समाचार

    Showing 5,731-5,740 of 26,604 items.
  • धनुषा ३ मा रास्वपाको अग्रता

    धनुषा— प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ ।धनुषाको क्षेत्र नं.३ को मतगणना सुरु भएको छ । क्षेत्र नं.३ को मतगणना जारी रहँदा अहिले फराकिलो मतले रास्वपाका उम्मेदवार मनिष झा अग्र स्थानमा रहेका छन् । अन्तिम मतगणना परिणाम अनुसार उनले ४३२४ मत प्राप्त गरेका छन् ।त्यस्तै, नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिलाले हालसम्म १५३८ मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा ७४३ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 529 पटक पढिएको
  • चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम चितवन–२ का उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् ।उनले हालसम्मको मतगणनामा २ हजार २५ मत प्राप्त गर्दा एमालेका अस्मिन घिमिरेले १ हजार ६९ मत प्राप्त गरेकी छन् ।तेस्रो स्थानमा नेकपाका प्रताप गुरुङ रहेका छन् । उनले १ हजार १० मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार मिना खरेलले ६६८ मत प्राप्त गरेकी छिन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 515 पटक पढिएको
  • रूपन्देही–२ मा रास्वपा अगाडि

    काठमाडौं— रुपन्देही–२ को प्रारम्भिक मतगणनामा रास्वपा अगाडि देखिएको छ ।रास्वपाका शुलभ खरेलले ४ हजार ७४ मत प्राप्त गर्दा एमालेका बिष्णु पौडेलले पौडेलले ८४५ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल ५०४ मत सहित तेस्रो स्थानमा छन् ।रुपन्देही क्षेत्र नम्बर–२ मा कुल १ लाख ३५ हजार ५० मतदाता छन् । मतगणना जारी छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 448 पटक पढिएको
  • रुकुमपूर्वमा मतगणना सुरु

    रुकुमपूर्व— हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि सुरु भएको छ ।बिहीबार मतदान सम्पन्न भएपछि रातभर विभिन्न मतदान केन्द्रबाट ल्याइएका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी सर्वदलीय बैठकपछि सिल खोलेर गणना थालिएको हो ।यस निर्वाचन क्षेत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड उम्मेदवार भएकाले यहाँको मतपरिणामलाई राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 453 पटक पढिएको
  • रास्वपाका गणेश पौडेलको उत्साहजनक अग्रता, दोस्रो स्थानमा भट्टराई

    रौतहट— रौतहट क्षेत्र नम्बर ४ अन्तर्गत गढीमाई नगरपालिका–९ को इनरवाटोलमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले स्पष्ट अग्रता लिएका छन् । ७७८ मत गणना हुँदासम्म पौडेलले भारी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका हुन् ।भर्खरै प्राप्त मत परिणामअनुसार पौडेलले ४४३ मत प्राप्त गरेका छन् उनलाई पछ्याइरहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले १५२ मत प्राप्त गरेका छन्। रास्वपाका पौडेल र भट्टराईबीचको मतान्तर २९१ रहेको छ ।त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिना ९४ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका रामजी साहले मात्र २१ मत प्

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 478 पटक पढिएको
  • १३ स्थानमा मतगणना जारी, १० सिटमा रास्वपाको अग्रता

    काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न निर्वाचनको मतगणना राति देखि नै सुरु भएको छ। हालसम्म १३ स्थानमा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको निर्वाचन आयोगको आधिकारिक जानकारीले जनाएको छ । जसमध्ये १० स्थानमा रास्वपाले अग्रता कायम गरेको छ। २ स्थानमा नेकपा एमाले र एक स्थानमा उज्यालो नेपाल पार्टी अगाडि रहेको छ।काठमाडौं १ मा रास्वपाकी रञजु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं १० मा प्रदीप विष्टले अग्रता बनाएका छन्। भक्तपुर १ मा रुकेश रन्जित, बाँके १

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 422 पटक पढिएको
  • तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

    तनहुँ— तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुवाती अग्रता बनाएका छन्। दुई हजार ७६७ मत गणना भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले एक हजार ३५२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा एमालेकी भगवती न्यौपानेले ४१६ मत पाएकी हुन्। एक लाख २६ हजार ८८२ मतदाता रहेकोमा यो क्षेत्रमा ६८ हजार १२९ मत खसेको थियो। १६ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन्। तनहुँ–२ मा केहीबेरमा सर्वदलीय बैठक बसेर गणना गर्ने तयारी भइरहेको छ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 532 पटक पढिएको
  • आजको मौसमः पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं—  हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली (High Pressure Ridge) र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका रहेको छ ।हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी पहाडी भूभागमा मौसम मूख्यतया सफा रहको छ । तराई भूभागका थोरै स्थानहरूमा तुँवालो लागेको छ ।आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । देशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । तराई भूभागका केही स्थानहरूमा बिहानको स

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 556 पटक पढिएको
  • आज २०८२ साल फागुन २२ गते शुक्रबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुरानो लगानी वा प्रयासबाट न्यायसंगत लाभ प्राप्त हुने सम्भावना छ। तर पारिवारिक सम्बन्धमा केही कटुता आउन सक्छ। वरिष्ठ वा अभिभावकको सल्लाह बेवास्ता गर्दा कार्यमा अवरोध उत्पन्न हुन सक्ने भएकाले संयम अपनाउनु उचित हुनेछ। वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बौद्धिक तथा सृजनात्मक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने उद्योग वा व्यवसायमा गरिएको लगानी लाभदायक सिद्ध हुनेछ। आत्मविश्वास र योजनाबद्धता यस समयको मुख्य शक्ति बन्नेछ। मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह) नयाँ कार्यको सुरुवातका

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 369 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.