समाचार

    Showing 5,951-5,960 of 26,620 items.
  • इरानले इजरायलमाथि जवाफ, मिसाइल र ड्रोन वर्षा

    तेहरान । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका विभिन्न सैन्य अखडामा भीषण बमबारी गरेपछि इरानले पनि इजरायलमाथि प्रत्याक्रमण सुरु गरेको छ।इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले शत्रु र अपराधी शत्रुको आक्रामकताको जवाफ दिन इजरायली कब्जामा रहेका क्षेत्रहरू तर्फ मिसाइल र ड्रोनको पहिलो लहर प्रहार गरिएको पुष्टि गरेको छ। इरानले आफ्नो सार्वभौमसत्तामाथि भएको हमलाको बदला लिन यो कदम चालिएको बताएपछि मध्यपूर्वमा पूर्ण स्तरको महायुद्ध सुरु हुने जोखिम बढेको छ।यसैबिच इरानको राजधानी तेहरानसहितका प्रमुख सहरहरूमा पुनः शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्। इरानी समाचार एजेन्सी तास्निमका अनुसार ते

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • 351 पटक पढिएको
  • श्रीएयरलान्सकाे विमान भद्रपुर बिमानस्थलमा अवतरण क्रममा टायर पंचर

    भद्रपुर  ।  काठमाडौं बाट भद्रपुर आउदै गरेकाे श्रीएयरलान्सकाे विमान अवतरण गर्ने क्रममा  टायर पंचर भएको छ भने यात्रुहरु सकुशल रहेछ छन।चन्द्रगढी विमानस्थलमा श्री एयरलाइन्स को SHA 941 नम्बरको उडानकाे विमान अवतरणकाे क्रममा टायर फुटेको छ । काठमाडौँबाट भद्रपुर आउँदै गर्दा आज १२:३५ बजे अवतरणका क्रममा देब्रेपट्टिको एक टायर फुटेको हाे ।टायर फुटे पनि विमान धावनमार्गबाट सुरक्षित रूपमा पार्किङ क्षेत्रमा लगिएको र विमानमा सवार सबै ७८ जना यात्रु सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ।

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • 431 पटक पढिएको
  • इरानमाथि अमेरिकाले आक्रमण, प्रमुख स्थलमा बमको वर्षा

    एजेन्सी  ।  इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि ठूलो आक्रमण सुरु गरेका छन्। इजरायलले इरानी राष्ट्रपति भवनका साथै इरानी गुप्तचर निकायको मुख्यालयलाई पनि निशाना बनाएको छ।रिपोर्टहरूले धेरै महत्त्वपूर्ण इरानी सरकारी भवनहरूलाई निशाना बनाएको संकेत गरेको छ। रिपोर्टहरूका अनुसार, इरानका सर्वोच्च नेता अली खामेनी हाल तेहरानमा छैनन्। उनलाई सुरक्षित स्थानमा सारिएको छ।इजरायलले इरानमा धेरै क्षेप्यास्त्र प्रहार गरेको छ। आक्रमणपछि राजधानी तेहरानका धेरै स्थानहरूमा रहेका भवनहरूबाट धुवाँको मुस्लो निस्किरहेको देखिएको थियो। इजरायलले यो अपरेशनलाई “शीलड अफ जुडा” नाम दिएको छ।अमेरिकाले इरानमा अझै पनि आफ्

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • 373 पटक पढिएको
  • परिणाममुखी विकासको एजेन्डासहित ‘उज्यालो प्रतिबद्धता सभा’ गर्दै उज्यालो नेपाल पार्टी

    काठमाडौं –  आगामी निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले शनिबार दिउँसो १ बजे राजधानीको खुला मञ्चमा ‘उज्यालो प्रतिबद्धता सभा’ आयोजना गर्ने भएको छ ।शुक्रबार पत्रकार सम्मेलन मार्फत पार्टीका प्रचार–प्रसार समितिका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार श्रीराम गुरुङले कार्यक्रममार्फत देशलाई आश्वासनभन्दा परिणाममूखी विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गरिने बताए ।उनले मुलुक अहिले आर्थिक, सामाजिक र संरचनागत चुनौतीको चरणमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा देशलाई नयाँ ऊर्जा, स्पष्ट योजना र कार्यान्वयनयोग्य कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे ।‘देशलाई केवल भाषण होइन, वास्तविक

