समाचार

    Showing 8,321-8,330 of 26,644 items.
  • लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ

    विराटनगर । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित १ जनालाई पक्राउगरेको छ । मंसिर २३ गते दिउँसो चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका सिन्धुपाल्चोकका ३४ बर्षीय दावा लामा होल्मोलाई ५८ ग्राम १४ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर-१५ स्थितबाट पक्राउ गरेको हो । लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भई रहेको छ ।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 323 पटक पढिएको
  • काठमाडौं–४ बाट गगन थापाको नाम एकल सिफारिस

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आगामी प्रतिनिधिसभा काठमाडौं–४ बाट पनि उम्मेदवार सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले आउँदो फागुन २१ मा हुने निर्वाचनका लागि उनको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको कांग्रेसका एक नेताले जानकारी दिए ।काठमाडौं- ४ थापाकै निर्वाचन क्षेत्र हो । उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए ।थापा यसअघि यही निर्वाचन क्षेत्रबाट ३ पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् । यसअघि थापाको नाम सर्लाही–४ र धनकुटाबाट पनि उम्मेदवार बन्न सिफारिस गरिएको थियो ।थापालाई रोल्पाबाट पनि सिफारिस गरिएको लुम्बिनी प्रदेशक

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 489 पटक पढिएको
  • रुपन्देही–३ बाट बालकृष्ण खाँडसहित छ जनाको नाम सिफारिस

    काठमाडौं— नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित छ जनाको नाम सिफारिस गरेको छ।क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिएका छन्।यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको पनि उनले बताए।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 507 पटक पढिएको
  • सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च

    काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदी भने तोलामा १५० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । मंगलबार प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा ३ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 532 पटक पढिएको
  • आजदेखि देशभरका भन्सार कार्यालय ठप्प, आयात-निर्यात पूर्णरूपमा रोकियो

    काठमाडौं— देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् ।भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो । योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन् ।केही समयअघि संसदबाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई सच्याउन माग गर्दै आएका थिए । तर लामो समयसम्म लबिङ गर्दा पनि निर्णय सच्याउनेतिर कुनै ध्यान नदिएपछि भन्सार जाँचपास नै अवरुद्ध गर्नुपरेको भन्सार एजेन्ट महासंघले जनाएको छ । महासंघले भन्सार ऐनमा भएका अव्यवहारिक व्यवस्थाहरू, सर्भरमा देखिएको निरन्तरको समस्या, र पेशागत हकहितका विषयलाई लिएर च

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 564 पटक पढिएको
  • एनपीएलः एलिमिनेटरमा आज काठमाडौं र लुम्बिनी भिड्दै

    काठमाडौं— त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रंगशाला जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटरमा आज काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । आजको खेल अपराह्न ४ः०० बजे सुरु हुनेछ । काठमाडौं तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको  थियो ।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 553 पटक पढिएको
  • उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

    उदयपुर। चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा  एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । 

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 317 पटक पढिएको
  • पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

    जलेश्वर (महोत्तरी)। पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालयहुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रुख काटिने आदेश प्राप्त भएको हो ।  प्रमुख दासले यस आयोजनाअन्तर्गत पूर्वी खण्डले निर्माण कार्य गर्ने महोत्तरी, धनुषा र सर्लाही जिल्लामा जम्मा ११ हजार ५७७ रुख कटान गर्ने आदेश प्राप्त भएको बताउनुभयो । सोअन्तर्गत सर्लाहीमा तीन हज

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 340 पटक पढिएको
  • समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

    काठमाडौं— समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन्। आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो। सो समयभित्र एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ। यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिन्ह लिएका र एकल चुनाव चिन्ह लिएका राजनीतिक दल छन्। प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 495 पटक पढिएको
  • अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

    काठमाडौ— अष्ट्रेलियामा अब १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन्।प्रधानमन्त्री एन्टोनी अल्बानीजले यो कदमले बालबालिकालाई सुरक्षित र स्वस्थ वातावरणमा हुर्किन मद्दत गर्ने बताएका छन्। यो नियम बुधबारदेखि लागू हुँदैछ। सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई १६ वर्षमुनिका बालबालिकाले खाता खोल्न नदिने व्यवस्था गर्न भनेको छ।हाल फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स, युट्युब, किक र रेडिट जस्ता १० वटा सामाजिक सञ्जालमा यो नियम लागू हुनेछ। प्रधानमन्त्री अल्बानीजले "आजका बालबालिका मोबाइल र सामाजिक सञ्जालका धेरै प्रभावमा हुने भएकाले उनीहरूलाई केही

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 551 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.