सुर्खेत— कर्णालीमा १२ सिटका लागि १३८ जना चुनामी मैदानमा होमिएका छन् । ति मध्ये महिला उम्मेदवारको संख्या न्यून रहेको छ ।ठुला राजनितिक दलहरुले प्रत्यक्षमा महिला उम्मेदवार चुनावमा उठाएका छैनन् । कर्णालीका जम्मा १ सय ३८ उम्मेदवारमा १२ जना मात्र महिला उम्मेदवार रहेका छन् ।नेपाली कांग्रेसले दैलेख क्षेत्र नं. १ मा बासना थापालाई उम्मेदवार बनाए पनि दोस्रो ठुलो दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले महिला उम्मेद्वार बनाएका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले जुम्लामा विनिता कठायत र डोल्पामा देवसी ऐडीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यानमा अनिसा नेपालीलाई टिकट दिएको छ । कठा
काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर–४ बाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।मंगलबार निर्वाचन अधिकृत कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दिएका हुन्।नेकपा एमालेबाट राजन भट्टराई र कांग्रेसबाट सचिन तिमेल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाली कम्युनिष्ट पार्टीका इन्द्र कुमार भुसाल लगायतले मनोनयन दर्ता गराएका हुन् ।काठमाडौं ४ बाट २०७९ को चुनावमा सभापति गगन थापा निर्वाचित भएका थिए ।भिडियो सम्पादन बिनोद बोमले गरेका हुन ।
काठमाडौं— अर्घाखाँची जिल्लाको धार्मिक तथा पर्यटकीय पहिचान बोकेको मालारानी क्षेत्रको महिमा उजागर गर्ने नयाँ भजन “मालारानी” सार्वजनिक गरिएको छ। यस भजनले स्थानीय आस्था, संस्कृति र प्राकृतिक सौन्दर्यलाई संगीत र दृश्यको माध्यमबाट प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।लोकप्रिय गायक तथा सर्जक मोतिराज खनाल र गायिका सुनितामी परियारको सुमधुर स्वरमा सजिएको भजनमा शब्द र संगीत पनि मोतिराज खनालकै रहेको छ। संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् भने भजन सुमन खनालको परिकल्पनामा तयार भएको हो।मालारानी गाउँपालिकाको सहयोगमा निर्माण गरिएको यसको म्युजिक भिडियोमा चर्चित कलाकारहरू सुरबिर पण्डित, शर्मिला शर्मा र सुस्मित
काठमाडौं— चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिकरुपमा भूठानको अंगे्रजी नाम द वल्र्डस् ह्यापियष्ट म्यान नामबाट हालको लागि नर्थ अमेरिका क्षेत्रमा रिलिज गरेको हो ।विस्तारै चलचित्र संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेगरि काम भईरहेको अर्का निर्माता राजेन्द्र ठकुराठीले बताएका छन् ।गत वेशाखमा नेपालमा रिलिज भएको यस फिल्म भूठान उर्फ द वल्र्डस् ह्यापियाष्ट म्यानमा भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा छ ।वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्क
काठमाडौं— पूर्वमन्त्री राजकुमार गुप्ताले विशेष अदालतको भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश बदर गर्न सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन्। अदालतले निवेदनमा सुनुवाइका लागि पेसी तोकेको छ।पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा गुप्ताले कास्की मालपोत कार्यालयका अधिकारीको सरुवा रोकिदिने र भूमि आयोग सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई र पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको थियो।गुप्ताले अदालतमा आरोप असत्य भएको दाबी गरे पनि, अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकि
गण्डकी। प्रतिनिधिसभा सदस्यका लागि मङ्गलबार उम्मेदवारी दर्ता गरेसँगै कास्कीका राजनीतिक दल निर्वाचनमा होमिएका छन् ।जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा १८ राजनीतिक दलका उम्मेदवारसँगै छ जना स्वतन्त्र उम्मेदवार गरी ४९ जनाको उम्मेदवारी दर्ता भएको छ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वडाबाट चुनाव लक्षित भेटघाट तथा छलफल थालेको छ । एमालेले कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः बैनबहादुर अधिकारी क्षेत्री, रश्मी आचार्य र दामोदर बैरागाीलाई उम्मेदवार बनाएको छ ।नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्तासँगै चुनाव केन्द्रित छलफललाई सघन बनाएको छ । कांग्रेसले क्षेत्र नं १, २ र ३ मा क्रमशः तिलक रानाभाट, माधवप्रसाद बा
विराटनगर— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभरका अन्य स्थानको तुलनामा कोशी प्रदेशको राजनीतिक माहोल थप तातिएको छ । २८ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशमा ५०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारको संख्या घटबढ हुन सक्ने भए पनि प्रारम्भिक तथ्यांकअनुसार यति नै उम्मेदवारी दर्ता भएको हो ।विशेष गरी सहरी र राजनीतिक रूपमा संवेदनशील क्षेत्रहरूमा उम्मेदवारको चाप बढी देखिएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मात्रै ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।सुनसरीका चारै
कञ्चनपुर। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै चुनावी गतिविधि पनि बढ्न थालेका छन् ।मनोनयनपछि मुख्य राजनीतिक दलका उम्मेदवारहरू विकास, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र रोजगारीलाई केन्द्रमा राखेर मतदातामाझ पुग्न थालेका छन् ।नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले आ–आफ्ना राजनीतिक दृष्टिकोणसहित पूर्वाधार विकास, सुकुम्बासी समस्या समाधान, बेरोजगारी न्यूनीकरण र राष्ट्रिय हितका विषयलाई प्रमुख चुनावी विषय बनाएका छन् ।कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट प
सुर्खेत— कालिकोटमा चुनावी माहोल एकएक फेरिएको छ । तत्कालिन नेकपा माओवादी केन्द्रले आफ्नो किल्ला ठान्दै आएको कालिकोटमा यो पटक नेकपाकै जीवन बुढाले चुनौती दिएका छन् ।कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाहीकका लागि जीवन बुढाको उम्मेदवारी भारि हुने छ । लगातार चौथो पटक संसद छिर्ने सपना बोकेका शाहीको यो पटकको यात्रा रोकिन सक्ने अड्कलबाजी गरिदैछ ।नेकपाका केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहिले टिकट ल्याए पछि विवाद चुलिएको हो । शाहि र बुढा दुबै प्रचण्डका विश्वास पात्र मानिन्छन् । बुढा प्रचण्डको सचिवालय हुँदै राष्ट्रिय सभाका सदस्य भई सकेका हुन् भने शाहि २०७० सालदेखि निरन्तर प्रतिन
जनकपुर— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषाका चारवटै निर्वाचन क्षेत्रमा १ सय ५८ जनाले मनोयन दर्ता गराएका छन् ।प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको विवरणअनुसार धनुषा निर्वाचन क्षेत्र नम्बर धनुषा–१ मा ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, धनुषा–२ मा ३४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् भने ३ मा ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । धनुषा–४ मा भने ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।उम्मेदवारी दर्ता गराउनेहरुमा विभिन्न ठूला पार्टीका शिर्ष नेताहरुका साथै नयाँ उम्मेदवारहरुको संख्या पनि उत्तिकै देखिएको छ । क्षेत्र नं. ३ मा सबै भन्दा बढी प्रति
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.