समाचार

    Showing 5,871-5,880 of 26,620 items.
  • बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

    सर्लाही— बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पासवानसहित सयौँको सङ्ख्यामा कांग्रेसमा प्रवेश गरेका हुन् ।उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका छन् । सर्लाही ४ को धनकोल गाउँपालिकामा भएको विशेष कार्यक्रममा पासवानसहितका नेता नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।चुनावको केही दिनअघिमात्र पार्टी प्रवेश गरेसँगै कांग्रेस थप बलियो भएको छ । उक्त क्षेत्रमा सभापति थापा नै उम्मेदवार हुन् ।

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 406 पटक पढिएको
  • मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    रामेछाप— मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीबाट हेटौँडातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार झनझने प्रहरी चौकी क्षेत्रभित्र पर्ने सडक खण्डमा वा ४४ प ९८१७ नम्बरको मोटरसाइकल आइतबार राति करिब ९ः३० बजे अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–९, चित्लाङ निवासी रामशरण चित्रकारका ३१ वर्षीय छोरा सुशान्त चित्रकार गम्भीर घाइते भएका थिए । उनलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो ।त्यहाँबाट थप उपचारका लागि हेटौँडातर्फ रिफर गरिएकोमा बिहान १ः३

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 462 पटक पढिएको
  • उज्यालो नेपाल पार्टीद्वारा उम्मेद्वारी फिर्ताबारे फैलिएको अफवाहको खण्डन

    काठमाडौं— उज्यालो नेपाल पार्टीले केही निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता लिएको भन्ने विषयमा फैलिएको समाचारलाई असत्य र भ्रामक भएको स्पष्ट पारेको छ ।पार्टीका प्रवक्ता डा.राजु थापाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा मोरङ–६, डोल्पा र अछामलगायतका क्षेत्रमा पार्टीले उम्मेदवारी छोडेको भन्ने अफवाह फैलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।विज्ञप्तिमा आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीले आधिकारिक रूपमा उम्मेदवारी फिर्ता गराउने कुनै निर्णय नगरेको स्पष्ट गरिएको छ ।पार्टीले सम्पूर्ण मतदातालाई भ्रममा नपर्न आग्रह गर्दै प्रत्यक्षतर्फ ‘चिम’ चुनाव चिन्ह र स

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 384 पटक पढिएको
  • काठमाडौंको ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरी, ट्राफिक प्रहरी अन्यन्त्रै खटाइयो

    काठमाडौं— निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सवारी चाप घट्दै गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार निर्वाचन तयारीका कारण उपत्यकाबाट ठूलो संख्यामा जनशक्ति बाहिरिएकाले सवारी आवागमनमा उल्लेखनीय कमी आएको बताए ।उनले उपत्यकामा उपलब्ध सवारी साधन अधिकतम प्रयोग गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार हाल रहेको करिब ८० प्रतिशत जनशक्ति उपत्यका बाहिर खटाइएको छ ।निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक प्रहरीहरूलाई विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशमा पठाइएको उनले बताए । उपत्यकामा जनशक्ति अभाव नहोस् र सव

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 372 पटक पढिएको
  • अमेरिकी–इजरायली हवाई आक्रमणपछि इरानले भन्योः यो ‘अमानवीय’ र अनगिन्ती अपराधहरूको इतिहास हो

    एजेन्सी— इरानले आइतबार राति दक्षिणी इरानको एक प्राथमिक विद्यालयमा भएको अमेरिकी–इजरायली हवाई आक्रमणमा १६५ जनाको मृत्यु भएको जनाएको छ ।शजरेह तैयबेह स्कूल मिनाबमा अवस्थित छ, जहाँ इस्लामिक रिभोलुसनरी गार्डको सैन्य अड्डा रहेको छ। वासिङ्टन र तेल अभिभले संयुक्त रूपमा गरेको ठूलो स्तरको आक्रमणको बीचमा शनिबार स्कूलमा आक्रमण गरिएको थियो।इरानी राष्ट्रपति मसूद पेजेश्कियानले शनिबार पीडित परिवार र मिनाबका बासिन्दाहरूप्रति समवेदना व्यक्त गरेका छन्।उनले एक विज्ञप्तिमा हवाई आक्रमणको निन्दा गर्दै त्यसलाई ‘अमानवीय’ र इरान विरुद्ध आक्रमणकारीहरूले गरेका अनगिन्ती अपराधहरूको इतिहासमा अर्को कालो पाना थप्ने बर्बर कार्य

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 377 पटक पढिएको
  • पेट्रोलियम पदार्थको अभाव हुनसक्ने आशंकमा पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भिड