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 267 पटक पढिएको
  • किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ: बालेन

    चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले किसानले उत्पादनको उचित मूल्य नपाउँदा दूध पोख्न र तरकारी फाल्न बाध्य भएको बताएका छन् ।चितवनमा आयोजित ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सीमित बिचौलिया र नेताहरुको सिण्डिकेटका कारण बजारमा कृत्रिम अभाव र भ्रम सिर्जना हुने गरेको आरोप लगाए ।शाहले नेपालमै उत्पादन हुने सस्तो विद्युत् प्रयोग गरी सस्तो कोल्डस्टोर निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । सिजनमा सस्तो हुने तरकारी भण्डारण गरेर अभावको समयमा समान मूल्यमा बिक्री गर्न सके किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि सहुलियतमा सामान किन्न सक्ने उनको भनाइ थियो ।

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 553 पटक पढिएको
  • सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएका हुन्: सभापति लामिछाने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएको आरोप लगाएका छन् ।शुक्रबार चितवनमा आयोजित ‘हामी आयौं परिर्वतन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले आफूहरुलाई देश जलाउनेहरु भनेर आरोप लाग्ने गरेको बताउँदै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने र बालबालिकालाई गोली हान्नेहरुले नै देश जलाएको तर्क गरे ।उनले भने,‘देश जलाउने मान्छेहरु भनेर हामीलाई आरोप पनि लगाइने गरेको छ । म फेरी पनि स्पष्ट पार्न चाहन्छु । पहिला स्कुलको ड्रेसमा आएका कलिला विद्यार्थीको छाती र टाउकोमा ताकि–ताकि गोली हानियो त्यसपछि मात्र संरचना जलाइयो । संरचना जल्न

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 538 पटक पढिएको
  • ईन्जिनियर हत्या प्रकरण : स्थायी जागिरको लोभमा योजनाबद्व हत्या, तीन जना पक्राउ

    सर्लाही –  जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय सव–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको घटनामा नियुक्तिको अवसर हात पार्ने उद्देश्यले योजनाबद्ध हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।प्रहरीले वैकल्पिक उम्मेदवार गणेश कुमार महतोसहित तीन जनालाई पक्राउ गरी कर्तव्य ज्यान तथा हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।सिरहा सुखीपुर नगरपालिका– ९ बैशख घर भई हाल सर्लाही मलंगवा नगरपालिका –१० मा डेरा गरी बस्दै आएका यादवलाई गत फागुन ३ गते साँझ करिब ७ः५५ बजे फोन गरेर डेराबाट बाहिर बोलाइएको थियो ।प्रहरीका अनुसार उनी बाहिर निस्किएको केहीबेरमै गोली प्रहार भ

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 393 पटक पढिएको
  • नेप्सेमा बरुण हाइड्रोपावरको बोनस सेयर सूचीकृत

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा बरुण हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको पाँच लाख नौ हजार २४.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।कम्पनीले सेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको सेयर सूचीकृत भएको हो । अब उक्त शेयर आइतबारदेखि कारोबारमा आउनेछ ।

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 612 पटक पढिएको
  • ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन्  ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ्गा पुगेका उनले त्यहाँका जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृतलगायत सरोकार भएकाहरूलाई शान्तिसुरक्षाको व्यवस्था सुदृढ बनाइएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् । कानुन विपरीतका गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री अर्यालले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिए । समाजका सबै वर्गले धार्मिक एवं सामाजिक सद्भाव कायम गर्न आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने उनले बताए। कार्यवाहक

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 599 पटक पढिएको
  • चुनावमा कुनै पनि प्रकारका धाँधली स्वीकार्य हुँदैन अध्यक्ष ओली

    झापा— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।शुक्रबार झापाको दमकमा अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा ओलीले चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भिर नदेखिएको आरोप लगाउँदै कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।उनले प्रचार–प्रसार र निर्वाचनका क्रममा कुनै अनुचित क्रियाकपाल भए त्यसलाई रोक्नुपर्ने बताए । ओलीले असंवैधानिक तरिकाले नभइ लोकतान्त्रिक र संवैधानिक बाटोबाट देशको समस्याको समाधान होस् भन्ने एमालेले चाहेको धारणा राखे ।उनले मुलुकमा भइरहेको संसद भंग गरेर आगो लगाउने र अलोकतान्त्रीक बाटो

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 515 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.