काठमाडौं— यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले प्रतिनिधिसभा निर्वाचनका कारण देशभर सार्वजनिक सवारीसाधन चलायमान भएको बताएका छन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले विगतको तुलनामा सुरुमा केही कम देखिए पनि पछिल्लो अवस्थामा सवारी सञ्चालन ह्वात्तै बढेको छ । ‘निर्वाचनका कारण महाकालीदेखि मेचीसम्म सवारीसाधन परिचालन भएका छन् । यसले यातायात क्षेत्र मात्र होइन, समग्र आर्थिक गतिविधिलाई चलायमान बनाएको छ,’ उनले भने ।सिटौलाले निर्वाचनका बेला होटल, रेस्टुरेन्ट, पसल तथा अन्य सेवा क्षेत्रसमेत सक्रिय हुने भएकाले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे । ‘सार्वजनिक यातायात मुलु
काठमाडौं— फागुन २१ गते हुनलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने भएको छ ।एयरलाइन्सले सुचना जारी गर्दै फागुन २१ गतेको निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जनाएको हो ।फागुन २२ गतेदेखि पुनः नियमित उडान सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको
काठमाडौं— आज साँझ खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । साँझ ६ः०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने खगोलविद्हरूले बताएका छन् ।वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार यो चन्द्र ग्रहण नेपालका विभिन्न स्थानबाट अवलोकन गर्न सकिनेछ । चन्द्रमा क्षितिजबाट माथि उठ्दै गर्दा यसको आधाभन्दा बढी भाग पृथ्वीको गाढा छायाले ढाकिएको देखिने उनले जानकारी दिए ।उनका अनुसार चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनु दुर्लभ खगोलीय घटना मानिन्छ । काठमाडौँमा चन्द्रमा ग्रहणसहित साँझ ६ः०४ बजे उदाउनेछ र करिब एक घण्टासम्म स्पष्ट रूपमा अवलोकन गर्न सकिनेछ ।खगोलविद्हरूले चन्द्र ग्रहण अवलोकनका लागि कुनै विशेष
काठमाडौं— फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागी लागि सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ ।निर्वाचन आयोगले यो अवधिमा आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो ।निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।निर्वाचन आचारसंहितामा समावेश भएका व्यवस्थाअनुसार आजदेखि फागुन २१ गतेसम्म आचारसंहिताले तोकेका सबै
काठमाडौं— आज मंगलबार तराई क्षेत्रमा पनि रङहरूको उत्सव धूमधामका साथ मनाइँदैछ । नेपालका पहाडी जिल्लाहरूमा हिजो सोमबार फागु पूर्णिमाको अवसरमा हर्षोल्लासका साथ होली पर्व मनाइएपछि एक अर्कामा अबिर र रङ्ग लगाएर, शुभकामना आदानप्रदान गर्दै तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी तराईवासीले होली पर्व मनाउने भएका छन् ।
काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापाले रामेछाप नगरपालिका–२ स्थित सिरुवारिमा गाडी दुर्घटना भएको प्रति दुःख व्यक्त गरेका छन् ।विज्ञप्ति जारी गरी सभापति थापाल दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई राज्यका तर्फबाट उचित सम्मान गर्न र घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।सभापति थापाले भने, “फागुन २१ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा निर्वाचन सामाग्री लिई मतदान केन्द्र तर्फ जाँदै गरेको सवारी साधन दुर्घटना हुँदा
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। बोलीमा प्रभाव बढ्नेछ, जसले व्यक्तिगत र सामाजिक सम्बन्धमा सुधार ल्याउनेछ। प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा पनि समय अनुकूल रहनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) विद्या र बुद्धिको प्रयोगबाट आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो उपलब्धि मिल्ने सम्भावना छ। चुनौतीका बीच पनि महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन्। परिणाममुखी काममा लगानी गर्नु लाभदायक हुनेछ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह) नयाँ ठाउँमा लगानी गर्दा सतर्कता आवश्यक द
काठमाडौं— मध्यपूर्व तनावका क्रममा इरानले ओमानमा एक तेल ट्यांकरमाथि हमला गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ ।सोमबार इरानले ओमानमा गरेको ड्रोन प्रहार मार्सल आइल्यान्डको ध्वजावाहक तेल ट्यांकरमाथि खसेको थियो । त्यसपछि इन्जिनमा आगलागी भएको थियो ।सो आगलागीमा टयांकरका क्रू मेम्बर रहेका भारतीय नागरिकको मृत्यु भएको ओमानको मेरीटाइम सिक्युरिटी सेन्टरलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ ।ट्यांकरमा कुल २१ जना क्रू मेम्बर रहेको बताइएको छ । जसमा १६ जना भारतीय, ४ जना बाङ्ग्लादेशी र एक जना युक्रेनका नागरिक रहेको बताइएको छ ।
रामेछाप— रामेछापको रामेछाप नगरपालिका २ देउरालीमा सोमबार कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई परशुराम यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका ३ साँघुटार मदतान केन्द्र ख का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् । घिमिरे मन्थली नगरपालिका ६ रुद्राक्षेश्वर मावि मुगिटारका निमावि द्वितिय शिक्षक हुन् ।रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको ना ४ ख ६७६८ नम्बर मिनिट्रक देउरालीके सिरुव
रामेछाप— रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ ।रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघु टारको वडा कार्यालय मतदान केन्द्रका कर्मचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको गाडी देउरालीको मतदान केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन सामाग्री झारेर ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिएका छन् ।गाडीमा कति मानिस सवार थिए भन्ने खुलेको छैन । गाडी भिरबाट खसेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिए ।दुर्घटनामा केही मानिस हताहत भएको आशङ्का गरिएको भए पनि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.