    काठमाडौं— काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आइतबार साँझदेखि नै सवारी साधनहरुको भिड लागेको छ । अधिकांस पम्पहरुमा लामो लाइन देख्न सकिन्छ ।शनिबारदेखि मध्यपूर्वमा इरान र इजरायल बिचको बढ्दो तनाबले उग्र रुप लिएसँगै खाडीका अधिकांश मुलुकहरु समेत त्यसको चपेटमा परेपछि त्यसैको प्रभाव स्वरुप नेपालमा समेत इन्धन अभाव हुन सक्ने जोखिम बढेको छ । जसकका कारण सवारी धनीहरु इन्धन भर्न लामबद्ध हुने गरेका हुन् ।विश्वको तेल भण्डारणको मुख्य हिस्सा ओगटेका मुलुकहरुमा बढ्दो तनाबका कारण विश्वव्यापी रुपमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि र उर्जा सकंट बढ्न सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।त्यसैको प्रभाव स्वरुप आइतबार बे

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 404 पटक पढिएको
  • काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढ्यो, बुधबारसम्म नौं लाख बाहिरिने अनुमान

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत खसाल्न काठमाडौं उपत्यका छाड्नेक्रम बढेको छ ।यातायात व्यवसायी तथा ट्राफिक प्रहरी दुवैका अनुसार, चुनावका लागि ठूलो संख्यामा मतदाताहरु बाहिरिसकेका छन् भने वाहिरिनेक्रम जारी छ ।यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार निर्वाचनको समयमा उपत्यकाबाट मानिसहरू बाहिरिने क्रम विगतको निर्वाचनभन्दा उल्लेखनीय रूपमा बढेको छ ।होली पर्वसँगै चार–पाँच दिनको सार्वजनिक विदा पनि परेकाले यो संख्यामा थप वृद्धिको अपेक्षा गरिएको उनले बताए । बुधबार बिहान १२ बजेसम्म ९ लाख मानिस बाहिरिने महासंघको अनुमान छ ।उनले भने, ‘टिकटहरू धेरै नै

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 356 पटक पढिएको
  • साउदी तेल केन्द्र र बहराइन बन्दरगाहमा आक्रमण, क्षेत्रीय युद्धको जोखिम बढ्यो

    काठमाडौं— अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व सोमबार थप चर्किएको छ । राति केही समय शान्त देखिए पनि बिहान इरानले इजरायल र खाडी क्षेत्रका अन्य मुलुकहरूतर्फ नयाँ मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । रुस टुडे, प्रेस टिभी इरान तथा इजरायलको १२४ न्यूजलगायतका सञ्चारमाध्यमका अनुसार साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरमाको रस तनुरा रिफाइनिङ केन्द्रमा ड्रोन आक्रमण भएको दाबी गरिएको छ । रस तनुरा विश्वकै ठूलो तेल निर्यात केन्द्रमध्ये एक मानिन्छ, जसले अन्तर्राष्ट्रिय कच्चा तेल आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्छ ।रस तनुरा रिफाइनरीमा देखिएको सानो आगलागी नियन्त्रणमा आइसकेको जनाएको एएनआईले जनाएको छ । प्रारम्भि

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 476 पटक पढिएको
  • सिराहा ३ मा १२० ले रास्वपा रोजे

    सिराहा— सिराहा गोलबजार नगरपालिका–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण बढ्दै गएको छ ।वडा नम्बर २ मा विभिन्न राजनीतिक दल परित्याग गरी करिब १२० जना नेता तथा कार्यकर्ता रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका छन् ।नवप्रवेशीहरूलाई आयोजित एक कार्यक्रमका बिच पार्टीका स्थानीय नेतृत्वले स्वागत गरेका थिए । कार्यक्रममा वक्ताहरूले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको र पारदर्शिता, सुशासन तथा विकासको एजेन्डा बोकेको पार्टीप्रति जनविश्वास बढ्दै गएको बताएका छन् ।नवप्रवेश गर्नेले पूराना दलहरूमा रहेर अपेक्षित परिवर्तन नदेखिएको, जनताको समस्या समाधानमा प्रभावकारी पहल नभएको र नयाँ सोचसहि

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 425 पटक पढिएको
  • आज २०८२ साल फागुन १८ गते सोमबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन राम्रो छ। साथीको सहयोग मिल्नेछ। आम्दानीका स्रोत धेरै भएकाले पहिचान गर्नुपर्ने समय आएको छ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुने छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन सामान्य छ। सोचेका काम बन्नेछन्। खर्च गर्ने बानीले घाटा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा घाटा हुने भएकाले सचेत भएर अगाडि बढ्नुपर्नेछ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)  दिन राम्रो छ। आम्दानी हुनेछ। साथीभाइसँगको भेटले मनमा उत्साह थपिनेछ। परिवारको साथ र सहयोग प्राप्त हुन

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 411 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.