समाचार

    Showing 6,541-6,550 of 21,515 items.
  • आज रविको निवेदनमा न्यायाधीश सागर विष्टको इजलासमा पेसी

    काठमाडौं— सहकारी ठगी मुद्दामा ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो रिहाइको माग गर्दै दिएको निवेदनमाथि आज (बुधबार) सुनुवाइ हुँदैछ । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश सागर विष्टको इजलासमा उक्त निवेदनको पेसी परेको छ ।आफ्नो भागको बिगो रकÞम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतले रिहा नगरेपछि उनले यही भदौ ९ गते उच्च अदालतमा निवेदन दिएकोमा आज पेसी चढेको हो ।यसअघि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 565 पटक पढिएको
  • पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० बाख्रा मरे

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् ।विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बुधबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिए । घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाएको थियो ।फार्ममा रहेका ८५ वटा बाख्रामध्ये २९ वटा भने सुरक्षित छन् । यस्तै, ६ वटा घाइते भएका छन् ।आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते भएका छन् । उनको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 497 पटक पढिएको
  • लम्पी संक्रमण नियन्त्रणमा कडाइ, चौपायामा व्यापक खोप कार्यक्रम

    चितवन— चितवन जिल्लाका छ हजार ६६६ चौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । सो ठाउँका पशुमा लम्पीस्किन भएपछि खोप अभियान सञ्चालन सुरु गरिएको थियो ।यही भदौ १ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिँदै पशु सेवा कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रले भरतपुर महानगरपालिकाका दुई हजार ७३३, रत्ननगर नगरपालिकाका एक हजार १९०, खैरहनी नगरपालिकाका एक हजार ६१४ पशुचौपायालाई खोप लगाइएको बताए। यसैगरी, कालिका नगरपालिकाका तीन सय ५५ र इच्छाकामना गाउँपालिकामा सात सय ७४ पशु चौपायालाई खोप लगाइएको छ । उक्त कार्यालयले अभियानअघि नै चालु आर्थिक वर्षमा १२ हजार १०० डोज खोप वितरण गरिसकेको जन

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 613 पटक पढिएको
  • सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

    जुम्ला— गएराति कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ । कालिकोटको कालेखोलामा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मतसम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरिएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । उनले मर्मतसम्भारको काम पूरा गर्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सम्बद्ध सबैलाई अनुरोध गरेका छन् ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 534 पटक पढिएको
  • रौतहटको सुटकेसमा मृतावस्था घटनाः रूवी साहका प्रमुख आरोपित फेला परे

    काठमाडौं— रौतहटमा सुटकेसमा मृतावस्थामा फेला परेकी  रुबी साहका प्रमुख आरोपित पक्राउ परेका छन्। घटनामा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवान पक्राउ परेका हुन्।पासवान घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए । ‘हामीले निगरानीमा राखेको थियौँ। उहाँ आफैँ घाइते अवस्थामा फेला पर्नुभयो।’ डीएसपी कार्कीले भने,‘आरोपितभन्दा पनि लगभग प्रमाणित भइसक्यो। घटना घटाएको स्वीकारेको छ।’ कार्कीका अनुसार रौतहट आरोपितलाई प्रहरीले जलेको अवस्थामा भेटिएका छन्।पासवानले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका हुन्। माधवनारायण नगरपालिका–६, माधोपुर

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 508 पटक पढिएको
  • एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

    काठमाडौं—  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ १३ गते दोस्रो विधान महाधिवेशन तयारीका लागि बोलाइएको बैंठक स्थगित भएको हो।प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने तालिका रहेको र एमालेको दोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ गतेसम्म हुने तालिका रहेको छ।पार्टीको महाधिवेशनमा २ हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी २ हजार ३९२ जनाको सहभागिता हुने एमालेले जानकारी दिएको छ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 559 पटक पढिएको
  • नाबालिका बलात्कार आरोपमा युवक पक्राउ

    झापा— १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका–१ स्थित होक्सेमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ जिल्ला सिदिङवा गाउँपालिका–३ बस्ने १९ वर्षीय जीवन कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।उक्त घटना गत असार १४ गते राति भएको प्रहरीले जनाएको छ । पीडित बालिकाकी कान्छी आमाले गत सोमबार दिएको जाहेरीको आधारमा कटुवाललाई पक्राउ गरिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 568 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा स्ववियु सभापतिसहित २ जनाको मृत्यु

    काठमाडौं— दोलखाको भीमेश्वर नगरपालिकामा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ चिलाउनेखर्कका २५ वर्षीय सुजन दाहाल रहेका छन् । भीमेश्वर नगरपालिका–६ रमिते डाँडास्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा ती युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीका अनुसार राति ९ बजे तिर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि च्छोरोल्पा अस्पताल चरिकोट लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूको शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृत

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 572 पटक पढिएको
  • सवारी दुर्घटनामा ज्यान गुमाउने भ्यान चालकको सनाखत, ४ जनाको उपचार हुदै

    काठमाडौं— गएराति झापाको कन्काईमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने भ्यान चालकको पहिचान खुलेको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने कन्काई नगरपालिका–८ बिरीङ पुल नजिक सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ३४४० नम्बरको मारुती भ्यान आपसमा ठोक्किँदा भ्यान चालकको मृत्यु भएको थियो भने एकै घरका चार जना घाइते भएका थिए। ज्यान गुमाउने भ्यान चालक झापाकै शिवसताक्षी नगरपालिका ७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटा भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। परिवारका सदस्यबाट सनाखत भएपछि प्रहरीले उनको शव पोष्टमार्टमको लागि अस्पतालमा राखेको छ। द

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 586 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधारणतया बदली रहने तथा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भागका केही स्थानका साथै  तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।राति कोशी, गण्डकी र लुम्

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 359 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा