सप्तरी – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस कम्युनिस्टले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण देशमा असहज अवस्था आएको बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३, हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले असहज अवस्थाको जिम्मेवार ती दुबै पार्टीको भएका बताए ।२०४६ सालको जनआन्दोलन पश्चात गठन भएका सरकारहरुमा कांग्रेस र कम्युनिस्ट जिम्मेवार रहेको बताउँदै उनले भने, ‘देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण पछिल्लो समय युवा पुस्ता आन्दोलित भएको र देश असहज अवस्थामा पुग्न बाध्य भएको हो ।’देशमा शिक्षा, स्वास्
सर्लाही – सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ ।शनिबार दिउँसो करिब १२ः०० बजेदेखि सुरु भएको गस्ती इलाका प्रहरी कार्यालय संग्रामपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक सुशिल रावलको कमाण्डमा ४ जना, बिओपि संग्रामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक प्रदीप पनेरुको कमाण्डमा ७ जना तथा भारतीय सशस्त्र सीमा बल (एसएसबि) ५१ बटालियनका इन्सपेक्टर राहुल सिंह ढाकाको कमाण्डमा ५ जना गरी संयुक्त टोलीको सहभागितामा सञ्चालन गरिएको थियो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार संयुक्त टोलीले नेपाल–भारत सीमामा पर्ने पिलर नं. ३१७÷३ देखि पिलर नं. ३१८÷२३
काठमाडौं – नेपालले क्रिकेट विश्वकप २०२६ मा सहभागिता जनाउने सन्दर्भमा उत्साह बढाउने उद्देश्यसहित आधिकारिक क्रिकेट गीत ‘नेपाली शाहस’ सार्वजनिक गरिएको छ । देशभक्ति, साहस र नेपाली क्रिकेटको संघर्षपूर्ण यात्रालाई संगीतमार्फत प्रस्तुत गरिएको यस गीतले नेपाली क्रिकेटप्रेमीहरूमा नयाँ जोस थप्ने अपेक्षा गरिएको छ ।गीतमा गायक अजय तामाङ र टेकेन्द्र नेपालीको स्वर रहेको छ । गीतका शब्द होम न्यौपानेले लेखेका हुन् भने संगीत स्वयं अजय तामाङले भरेका छन् । गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी मनोज परियारले सम्हालेका छन् ।भिडियोमा अजय तामाङ र टेकेन्द्र नेपालीसहित बाबुराम च
झापा – झापाको कमल गाउँपालिकामा बसोबास गर्दै आएका भूमिहीन परिवारहरूले आफ्ना दीर्घकालीन समस्या समाधानका लागि नेकपा (एमाले) र त्यसको नेतृत्वको विकल्प नरहेको बताएका छन् ।उनीहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै आगामी निर्वाचनमा पुनः विजयी भई आफूहरूलाई जग्गाको धनीपुर्जा दिलाइदिन आग्रह गरेका छन् ।कमल गाउँपालिकाका विभिन्न बस्तीमा आयोजित भेटघाटका क्रममा भूमिहीन परिवारहरूले भूमिसम्बन्धी समस्या समाधानमा एमाले नेतृत्वले देखाएको पहल स्मरण गर्दै निरन्तरता आवश्यक रहेको धारणा राखेका हुन् । स्थानीय भन्छन्,‘आयोग गठनदेखि नीतिगत निर्णयसम्मको स्पष्ट इच्छाशक्ति एमालेले मात्र
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद केही जिल्लामा तीव्र बन्दै गएको छ, जसको प्रत्यक्ष असर सिन्धुलीमा देखिन थालेको छ । सिन्धुलीमा पार्टीका हेभिवेट नेता हरिबोल गजुरेलको विद्रोहपछि नेकपाका उम्मेदवारका लागि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न चुनौतीपूर्ण हुने विश्लेषण भइरहेको छ । पार्टीभित्रको विवाद समाधान गर्न नसक्दा सिन्धुलीमा देखिएको विद्रोह र मतदातालाई सन्देश दिन पुगेका माधव नेपाल–प्रचण्डको पहल सफल हुन्छ वा हुँदैन भन्ने विषय अहिले चासोको केन्द्रमा छ । सिन्धुलीमा देखिएको नेकपाको विवाद राष्ट्रिय तहसम्मै ठूलो विषय बनेको छ । पटक–पटक मन्त्री भइसकेका नेता हरिबोल गज
