समाचार

    Showing 5,681-5,690 of 26,604 items.
  • शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दै आचार्य विजयी

    काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् ।नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दै आचार्य विजयी भएका हुन् ।सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् भने उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत प्राप्त गरे ।त्यस्तै कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् ।दाङ–२ मा कुल ८२ हजार ६ मत खसेको थियो ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 493 पटक पढिएको
  • रेनु दाहाललाई पराजित गर्दै सोविता गौतम निर्वाचित

    काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम निर्वाचित भएकी छन् ।गौतम नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेनु दाहाललाई पराजित गर्दै अत्यधिक मतसहित निर्वाचित भएकी हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौतमले ५९ हजार २ सय ७७ मत ल्याएकी छिन् भने दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 500 पटक पढिएको
  • तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित

    काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले निर्वाचित भएका छन् ।कुल ३८ हजार ४० मत पाएका उनले २१ हजार ८०९ को मतान्तरसहित विजयी भएका हुन् ।उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ र एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाएका छन् ।गत उपनिर्वचनमा स्वर्णिम १४ हजार ७९७ मतान्तरसहित निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 493 पटक पढिएको
  • भारी मतकासाथ भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी

    काठमाडौं— भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन् ।खत्रीले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई ३१ हजार ६१६ मतले हराउँदै सानदार जित हासिल गरेका हुन् ।रास्वपाका खत्रीले ४२ हजार ३३३ ,एमालेका बस्नेतले १० हजार ७१७ र कांग्रेसका कबीर रानाले ८ हजार ३०५ प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 449 पटक पढिएको
  • काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित

    काठमाडौं—  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बम निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार बमले २९ हजार १४२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ मत प्राप्त छन् ।यसअघि सोही क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 451 पटक पढिएको
  • भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी

    काठानडौं— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार रुकेश रन्जित विजयी भएका छन् ।निर्वाचन आयोगका अनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन् । यससँगै उनीहरूबीचको मतान्तर पाँच हजार २८९ पुगेको छ ।यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपाने चार हजार २२८ मत ,नेकपा (एमाले) का सोमप्रसाद पाण्डेले तीन हजार ७२१ मत ,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भरतबहादुर खड्काले दुई हज

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 435 पटक पढिएको
  • काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी

    काठानडौं— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुनिल केसी निर्वाचित भएका छन् ।निर्वाचन आयोगका अनुसार केसीले ३४ हजार २३८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत प्राप्त गरेकी छन् ।उक्त निर्वाचन क्षेत्रमा यसअघिको निर्वाचनमा रास्वपाकी सोबिता गौतम विजयी भएकी थिइन् । यसपटक भने सोही क्षेत्रबाट रास्वपाका तर्फबाट सुनिल केसी निर्वाचित भ

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 401 पटक पढिएको
  • महोत्तरी १ मा रास्वपाका प्रमोदकुमार विजयी

    काठामाडौं— महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रमोदकुमार महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले आज बिहान जारी गरेको अन्तिम मतपरिणाम अनुसार महतोले भारी मतान्तरले जित हासिल गरेका हुन्। निर्वाचन अधिकृत गगनदेव महतोका अनुसार रास्वपाका उम्मेदवार महतोले ३४ हजार ६३६ मत प्राप्त गरी विजयी भएका छन्।उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत मात्र पाएका छन्। महतो र पोखरेलबीचको मतान्तर २२ हजार १२ रहेको छ। यसैगरी नेकपा ९एमाले० का उम्मेदवार लक्ष्मी म

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 485 पटक पढिएको
  • धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

    धनुषा— प्रतिनिधिसभा अन्तर्गत बिहीबार भएको निर्वाचनको नतिजाहरू आउने क्रम जारी रहेको छ ।यसै क्रममा धनुषाको हटस्पटको रूपमा रहेको क्षेत्र नं.३ को मतगणना सम्पन्न भएको छ । धनुषा क्षेत्र नं.३ मा रास्वपाको मनिष झाले बाजी मारेका छन् । उनले ४३,९८८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन ।उनको निकट प्रतित्वन्द्धि नेपाली कांग्रेसका बिमलेन्द्र निधिलाई फराकिलो मतले टक्कर दिएर झा विजय भएका हुन । कांग्रेसले दोस्रो स्थानमा रहेर जम्मा १६,६५२ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा नेकपा एमालेकी जुली महतोले जम्मा ९७८६ मत प्राप्त गरेकी छन् ।त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीसहित अन्य पार्टी र स्वतन्त्र उम्मेदवारहरूले

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 461 पटक पढिएको
  • निर्वाचन क्षेत्र नम्बर २ चितवनमा रवि लामिछाने विजयी

    चितवन—  निर्वाचन क्षेत्र नम्बर २ चितवनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् ।नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मीना कुमारी खरेललाई ३९ हजार ८ सय ३८ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् ।लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा ५४ हजार २ सय ७६ मत प्राप्त गरेका थिए ।निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त प्राप्त गरेको चितवनका मुख्य निर्वाचन अधिकृत केदार प्रसाद पौडेलले जानकारी दिए ।तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९ स

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 492 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.