समाचार

    Showing 8,391-8,400 of 26,651 items.
  • झोलुंगे पुलबाट खस्दा वृद्धाको ज्यान

    धनकुटा— धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको लेउती खोलाको झोलुंगे पुलबाट लडेर एक वृद्ध महिलाको मृत्यु भएको छ।आइतबार साँझ पुल पार गर्ने क्रममा अचानक चिप्लिएर तल खोलामा खस्दा साँगुरीगढी–६ की ७८ वर्षीया बिस माया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।घटना भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली खटिएको थियो। साथै, थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय धनकुटाबाट पनि टोली पुगेको धनकुटाका प्रहरी नायब उपरिक्षक राजन कार्कीले बताए।प्रारम्भिक अनुसन्धान सकेर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको र घटनाबारे थप अनुस

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 554 पटक पढिएको
  • उत्तरी गोरखाको रिपुम गुम्बामा आगलागी: तीन तले आवास जलेर नष्ट

    गोरखा— उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– २ ल्होस्थित रिपुम बौद्ध गुम्बामा भिषण आगलागी भएको छ । गएराति भएको आगलागीमा गुम्बामा रहेको ५० वटा कोठा त्यहाँ भित्र रहेका भाडाँकुडा लत्ताकपडा र सबै फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।उनका अनुसार आगोलागीबाट गुरुसहित ६० जना लामाहरु बस्ने तीन तले आवास भवन पूर्ण रुपमा जलेर नष्ट भएको र करोडौंको क्षति पुगेको अनुमान गरिएको उनले बताए।आगलागी कारण भने खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी चौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङबाट प्रहरी पुगिसकेकाले स्थानीय, जनप्रतिनिधि र प्रहरीको संयुक्त उ

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 512 पटक पढिएको
  • आधा घण्टामै ‘ओभर सब्सक्राइभ’ रिलायन्सको आईपीओ

    काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ निष्कासन भएको आधा घण्टा (साढे १० बजेसम्म) मै ‘ओभर सब्सक्राइभ’ भएको छ । कम्पनीले आज (सोमबार) देखि वैदेशिक रोजगारीमा गएकाहरूको लागि १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो ।कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत कित्ता सेयर निष्कासन गरेको छ । आईपीओ निष्कासन भएको एक घण्टामै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेको कम्पनीले जनाएको छ ।विभिन्न ३६ बैंकबाट १ हजार ९७० लगानीकर्ताले आवेदन दिएका छन् । वैदेशिक रोजगारीमा गएकाहरूको लागि मङ्सिर २५ (बिहीबार) सम्म आवेदन दिन सक्नेछन् ।

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 391 पटक पढिएको
  • मोरङ ३ बाट कांग्रेस उम्मेदवारमा सुनिल शर्माको नाम एकल सिफारिश

    काठमाडौं— नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ ले आसन्न निर्वाचनका लागि मेडिकल व्यवसायी डा.सुनिल शर्मालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिको शनिबार बसेको बैठकले शर्माको नाम एकल उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।पार्टीको केन्द्रीय सर्कुलर अनुसार प्रत्यक्षतर्फ एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि बैठकमा उपस्थित महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र अन्य आकांक्षीहरूले समेत शर्मालाई नै प्रस्ताव गरेपछि उनी एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको क्षेत्रीय समितिका सचिव राजेन्द्र अधिकारीले जानकारी दिए ।क्ष

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 523 पटक पढिएको
  • मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

    मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेंकमा हिउँ चितुवा सङ्ख्या एकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो ।बायोकोर्स नेपाल र एक्याप मिलेर यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका उच्चलेंकमा हिउँ चितुवाको सङ्ख्या एकीन गर्न, हिउँ चितुवाको आहारा प्रजातीको अवस्था र मानव र हिउँ चितुवा बीचको द्वन्द्वको अवस्था पहिल्याउन  र जलवायु परिवर्तनका कारण हिउँ चितुवाको बासस्थान र विद्यमान अवस्थ

