समाचार

    Showing 9,781-9,790 of 26,662 items.
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे मिराकल पार्टी प्यालेस, सुकेधारामा बस्न लागेको हो । बैठकमा पार्टी पार्टी एकताको विषय, वर्तमान परिस्थिति दायित्व राजनीतिक समसायायिक विषयबस्तुको छलफल गरिने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । बैठक आगामी शुक्रबारसम्म बस्ने छ । 

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 655 पटक पढिएको
  • इजरायलद्वारा गाजामा फेरि भीषण आक्रमण, ३३ प्यालेस्टाइनीको मृत्यु

    काठमाडौं— इजरायलले मंगलबार राति गाजा क्षेत्रमा तीव्र हवाई आक्रमण गरेको छ। आक्रमण गाजा सहरका विभिन्न भागसँगै बेत ला र खान युनिस क्षेत्रमा समेत केन्द्रित भएको बताइएको छ। घर, विद्यालय र आवासीय भवनहरू समेत आक्रमणको लक्ष्य बनेका छन्।हमासका स्वास्थ्य अधिकारी र सिभिल डिफेन्स एजेन्सीका अनुसार आक्रमणमा परी कम्तीमा ३३ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ।इजरायली अधिकारीहरूले भने हमासले अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताका सर्तहरू उल्लंघन गरेको आरोप लगाएका छन्। रक्षामन्त्री इजरायल केट्जले हमासका लडाकुहरूले इजरायली सैनिकमाथि आक्रमण गर्नुका साथै बन्धकका शव फिर्ता गर्ने सहमतिलाई तोडेको दाबी गरेका छन्।त

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 520 पटक पढिएको
  • सोलुखुम्बुमा अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना

     सोलुखुम्बु— सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन्।हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। पाइलट भने सकुशल रहेको उनले बताए।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 537 पटक पढिएको
  • झापामा बस दुर्घटना, १ जनाको मृत्यु, २१ घाइते

    झापा । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक मङलबार राति यात्रीवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा २ ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 293 पटक पढिएको
  • एमालेका पूर्वसांसद भट्टचन ९८ करोड रुपैयाँ बढी ठगी आरोपमा पक्राउ

    काठमाण्डौ । प्रभु ग्रुपका अध्यक्ष तथा नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन्। आर्थिक हिनामिनाको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो।प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा भट्टचनविरुद्ध यसअघि नै उजुरी समेत परेको थियो। उनी सहकारी ठगी प्रकरणमा समेत मुछिएका थिए। भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा जाहेरी परेको थियो।सिआइबी स्रोतका अनुसार प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको मुद्दामा मंगलबार उनलाई काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएको हो । प्रभु रेमिटेन्स र प्रभु सहकारीका नाममा संकलि

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 313 पटक पढिएको
  • आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक

    काठमाण्डौ । मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि सरकार, राजनीतिक दल र जेनजी आन्दोलनबीच पहिलोपटक संयुक्त वार्ता प्रधानमन्त्री सुशीला कार्कीले आज अपराह्न ४ बजे बालुवाटारमा सर्वदलीय र जेनजी प्रतिनिधिहरूसँग संयुक्त छलफल आह्वान गरेकी हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेता र जेनजी आन्दोलनका प्रतिनिधिहरू सहभागी हुने छन् । यसअघि प्रधानमन्त्री कार्कीले दुवै पक्षसँग छुट्टाछुट्टै संवाद गरेकी थिइन्।सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राजनीतिक सहमतिको वातावरण बनाउन वार्ता प्रक्रिया तीव्र पारेको बताइएको छ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 287 पटक पढिएको
  • आज विघटनविरुद्धका रिटमा सुनुवाइ

    काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 449 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका केहि स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।राति देशभर आंशिक बदली बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पह

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 413 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६८ पैसा र बिक्रीदर १०१ र

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 399 पटक पढिएको
  • आज २०८२ साल कात्तिक १२ गते बुधबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछ

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 612 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.