समाचार

    Showing 6,811-6,820 of 26,622 items.
  • अर्घाखाँचीमा एउटै वडाका चार जना उम्मेदवार

    अर्घाखाँची। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीमा उम्मेदवारी दिएकामध्ये चार जना उम्मेदवार एउटै वडाका रहेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको मालारानी गाउँपालिका–५ बागीका चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पिताम्बर भुसाल, नेपाली कम्युनिष्ट पार्टीबाट रामबहादुर चौहान, स्वतन्त्र उम्मेदवारी दिनुभएका रवि शाह र हिमाल भुसाल मालारानी गाउँपालिका–५ बागी एउटै गाउँका हुनुहुन्छ । नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका विष्णुप्रसाद खनाल मुस्कान मालारानी गाउँपालिका–४ खनकाका बासिन्दा हुनुहुन्छ । मालारानी गाउँपालिकाका पाँच जना उम्मेदव

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 310 पटक पढिएको
  • स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

    बेलबारी। प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ । मतदातामा चुनावी उत्साह देखिन थालेको छ । स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस सुुरु भएको छ ।प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा छवटा निर्वाचन क्षेत्र रहेका छन्, जसमा एक सय १८ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नं १ मा १८ जना, क्षेत्र नं २ मा १७, क्षेत्र नं ३ मा २१, क्षेत्र नं ४ मा २१, क्षेत्र नं ५ मा २२ र क्षेत्र नं ६ मा २० जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगमा उम्मेदवारी दर्ता भएसँगै जिल्लाका छव

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 252 पटक पढिएको
  • नानू वाँस्तोला भन्छिन काठमाडौं ९ का मतदाताको भावना बुझेको छु, विश्वास जित्छु

    काठमाडौं— आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार नानू वाँस्तोलाले आफू सँधै जनतासँगै रहेकाले मतदाताले विश्वास गर्ने बताएकी छन् ।उनले सत्तामा भए या नभएपनि आफ्ना क्षेत्रका मतदाताहरुसँग सँधै सहकार्य गर्दै अघि बढिरहेकाले निर्वाचनबाट सुखद् परिणाम आउने दावी गरिन् ।‘म कहिल्यै पदका पछि लागिन । किनकी मेरो नाम समानुपातिकतर्फबाट पठाइएपनि म प्रत्यक्षतर्फ नै उभिए । म जनताबाट अनुमोदित हुन चाहन्छु । मेरो उम्मेदवारीप्रति मेरो क्षेत्रका मतदाता उत्साहित पनि छन् । जनताको जनजीविकासँग जोडिएर, समस्याको साझेदार रहेर काम गरेको छु । सत्तामा बसेर काम

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 503 पटक पढिएको
  • सुक्खाग्रस्त रामेछापः खानेपानीकै चिन्तामा स्थानीय

    रामेछाप— सुक्खाग्रस्त जिल्लाको रूपमा परिचित रामेछापका स्थानीयको मुख्य पिरलो अहिले पनि खानेपानी कै छ ।खानेपानीको अभावका कारण कतिपय गाउँहरू खालि भएका जिल्लामा अझै खानेपानीको पर्याप्त व्यवस्थापन हुन सकेको छैन । जसले गर्दा गाउँमा बस्ने मानिसहरूको अहिले पनि प्रमुख माग खानेपानी नै हुने गरेको छ ।वातावरणीय प्रभावका कारण गाउँका अधिकांश साना खानेपानीको मूलहरू सुकेका छन् । अहिले गाउँमा खानेपानीको एक मात्र विकल्प खोला र नदीको पानी लिफ्ट गर्ने वा टाढाका खोलाका मुहानबाट पानी ल्याउने भएको छ । सामान्य खर्चले नधान्ने यस्ता योजना सञ्चालनको लागि स्थानीयले निक्कै संघर्ष गर्नुपरेको छ ।रामेछाप नगरपालिका–३ साँघुटार

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 437 पटक पढिएको
  • प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धि होस्ः उपराष्ट्रपति

    काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमीका दिन उल्लासपूर्वक मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ, “नेपालको गणतन्त्रात्मक संविधानले बहुजाति, बहुभाषा, बहुसंस्कृति र विविध वेशभूषालाई संरक्षण गर्दै राष्ट्रिय एकतालाई बलियो बनाएको छ, वसन्त पञ्चमीले आपसी वैमनस्यता विसर्जन गरी सहकार्य, सद्भाव र ज्ञानमार्गमा अ

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 325 पटक पढिएको
  • ६ महिना पछि कर्णाली प्रदेश सभाको अधिवेशन आव्ह्रान

    सुर्खेत— बर्खे अधिवशेन सकिएको ६ महिनापछि प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने भएको छ ।कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले माघ १८ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ माघ १८ गते दिनको १ बजे कर्णाली प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।संवैधानिक प्रावधानअनुसार एउटा अधिवेशनबाट अर्को अधिवेशनसम्मको अवधि ६ महिनाभन्दा बढी हुन हुँदैन ।कर्णाली प्रदेशमा नियमावली २०७४ को परिच्छेद–२ को दफा ३ मा अधिवेशन आह्वान र अन्त्यको व्यवस्था गरि

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 479 पटक पढिएको
  • उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

    काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ ६ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा तोकिएको भन्दा बढीको जुलुस लिएर गएको पाइएकाले स्पष्टीकरण पेस गर्न भनिएको छ ।निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा १ को व्यवस्थाको प्रतिकूल हुनेगरी दलको झण्डा प्रयोग र आचारसंहितामा तोकेको भन्दा बढीको जुलुस लिएर गएको हो वा होइन भन्ने विषयमा स्पष्टीकरण पेस गर्न भनिएको छ । तोकिएको समयभित्रै आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनि

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 256 पटक पढिएको
  • निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

    काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।  यस्तै आजै दिनको १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली  प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्मक

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 250 पटक पढिएको
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।शर्माले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ ।आजको बैठकमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई लैजाने विषयमा छलफल हुने बताइएको छ ।थापा कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 466 पटक पढिएको
  • सर्लाहीका १ सय ५८ मतदानस्थल अतिसंवेदनशील

    सर्लाही— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाही जिल्लाका १५८ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रहेका मतदानस्थलको स्थलगत अनुगमनपछि यस्तो वर्गीकरण गरिएको हो ।जिल्ला प्रशासन कार्यालयका अनुसार सर्लाहीमा कुल ३१२ मतदानस्थल रहेका छन्। तीमध्ये १५८ अतिसंवेदनशील, १३१ संवेदनशील र बाँकी २३ मतदानस्थललाई सामान्य समूहमा वर्गीकरण गरिएको छ ।प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले सामाजिक, राजनीतिक, भौगोलिक अवस्था र सीमावर्ती क्षेत्रको जोखिम मूल्याङ्कनका आधारमा वर्गीकरण गरिएको जानकारी दिए।जोखिम स्तरअनुसार नै निर्वाचन सुरक्षा रणनीति

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 484 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.