समाचार

    Showing 6,631-6,640 of 26,620 items.
  • सिन्धुलीको दुधौलीमा मोटरसाइकल दुर्घटनाः उपचारका क्रममा चालक सुनुवारको मृत्यु

    रामेछाप— सिन्धुलीको दुधौली नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते चालकको उपचारका क्रममा मृत्यु भएको छ ।दुधौली नगरपालिका–१० स्थित खत्रीचोक नजिकैको भित्री सडकखण्डमा बुधबार बिहान दुर्घटनामा परी गम्भीर घाइते भएका चालक यज्ञबहादुर सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।प्रहरीका अनुसार थोत्रीबाट मदन भण्डारी राजमार्गतर्फ आउँदै गरेको मधेश प्रदेश ०१–००५ प ५४२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा करिब ३० वर्षका चालक सुनुवार गम्भीर घाइते भएका थिए । उनको निधार, मुख र अनुहारमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।दुर्घटनाको जानकारी बिहान कर

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 463 पटक पढिएको
  • अरिजित सिंहले अब चलचित्रमा गीत नगाउने

    काठमाडौं— चर्चित भारतीय गायक अरिजित सिंहले ‘प्लेब्याक सिंगिङ’ बाट सन्यास लिएको घोषणा गरेका छन् । उनले मंगलबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले अब फिल्मका लागि प्लेब्याक गायन नगर्ने बताएका हुन् ।नयाँ वर्षको शुभकामना दिँदै अरिजितले लेखेका छन्, ‘यो यात्रामा मलाई साथ, माया र समर्थन दिने सबैलाई धन्यवाद । म अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम लिने छैन । यो यात्रालाई यहीँ समाप्त गर्दैछु । यो एक सुन्दर अनुभव रह्यो ।’अरिजित सिंह भारतीय फिल्म उद्योगका सफल र चर्चित गायक हुन् । उनका नेपालमा पनि लाखौं फ्यान छन् । संगीतकार समेत रहेका उनले गीत संगीतमा अन्य काम गर्नेछन् वा छैनन् ? त्यो भने क

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 540 पटक पढिएको
  • गुठीका प्रमुख लामालाई पदबाट हटाएको भनी निर्वाचन आयोगमा उजुरी

    काठमाडौं— गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदबाट हटाएको भनी निर्वाचन आयोगमा उजुरी परेको छ ।संस्थानले निर्वाचन आचारसंहिताविपरीत काम गरेको भनी उजुरी दर्ता भएकाले आजदेखि यस विषयमा के भएको हो भनी आवश्यक छानबिन एवं सोधपुछ प्रक्रिया सुरु गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। आयोगले माघ ४ गते राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको थियो । आचारसंहिताको दफा ३ को (ज)मा सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई पनि आचारसंहिता लागू हुने उल्लेख छ ।संस्थानले माघ ९ गते श्री बौद्ध तथा मेलम्ची

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 437 पटक पढिएको
  • आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल छ हजार ८७० कायम भएको छ । आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 534 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    सिन्धुली। दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका–१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको नगर अस्पत्ताल सिर्थौली लाने क्रममा बाटोमा मृत्यु भएको हो । 

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 300 पटक पढिएको
  • केही विमानस्थल बन्द, बाँकी सबैमा नियमित उडानः बुद्ध एयर

    काठमाडौं— बुद्ध एयरले आफ्नो यात्रुहरूका लागि केही विमानस्थल अस्थायी रूपमा बन्द रहेको जानकारी गराएको छ ।बुद्ध एयरका अनुसार हाल तुम्लिंगटार एयरपोर्ट, राजविराज विमानस्थल, भरतपुर विमानस्थल, सुर्खेत विमानस्थल अस्थायी रूपमा बन्द भएका हुन् । यस बाहेक देशभरिका अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन्।एयरलाइन्सका अनुसार बन्द विमानस्थलमा मौसमी अवस्थाका कारणले उडान संचालन रोकिएको हो। मौसममा सुधार आएसँगै तुम्लिंगटार एयरपोर्ट, राजविराज विमानस्थल, भरतपुर विमानस्थल, सुर्खेत विमानस्थल संचालन हुनेछ ।यात्रुहरूले आफ्नो उडानको सुनिश्चितता गर्न बुद्ध एयर कार्यालय वा टिकेट काउन्टर मार्फत जानकारी लिन सुझाव दिइएको छ।एय

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 491 पटक पढिएको
  • महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

    काठमाडौं— महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार मुम्बईबाट बारामती जाँदै गरेको चार्टर्ड विमान बिहान करिब ८ः४५ बजे दुर्घटनाग्रस्त हुँदा चालकदलसहित विमानमा सवार पाँचै जनाको मृत्यु भएको हो ।मुम्बईबाट बारामती जाद्यै गरेको चार्टर्ड विमान बारामती विमानस्थलको रनवे थ्रेसहोल्ड नजिक क्र्यास–ल्याण्डिङ भएको बताइएको छ । दुर्घटनामा अजित पवारसँगै विमानमा एक पीएसओ, एक परिचारक तथा दुई जना चालकदल सदस्य सवार थिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।अजित पवार

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 552 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनः उम्मेदवार मतदाता रिझाउन घरदैलोमा

    खोटाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका १५ जना नेता चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १५ जना नेताहरू उम्मेदवारी दर्ता गरेर आफ्नो जित सुनिश्चितताका लागि मतदाता रिझाउने घरदैलो अभियान छन् ।विसं २०७९ को चुनावमा झै यस पटक पनि पुरानै तीन राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।अघिल्लो निर्वाचनमा नेपाली कांग्रेससँगको वाम–लोकतान्त्रिक गठबन्धनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई निर्वाचित हुनुभएको थियो ।एमालेले जिल्ला अध्यक्ष देवविक्रम राईलाई उम्मे

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 283 पटक पढिएको
  • बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला

    बाँके। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेबाट चार जना महिला उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्।बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्णा केसी (नमूना) तथा बाँके क्षेत्र नम्बर ३ बाट विद्या शर्मा, भूमि महत्तरा र भगवती शाहले उम्मेदवारी दिएका छन्।केसीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट, शर्माले आमजनता पार्टीबाट, महतरा नेपाल मजदुर किसान पार्टी र शाहले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।पुरुष मात्रै राजनीतिमा सक्रिय हुन सक्छन् भन्ने पितृसत्तात्मक सोचलाई चुनौती दिँदै उम्मेदवारको लामो सूचीमा यी चार महिलाको नाम केवल सङ्ख्या मात्र नभई यो परिवर्तनको एउटा बलियो साहस भएको अधिकारकर

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 276 पटक पढिएको
  • अनुमगनको क्रममा कैफियत फेला परेपछि एक फर्मलाई जरिवाना

    काठमाडौँ। नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५१ हजार जरिवाना गरेको छ ।अनुमगनको क्रममा कैफियत फेला परेपछि नागार्जुन नगरपालिका–४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई रु ५१ हजार जरिवाना गरेको छ ।विभागले काठमाडौँ, भक्तपुर, कीर्तिपुर, नागार्जुन, मध्यपुर ठिमीलगायतका स्थानका १२ वटा फर्ममा अनुमगन गरेको थियो । अनुमनका क्रममा ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । 

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 351 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.