समाचार

    Showing 6,641-6,650 of 26,621 items.
  • अनुमगनको क्रममा कैफियत फेला परेपछि एक फर्मलाई जरिवाना

    काठमाडौँ। नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५१ हजार जरिवाना गरेको छ ।अनुमगनको क्रममा कैफियत फेला परेपछि नागार्जुन नगरपालिका–४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई रु ५१ हजार जरिवाना गरेको छ ।विभागले काठमाडौँ, भक्तपुर, कीर्तिपुर, नागार्जुन, मध्यपुर ठिमीलगायतका स्थानका १२ वटा फर्ममा अनुमगन गरेको थियो । अनुमनका क्रममा ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । 

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 351 पटक पढिएको
  • बागबजार–वरवरमहल सडकमा बक्स कल्भर्ट निर्माण, वैकल्पिक मार्गको व्यवस्था

    काठमाडौं— काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ । यस योजनाको लागत ५७ लाख ७२ हजार ६९४ रुपैयाँ निर्धारण गरिएको छ भने प्रारम्भिक लागत अनुमान ७० लाख ७२ हजार १८२ रुपैयाँ थियो।यो कल्भर्ट सडकतर्फ ५ मिटर र पानी बहाव तर्फ १४ मिटरको हुनेछ । निर्माणको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ ।सार्वजनिक निर्माण विभागका सबइञ्जिनियर दीपकबहादुर शाहीले बर्खामा पानी बहाव रोकिँदा सम्भावित डुवान र कटानको जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्न लागेको बताए ।उनले भने, ‘अहिले त्यहाँ पानी निकासका ल

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 473 पटक पढिएको
  • निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अनुमगन अधिकृत तोकियो

    काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक बिषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ ।प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ । निर्वाचनलार्य स्वच्छ, निष्पक्ष पारदर्शी एवं व

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 264 पटक पढिएको
  • महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटना

    काठमाडौं— महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवार चढेको विमान दुर्घटनाग्रस्त भएको छ ।बुधबार बिहान मुम्बईबाट महाराष्ट्रको बारामती जाँदै गरेको उक्त चार्टर्ड विमान बिहान करिब ८ः४५ बजे दर्घटना भएको हो ।अजित पवार जिल्ला परिषद् (जिल्ला परिषद्) निर्वाचनका लागि आयोजना गरिएको एक सार्वजनिक सभामा सहभागी हुन बारामती जाँदै थिए । प्रारम्भीक जानकारी अनुसार विमान दुर्घटनामा परेपनि त्यसको कारण बारे जानकारी आएको छैन् । घटनापछि अजित पवारको अवस्थाबारे कुनै क्षति नभएको प्रारम्भिक संकेत मिले पनि यसबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ ।यसअघि अजित पवार मंगलब

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 510 पटक पढिएको
  • बाजुरामा पुनःबाक्लो हिमपात, जनजीवन कष्टकर

    बाजुरा— बाजुरामा पुनः हिमपात भएको छ । गत शुक्रबार पहिलोपटक हिउँदे वर्षासँगै हिमपात भएको थियो। पुनः मंगलबार रातीदेखि वर्षा र बाक्लो हिमपात भएको हो।लगातारको मौसम बदलीपछि वर्षासँगै यहाँका उच्च हिमाली तथा लेकाली भेगहरुमा मंगलबार रातिबाटै वर्षा र हिमपात भएको हो । पुनःवर्षासँगै हिमपात भएपछि यहाँका किसानहरु खुसी भएका छन् ।बाजुराका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भू–भागमा बर्षा र हिमपात जारी छ। बाक्लो हिउँ परेसँगै यहाँको जनजीवन निकै कष्टकर बनेको छ। हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा बालबालिका र दीर्घरोगीहरु बढी प्रभावित भएका छन् ।बाक्लो हिमपात भएपछि यहाँका बडीमालिका, पोरखेलेक, कालाजग्रा, बुढ

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 513 पटक पढिएको
  • बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ

    रौतहट— बाराको परवानीपुर गाउँपालिकामा आमा र छोराको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ।घरभित्र पसेर गरिएको धारिलो हतियारको आक्रमणमा ४६ वर्षीया सुमिन्त्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको मृत्यु भएको थियो।घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतक रामेश्वरकी श्रीमती २५ वर्षीया मनिता देवी मण्डललाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। उनका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएपछि मनितालाई नियन्त्रणमा लिइएको हो।प्रहरीका अनुसार आज बिहान करिब ३ बजेको समयमा अज्ञात व

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 450 पटक पढिएको
  • होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ २२ देखि सर्वसाधारणका लागि खुल्ने

    काठमाडौं— होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सोमध्ये ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, २ लाख कित्ता सामूहिक लगानी कोषका लागि तथा ८० हजार कित्ता शेयर कम्पनीका क

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 516 पटक पढिएको
  • मलङ्वामा दादुरा सङ्क्रमित क्षेत्रमा खोप अभियान सुरु

    सर्लाही— सर्लाहीको मलङ्वा नगरपालिकामा दादुरा सङ्क्रमण देखिएपछि प्रभावित क्षेत्र लक्षित गर्दै विशेष खोप अभियान सुरु गरिएको छ । हालसम्म ३ हजार ५४५ जना बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाइसकेका छन् ।मलङ्वा नगरपालिका – ३ मा २३ जना बालबालिकामा दादुरा पुष्टि भएपछि उक्त वडा सहित त्यससँग सिमाना जोडिएका वडा नम्बर २, ४, ८, ९ र १० मा खोप अभियान सञ्चालन गरिएको हो । छ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै अभियान अघि बढाइएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।स्वास्थ्य कार्यालयका अनुसार अभियानमार्फत ६ वटा वडाका करिब ८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । गत पुस २४ गते मलङ्

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 518 पटक पढिएको
  • रास्वपाका सभापति रवि लामिछाने अस्पताल भर्ना

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्।माघ ५ गते जनकपुरमा सम्पन्न एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा लागेको सामान्य चोट समयक्रममा बढ्दै छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएपछि अस्पताल भर्ना गरिएको हो।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार उक्त संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै राखी चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार आवश्यक ठहर गरिएको छ । हाल सभापति लामिछाने सोही अस्पतालमा उपचाररत छन्।चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनाल

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 463 पटक पढिएको
  • मनहरीमा एमाले सशक्त बन्दै, समाजवादीका प्रभावशाली नेताहरू पार्टी प्रवेश

    हेटौंडा— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै मकवानपुरको मनहरी गाउँपालिकामा राजनीतिक गतिविधि तीव्र बनेको छ। नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको विस्तारित बैठकका क्रममा नेकपा (एकीकृत समाजवादी) का पालिका उपाध्यक्षसहितका प्रभावशाली नेताहरू एमालेमा प्रवेश गरेका छन्।एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश कुमार बर्तौलाले नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका उपाध्यक्ष रामबहादुर दर्जी, अनेमसंघ समाजवादीकी अध्यक्ष बुद्धिमाया तामाङलगायत नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन्।पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपाध्यक्ष दर्जीले एमालेमा पुनः फर्किन पाउँदा आफ्नै घरमा फर्किएको

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 482 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.