दशरथचन्द। बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हँुदा चालकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–००१ज ०६२४ नम्बरको सो सवारी साधन सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक गए राति दुर्घटनामा परेको हो ।सो सवारी साधनका चालक दोगडाकेदार–५ का गम्भीर घाइते भएका मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिनुभयो ।सो सवारीसाधनमा चालकमात्र सवार रहेका थिए । दुर्घटनाग्रस्त सो गाडी सडकबाट २५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सर्लाही, माघ २५ । आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा ग्रामीण भेगका दलित बस्तीहरूमा सरगर्मी बढ्न थालेको हो । यहाँका चोकचौतारामा हुने दैनिक बहसमा चुनावी तालमेल, मतदाताका जोडघटाउ तथा उम्मेदवारको विजयको चर्चा हुने गरेका छन् ।उम्मेदवार र उनीहरूका समर्थक घरघरमा पुगेर आ आफ्ना पक्षमा मत माग्नेक्रम देखिएको छ । यहाँका गल्लीलाई पक्की सडकमा रूपान्तरण गर्नेदेखि, सुरक्षित खानेपानी, रोजगारी, छात्रवृत्ति, सामाजिक सुरक्षा भत्तालगायत सुविधा दिनेसम्मका योजना आफूसंग रहेको उम्मेदवारले मतदातालाई दिइराखेका छन् । चन्द्रनगर गाउँपालिका–६ कामतटोलका ६५ वर्षीय राजकुमार माझीले नेताका प्रतिवद्धता पूरा हुनेमा विश्वस
दोधारा चाँदनी। कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको घरमा हात्तीले आक्रमण गर्दा साउदकी छ वर्षीया छोरी रोजिना साउदको मृत्यु भएको छ । गए राति जङ्गली हात्तीले साउदको घरमा आक्रमण गरेको थियो । घरमा हात्तीको आक्रमण भएपछि भाग्ने क्रममा साउदकी ५५ वर्षीया आमा पार्वती साउद घाइते हुनुभएको छ ।घाइतेलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । प्रवक्ता शाहीका अनुसार घाइते छ वर्षीया रोजिनाको उपचारका क्रममा धनग
मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिमानासँग जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित थुर्लङफाँट र तल्लो मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित इन्द्र बक्स गणमा बुधबारदेखि निर्वाचन सुरक्षा बेस स्थापना भएको जनाएको छ ।सरकारले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल बनाउन देशभर सेना परिचालन गर्ने निर्णय भएअनुसार मुस्ताङमा पनि निर्वाचन सुरक्षा बेस स्थापना गरिएको जोमसोमस्थित इन्द्र बक्स गणले जनाएको
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ । प्राधिकरणमा कार्यरत कर्मचारीले प्राधिकरण कर्मचारी सेवा, शर्त, नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थाको पालना सबै कर्मचारीको दायित्व भएको स्मरण गराएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा तथ्य प्रमाणित नभएका काल्पनिक, समाज र कार्यालयको प्रतिष्ठामा आँच पुग्ने गरी सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक प्रभाव बढाउने खालका पोष्ट र प्रतिक्रिया एवम् कार्यालयका पत्रहरु समेत राख्ने प्रवृत्ति बढेकामा प्राधिकरणले आपत्ति जनाएको छ । प्राधिकरणका कार्यरत कर्मचारीमा त्यस
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.