समाचार

    Showing 5,841-5,850 of 26,614 items.
  • आजपाका समानुपातिक उम्मेदवारमाथि आक्रमण हुँदा नाकको हड्डी टुट्यो

    रौतहट— रौतहटमा चुनावी प्रचार प्रसारका क्रममा प्रभु साह नेतृत्वको आमजनता पार्टीका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि आक्रमण भएको छ सोमबार साँझ रौतहट–३ गुजरा नगरपालिका ६ बेदौउली गाउँमा मन्सुरीमाथि भएको आक्रमणबाट उनको नाकको हड्डी टुटेको छ ।आक्रमणबाट घाइते मन्सुरीको चन्द्रनिगाहपुर स्थित एक अस्पतालमा उपचार भएको थियो । उपचारपछि हाल उनी गुजरास्थित आफ्नो घरमा आराम गरिरहेका छन् । डाक्टरले उनको नाकको हड्डी टुटेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 519 पटक पढिएको
  • भक्तपुरको भुम्डोलबाट इन्सास राइफलसहित एक जना पक्राउ

    भक्तपुर— भक्तपुरको  सुर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफलसहित  सशस्त्र प्रहरी बलले एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा स्थायी  पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षिय आयन सेढाई रहेका छन् ।सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोको विशेष टोलीले ३१ वर्षिय सेढाईको कोठाबाट राइफलसहित एसएलआरको गोली ४ वटा, प्लास्टिक राउण्ड २ वटा, सर्ट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा सहित पक्राउ गरेको हो ।उनलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई  बुझाइएको छ । उक्त राइफल तथा हतियारमा लाग्ने गोली&

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 431 पटक पढिएको
  • निर्वाचनलाई प्रभाव पार्ने गरी फेसबुकमा झुटो अफवाह फैलाउने युवक पक्राउ

    सुनसरी— सुनसरीमा सामाजिक सञ्जालमार्फत निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले झुटा सामग्री प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्ने व्यक्ति इनरुवा नगरपालिका–३, महेन्द्रचोक निवासी २७ वर्षीय रामचन्द्र ठाकुर हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनले आफ्नो फेसबुक आईडी प्रयोग गरी प्रतिनिधि सभा सदस्य निर्वाचनसँग सम्बन्धित भ्रामक भिडियो अपलोड तथा सेयर गरेका थिए।नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरो, काठमाडौंको प्राविधिक सहयोगमा प्रहरीले उनलाई इनरुवास्थित उनकै निवास क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। घटनामा प्रयोग गरिएको मोबाइल फोनसमेत बरामद गरिएको छ।ठाकुर

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 453 पटक पढिएको
  • फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौं— फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मंगलबार हेलिकप्टर दुर्घटना हुँदा एक जना मलेसियाली नागरिक र एक फिलिपिनो नागरिकको मृत्यु भएको जनाइएको छ ।हेलिकप्टरमा दुई मलेसियालीसहित पाँच जना यात्रु रहेको अधिकारीहरूले बताएका छन् ।रिजाल प्रान्तीय प्रहरी अधिकारी रामजे पांगाले दुर्घटनामा दुई जना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् ।पिलिला सहरका मेयर जोन मासिनसिनले तीन जना घाइते भएको जनाउँदै पाइलटको अवस्था गम्भीर रहेको बताएका छन् ।प्रहरी अधिकारी पांगाले हेलिकोप्टरको इन्जिनमा समस्या आएकाले थाहा पाए पछि आपतकालीन अवतरण गर्ने प्रयास गर्दा गर्दै दुर्घटना भएको बताए ।फिलिपिन्सको नागरिक

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 549 पटक पढिएको
  • राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ६ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।राष्ट्र बैंकले मंगलबार इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल मार्फत सहभागिता जनाउन आह्वान गरेको छ । न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ ।निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा र ब्याज भुक्तानी फागुन २५ गते हुने बताइएको छ । सबैभन्दा कम ब्याजदरको प्रस्तावलाई पहिलो प्राथमिकतामा राखी बाँडफाँट गरिने छ ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 237 पटक पढिएको
  • खाल्डोमा डुबेर एकै घरका दाजु–बहिनीको मृत्यु

    वीरेन्द्रनगर— सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मा निर्माणाधीन घरको कम्पाउन्डभित्र रहेको पानी जम्मा गर्ने खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेकबहादुर कटुवालका ७ वर्षीय खेमराज कटुवाल र ५ वर्षीया दिपिका कटुवाल रहेका छन्। प्रहरीका अनुसार सोमबार साँझ बालबालिका घर नजिकै निर्माण भइरहेको नयाँ घरको कम्पाउन्डमा खेल्न गएका थिए। खेल्ने क्रममा पानी भण्डारणका लागि खनिएको खाडलमा उनीहरू पसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।स्थानीयवासीले दुवै जना खाडलमा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल, कालागाउँ ल

