समाचार

    Showing 6,681-6,690 of 26,621 items.
  • हिमपातपछि अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा

    मुगु— माघ १० गते राति परेको भारी हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्लाको भुलभुलेदेखि घुच्चिलेख, सात मोड हुँदै झाडनाउलासम्मको सडक खण्ड अवरुद्ध बनेको थियो।हिउँ जमेर सडक पूर्ण रूपमा बन्द भएपछि सवारी आवागमन ठप्प भएको थियो। सडक डिभिजन कार्यालय जुम्लाको पहलमा माघ ११ र १२ गते जेसीबी मेसिन प्रयोग गरी सडकमा जमेको हिउँ हटाइएपछि कर्णाली राजमार्ग उक्त खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ।सडक सुचारु भएसँगै जुम्ला–मुगु आवतजावत सहज बनेको छ भने यात्रु तथा स्थानीयवासीले राहत महसुस गरेका छन्। यसअघि हिमपातका कारण अलपत्र परेका सवारी साधनहरू समेत गन्तव्यतर्फ लागेका छन्।

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 463 पटक पढिएको
  • जनयुद्धमा होमिएका संगम २४ वर्षपछि प्रतिनिधिसभाको चुनावी मैदानमा

    मुगु— मुगुको खत्याड गाउँपालिका–९ निवासी ४७ वर्षीय रंगबीर परियार ‘संगम’ २४ वर्षपछि प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्।२०५८ साल माघ १० गते सशस्त्र जनयुद्धमा होमिएका संगम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन्।प्रेमको प्रतीक मानिने गुलाब चुनाव चिह्न लिएर उनी मतदातामाझ पुगेर आफ्ना भावी एजेन्डा प्रस्तुत गर्दै भोट मागिरहेका छन्। चुनावी प्रचारका क्रममा मतदाताले ‘मान्छे राम्रा हुनुहुन्छ, तर पार्टी कमजोर भयो’ भन्ने प्रतिक्रिया सुनाउने गरेको उनी बताउँछन्।मेडिकल पेसा त्यागेर कठिन परिस्थितिको

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 479 पटक पढिएको
  • निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस्ः महानिरीक्षक अर्याल

    काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै उहाँले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।  महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 280 पटक पढिएको
  • निर्वाचन आचारसंहिता कार्यान्वयनमा जोड

    महोत्तरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार आयोजना गरेको निर्वाचन आचारसंहिताको पूर्ण परिपालनासम्बन्धी सर्वपक्षीय छलफलमा सहभागीहरूले आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।दुवै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न कार्यक्रममा उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र सामाजिक सङ्घसंस्थाका अगुवाहरूले निर्वाचन आचारसंहिताको उल्लङ्घन भएमा सम्बद्ध पक्षले तत्काल कारबाही गर्नुपर्ने माग गरेक

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 223 पटक पढिएको
  • धनराज शाही भन्छन संविधान पुनर्लेखन र आत्मनिर्भर अर्थतन्त्र हाम्रो एजेन्डा हो ।

    काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) संसदीय प्रणालीको आलोचक दलका रूपमा परिचित छ । सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएको यो दल अहिले भने प्रतिनिधिसभा निर्वाचनको मैदानमा उत्रिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ बाट सो पार्टीका तर्फबाट धनराज शाही उम्मेदवार बनेका छन् ।शाहीले संसदीय चुनावमा सहभागितालाई वैचारिक विरोधाभास नभई संघर्षको नयाँ थलोका रूपमा व्याख्या गरे । उनका अनुसार पछिल्लो चरणको जनआन्दोलनले संसदीय प्रणालीलाई नै ‘भत्काइसकेको’ छ र अहिले संसद जनसंघर्ष र वैचारिक बहसको मञ्च बनेको छ । ‘त्यही कारण हामी चुन

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 487 पटक पढिएको
  • देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

    काठमाडौँ। देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन् । यस्तै, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर भने मध्यम जोखिममा छन् । प्राधिकरणले वन डढेलो पूर्वानुमान, निगरानी तथा चेतावनीलाई प्रभावकारी बनाउने, पूर्वतयारी र वन व्यवस्थापनका उपायलाई अवलम्बन गरी वन डढेलोको जोखिम कम गर्ने कार्ययोजना तय गरेको छ । सङ्घ, प्

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 244 पटक पढिएको
  • चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्नेगरी खाता खोल्ने व्यस्था गरिएको छ । प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 251 पटक पढिएको
  • ‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

    बेलबारी । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुुगीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनुभयो । निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उहाँले जानकारी दिनुभयो । प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठ

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 322 पटक पढिएको
  • निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    काठमाडौँ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो ।केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको थियो । ती मतपत्र मतदाता सचेतन

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 297 पटक पढिएको
  • अस्पतालबाटै किशोरीको शव हराएपछि गोलबजारमा चक्का जाम

    सिरहा— सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले क्षेत्र तनावग्रस्त बनेको छ ।घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो (माघ ११ गते) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरेका थिए ।रमेश बानियाँकी छोरी निशा बानियाँको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पतालमा राखिएको थियो। तर शव नै हराएको जानकारी पाएपछि दोषीमाथि कडा कारबाहीको माग गर्दै आफन्त र स्थानीय सडकमा उत्रिएका हुन्।गत शुक्रबार (माघ ९ गते) किशोरी आफ्नै घरमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 566 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.