समाचार

    Showing 5,781-5,790 of 26,604 items.
  • निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका युट्युबर रतन कार्की पक्राउ

    काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रभावित पार्नेगरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा युट्युबर रतन कार्की पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनलाई बुधबार दिउँसो चितवनबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरिक्षक अबि नारायण काफ्लेले जानकारी दिए ।सोमबार राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा कार्कीले राजनीतिज्ञसँगको अन्तर्वार्ता युट्युब तथा अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले उनले मौन अवधि तोडेको प्रहरीको प्रारम्भिक बुझाइ छ । कार्कीमाथि थप अनुसन्धान भइरहेको र यसबारे

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 475 पटक पढिएको
  • निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

    काठमाडौँ। नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ३०  मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकासहित अन्य १० पालिकाका विभिन्न ३० मतदान केन्द्रमा चार÷चार जना स्वयंसेवकले सेवा प्रदान गर्ने छन् । साथै ती स्वयंसेवकको अतिरिक्त शाखाले एम्बुलेन्ससहित सातजनाको अलग टोली पूर्वतयारी अवस्थामा राखेको छ । जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले मतदान केन्द्रमा आकस्मिक प्राथमिक उपचार सेवा उपलब्ध गराउनुपर्ने स्थिति सिर्जना हुनसक्ने अवस्थालाई मध्यनजर राखी स्थानीय रुपमा प्राथमिक उपचार टोली तथा

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 220 पटक पढिएको
  • निर्वाचनका लागि धमाधम बन्दैछन् मतदानस्थल

    झापा।  भोलि बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका मतदान केन्द्रमा धमाधम तयारी थालिएको छ। यसै क्रममा झापा- २ का विभिन्न निर्धारित स्थानमा पनि मतदान स्थलहरू बनाउने काम धमाधम थालिएको छ।झापा- २ यसपटक रोचक चुनावी मैदान बनेको छ। यस क्षेत्रमा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेकपा एमालेबाट, उपसभामुख इन्दिरा राना रास्वपाबाट र पूर्वसांसद सरिता प्रसाइँ नेपाली कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा छन्।त्यसैगरी माओवादी नेतृ धर्मशीला चापागाईं नेकपाबाट तथा २०७९ मा स्वतन्त्र उम्मेदवार बनेर दोस्रो भएका भद्रप्रसाद नेपाल (स्वागत नेपाल) यसपटक राप्रपाबाट मैदानमा उत्रिएका छन्।

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 210 पटक पढिएको
  • तेहरानको आणबिक क्षेत्रमा सम्पर्ग बिच्छेद,

    एजेन्शी  ।  तहरानको आणविक ऊर्जा क्षेत्रसँग सम्बन्धित अधिकारीहरूसँग सम्पर्क हुन नसकेको कुरा रसिया पक्षले जनाएको रिपोर्ट सार्वजनिक भएको छ। क्षेत्रीय तनाव चर्किरहेका बेला आएको यो सूचना अन्तर्राष्ट्रिय स्तरमा चासोको विषय बनेको छ। रुस इरानको नागरिक आणविक कार्यक्रमको प्रमुख साझेदारमध्ये एक मानिन्छ। यस्तो अवस्थामा नियमित कूटनीतिक तथा प्राविधिक सम्पर्क अवरुद्ध हुनु निगरानी तथा पारदर्शिताको दृष्टिले संवेदनशील विषय ठानिएको छ।विश्लेषकहरूका अनुसार सञ्चार अवरोधका विभिन्न कारण हुन सक्छन् सुरक्षात्मक उपाय, पूर्वाधार क्षति वा अन्य प्रशासनिक कारणहरू। यद्यपि आधिकारिक स्पष्ट विवरण सार्वजनिक भइसकेक

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 328 पटक पढिएको
  • निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    काठमाडौँ। गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो ।गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ ।बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जान

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 267 पटक पढिएको
  • निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    लुम्बिनी। बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।सीमानाकामा सुरक्षाका लागि दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच अनौपचारिक सीमा समन्वय बैठक सम्पन्न भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेले भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लाका समकक्षीसँग प्रतिनिधिसभा निर्वाचन २०८२ का सन्दर्भमा अनौपचारिक सीमा समन्वय बैठक बसेर सीमा क्षेत्रको अनुगमन गरी सुरक्षामा कडाइ गरिएको जानकारी दिए ।दुवै देशका अधिकारीबीच भएको अनौपचारिक छलफल र सीमा क्षेत्रको अनुगमनमा नेपालको तर्फ

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 239 पटक पढिएको
  • बमसहित पक्राउ परेका नेकपाका उम्मेदवार चौधरीविरुद्ध दुइटा कसुरमा मुद्दा दर्ता हुने

    जनकपुरधाम— पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सम्बद्ध चौधरीलाई पर्सागढी नगरपालिका बढनिहारबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।प्रहरीका अनुसार बा १० च १२५० नम्बरको गाडीमा सवार रहेका चौधरीको गाडीमा शंकास्पद वस्तु फेला परेपछि जाँच गर्दा ‘होक्सी बम’ भेटिएको थियो । पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले फेला परेको बम नेपाली सेनाको टोलीमार्फत डिस्पोज गरिसकिएको बताए ।चौधरीसँगै बारा प्रसौनी गाउँपालिकाका २६ वर्षीय सहाव आल

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 538 पटक पढिएको
  • सुनको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बधबार सुनको मूल्य ११ हजार रुपैयाँले घटेको छ ।आज छापावाला सुनको मूल्य ३ लाख १७ हजार ६०० सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको । मंगलबार सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य २७५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 480 पटक पढिएको
  • दि निलय होटल्सले आईपीओ जारी गर्ने

    काठमाडौं— दि निलय होटल्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ प्रस्ताव सहित चैत १३ गतेका लागि धादिङको थाक्रे गाउँपालिका–८ स्थित आफ्नै कार्यालयमा बिहान ११ बजे पहिलो वार्षिक साधारणसभा बोलाएको हो ।उक्त साधारणसभाले कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको सञ्चालक समितिबाट भए गरेका काम कारबाही अनुमोदन गर्ने र लगानी तथा स्रोत जुटाउन आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, गत असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह वि

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 461 पटक पढिएको
  • आज राति १२ बजेदेखि सवारी-साधन सञ्चालनमा रोक

    काठमाण्डौ । भोलि हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आज(बुधबार) राती १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन सुरक्षा व्यवस्थालाई कडाई गर्दै मतदान सम्पन्न नहुन्जेलसम्मको लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । निर्वाचन आयोगको फागुन १६ गते बसेको बैठकले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चालनमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगले जानकारी दिएको छ। यद्यपि अत्यावश्यक र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारी साधन भने

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 380 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.