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 468 पटक पढिएको
  • सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला, निष्क्रिय पार्ने तयारी

    सुर्खेत— सुर्खेतको छिन्चु क्षेत्रमा शंकास्पद वस्तु फेला परेको छ । भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान उक्त वस्तु भेटिएको हो ।सडक छेउमा रातो प्लास्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा वस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली घटनास्थलमा पुगेको प्रहरी निरीक्षक प्रकाश केसीले जानकारी दिए । उनका अनुसार शंकास्पद वस्तु फेला परेपछि तत्कालै सुरक्षा घेरा कायम गरिएको छ ।प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई सुरक्षित घेरामा राखेको छ भने सर्वसाधारणको आवतजावतमा रोक

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 433 पटक पढिएको
  • इजरायलद्वारा दक्षिण लेबनानका गाउँ खाली गर्न आदेश

    काठमाडौं— इजरायली सेनाले लेबनानमा हिजबुल्लाह विरुद्धको सैन्य कारबाहीलाई तीव्र पार्दै दक्षिण लेबनानका थप दर्जनौँ बस्ती र गाउँहरू खाली गर्न कडा आदेश जारी गरेको छ।इजरायली सैन्य प्रवक्ता अविचाय अद्राईले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत थप ५० वटा गाउँ र बस्तीका बासिन्दाहरूलाई तत्काल घर छोड्न आग्रह गरेका हुन् । यसअघि सोमबार पनि इजरायलले ५२ वटा बस्ती खाली गर्न यस्तै आदेश दिएको थियो।इजरायली सेनाले हिजबुल्लाहका गतिविधिहरूका कारण आफूहरू बलपूर्वक कारबाही गर्न बाध्य भएको बताएको छ।हाम्रो उद्देश्य तपाईँहरूलाई हानि पुऱ्याउने होइन, तर हिजबुल्लाहका अखडा नजिक बस्नु भनेको आफ्नो ज्यान जोखिममा राख्नु हो, आईडीएफले

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 460 पटक पढिएको
  • नयाँ बानेश्वरमा ट्रिपरको ठक्करबाट स्कुटर चालको मृत्यु

    काठमाडौं— नयाँबानेश्वरमा ट्रिपरको ठक्करबाट स्कुटर चालको मृत्यु भएको छ । सुनसरी इनर्वा–५ स्थायी घर भई भक्तपुर लोकन्थली बस्ने ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको हो ।आज बिहान ८ः४५ बजे मिनभवन सिभिल अस्पताल अगाडि बा२क ३२२९ नम्बरको फोहर बोक्ने ट्रिपरले प्र३–००१ब ९४५ को स्कुटरलाई ठक्कर दिएको थियो ।उपचारका लागि सिभिल अस्पताल लगिएका घाइते कोइरालालाई ८ः५५ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक कोइराला भक्तपुरस्थीत क्षयरोग केन्द्रका नासु हुन् ।ट्रिपरका चालक गोर्खा भूमिचोक स्थायी घर भई पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापा मगर हुन् ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 556 पटक पढिएको
  • ट्रेड युनियन कांग्रेसद्वारा मध्यपूर्वको सैन्य तनावप्रति गम्भीर चिन्ता व्यक्त

    काठमाडौं— मध्यपूर्व तथा खाडी क्षेत्रका देशहरूमा पछिल्लो समय बढ्दो सैन्य तनाव र आक्रमणका घटनाप्रति नेपाल ट्रेड युनियन कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ ।संयुक्त राज्य अमेरिका र इजरायलको आक्रमणपछि उत्पन्न परिस्थितिमा जवाफी कारबाहीका क्रममा इरानले संयुक्त अरब इमिरेट्सस्थित अमेरिकी सैन्य अड्डामा फागुन १७ गते गरेको आक्रमणमा सेक्युरिटी गार्डका रूपमा कार्यरत गोरखा निवासी २९ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको दुःखद घटनाले सम्पूर्ण श्रमिक आन्दोलन स्तब्ध र मर्माहत भएको कांग्रेसले जनाएको छ ।निर्दोष श्रमिकहरू अन्तर्राष्ट्रिय शक्ति संघर्षको प्रत्यक्ष मारमा पर्नु अत्यन्त दुःखद र अस्वीकार्य भएको उल्लेख ग

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 489 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.