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 331 पटक पढिएको
  • माग पूरा गर्न बीमा प्राधिकरणका कर्मचारीले दिए ७ दिने अल्टिमेटम

    काठमाडौं— आन्दोलन स्थगित गरेको एक महिना पनि नबित्दै बीमा प्राधिकरणका कर्मचारीहरूले फेरि अर्को अल्टिमेटम दिएका छन् । आफूहरूको माग पूरा नभएको भन्दै उनीहरूले सात दिनभित्र माग पूरा नभए फेरि आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।आइतबार नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष प्रेमहरि पोखरेल र नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवालीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यसअघि भएको सहमति कार्यान्वयनका लागि कुरेर बस्दा २१ दिनसम्म पनि माग पूरा गर्न कुनै पहल नभएकाले अबको सात दिनभित्र माग पूरा नभए मंसिर २८ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दुवै संगठनले दिएका छन् ।उनीहरूले सा

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 522 पटक पढिएको
  • बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर

    मोरङ— भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको छ भने ७० वर्षीय भक्तबहादुरराई गम्भीर बिरामी परेका छन् । बिरामी भक्तबहादुरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोस अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । घरमा उनकी पत्नी इन्द्रमाया राईसमेत बेहोस भेटिकी थिइन् ।बेहोस अवस्थामा रहेका दम्पत्तिलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्द

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 487 पटक पढिएको
  • नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    काठमाडौँ। सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो । निर्माण व्यवसायी र सम्बन्धित आयोजनाले सवारीसाधन निरन्तर आवतजावत हुँदा सडक निर्माणले गति लिन नसकेको बताएका थिए । ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई गति दिने लक्ष्यका साथ यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रुपमा सड

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 304 पटक पढिएको
  • ४ महिनाको शिशुको हत्या आरोपमा प्रहरी असई कार्की पक्राउ

    काठमाडौं— ४ महिनाको आफ्नै शिशुको हत्या आरोपमा फरार रहेका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन्। आइतबार दिउँसो सिनामंगलमा कोठा लिएर बस्दै आएका कार्कीले सुतेकै अवस्थामा छोराको घाँटी रेटेर हत्या गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखेको हो।जन्मेदेखी नै ब्रेन ट्युमरबाट पीडित रहेको शिशुको हत्या आरोप लागेपछि कार्की घटना स्थलबाट फरार भएका थिए। घटनाको क्रममा कार्कीले आफ्नो श्रीमती स्वयं पनि प्रहरी कर्मचारी हुन् । उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। पीडित श्रीमतीलाई आइतबार साँझ नै प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो।कार्कीलाई अहिले जिल्ला प्रहरी परिसर, भद्

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 573 पटक पढिएको
  • ग्रीसमा ४४ नेपाली युवालाई बन्धक बनाएर जबरजस्ती श्रम शोषण गरेको आरोपमा पाकिस्तानी गिरोह पक्राउ

    काठमाडौं— ग्रीसमा राम्रो तलब र कानुनी रूपमा सुन्तला खेतीमा काम गराउने प्रलोभनमा परेका ४४ नेपाली युवालाई गोदाममा कैद गरी जबरजस्ती श्रम गराएको आरोपमा पाकिस्तानी तस्कर समूहलाई प्रहरीले पक्राउ गरेको छ ।‘ड्यानी’ नामले चिनिने २६ वर्षीय पाकिस्तानी नागरिकले अनलाइनमार्फत नेपालीहरूलाई आकर्षक तलब, आवास र कानुनी कागजातको लोभ देखाएर लाकोनिया, स्काला पु¥याएका थिए । तर, उनीलगायतको समूहले भने ती नेपाली युवाहरूलाई कुनै सुविधा नदिई उल्टै बिनातलब बन्धक बनाएर काममा लगाएका थिए ।नियोचोरी पुगेपछि उनीहरूलाई गोदाममै थुनी बाहिर जान नदिने, ट्रक–कारमार्फत खेतमा लैजाने र तलब नदिई सुन्तला टिप्न बाध्य पार्ने गरिएको खुलेको छ

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 561 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.