदनले तत्कालीन सत्ता सञ्चालकहरूमाथि ठूलो कानुनी संकट निम्त्याउने संकेत देखिएको छ र जेल पनि जानसक्ने विश्लेषण सुरु भएको छ । भदौको जेनजी आन्दोलनमा भएको दमन र विध्वंसको छानबिनका लागि गठित यो आयोगको प्रतिवेदन निर्वाचन अगाडि नै तयार भए पनि सुरक्षा र राजनीतिक जोखिमका कारण सरकारले रोकेर राखेको थियो। प्रतिवेदन सार्वजनिकको खबरसँगै तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक लगायतमाथि ठूलो तनाव थपिएको छ ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 469 पटक पढिएको
  • गृहमन्त्री भन्छन जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका छन् ।शनिबार साँझ बानेश्वरमा जेनजी शहीदको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा सहभागी भई ज्यान गुमाएका साहसी योद्धा तथा अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।उनले जेनजी विद्रोहले तत्कालीन शासकहरूको सत्ता खोसेको उल्लेख गर्दै अहिले देखिएको राजनीतिक परिवर्तनको जग पनि त्यही जनआन्दोलन रहेको बताए ।‘जेनजी विद्रोहले तत्कालिन शाषकहरुको सत्ता खोसेको थियो । र विद्रोहबाट खोसिएको सत्ता आज वैधानिकरुपमा पनि खोसिन गईरहेको छ । मत परिमाणले देखाएक

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 530 पटक पढिएको
  • डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा

    काठमाडौं— डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विजय हासिल गरेको छ ।रास्वपाका तारा प्रसाद जोशीले नेपाली कांग्रेसका नैनसिंह महरलाई हराउँदै विजय हासिल गरेका हुन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित्दै आएको डडेल्धुरामा र रास्वपाका जोशीले १९ हजार १ सय ३१ मत ल्याउदा कांग्रेसका महरले १२ हजार १ सय २१ मत मात्र ल्याए ।२०४८ सालदेखि डडेल्धुरामा देउवाले लगातार जित्दै आएका थिए । सात पटकसम्म कांग्रेसका तर्फबाट देउवा मात्रै उम्मेदवार बनेका थिए ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 466 पटक पढिएको
  • ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार बालेन शाह भारी मतकासाथ विजयी भएका छन् । बालेनले ६८ हजार ३४८ मत ल्याउँदै झापाबाट विजय भएका हुन् । बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मत अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । बालेनका निकटतम प्रतिस्पर्धी ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् । यसैगरी उक्त क्षेत्रमा नेपाली कांग्रेसकी मंधरा चिमोरियाले १८२१ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १४६१ मत प्राप्त गरेका छन् ।ओलीको पक्कड क्षेत्र मानिने यो क्षेत्रमा बालने

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 507 पटक पढिएको
  • गुल्मी–१ मा सागर ढकाल विजयी

    गुल्मी— प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल विजयी भएका छन् ।अन्तिम मत परिणाम अनुसार ढकालले निकट प्रतिस्पर्धी ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछि पार्दै विजयी भएका हुन्।ढकालले ३० हजार ४४८ मत प्राप्त गरेर छन् । त्यस्तै ,उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार ३२८ मत र नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ७३१ मत प्राप्त गरेका छन्।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 494 पटक पढिएको
  • काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

    काठमाडौं— काभ्रेपलान्चोकको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी भारी मतले विजयी भएका छन् ।फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार भण्डारीले नेपाली काङ्ग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यलाई ३५ हजार ४७६ मतान्तरले पराजित गरेका हुन् ।भण्डारीले ५३ हजार ३ सय ४४ मत ल्याएका छन् भने कांग्रेसका आचार्यले १७ हजार ८ सय ६८ मत ल्याएका छन् । नेकपाका अशोककुमार ब्याञ्जु श्रेष्ठले १३ हजार ९ सय ४० मत ल्याएका छन् ।यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बसुन्धरा हुमागाईंले आठ हजार १

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 480 पटक पढिएको
  • गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै

    गोरखा— प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत गोरखा–१ को मतगणना सुरु भएको छ ।प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुदन गुरुङले अग्रता लिएका छन् । गुरुङले ९० मत ल्याउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत पाएका छन् ।यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार हरिराज अधिकारीले ३४ र एमालेका रामचन्द्र लामिछानेले ७ मत पाएका छन् ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 557 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.