रामेछाप । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्य दुधकोशी गाउँपालिका–६ भिरकुनामा बिहीबार साँझ वाग्मती प्रदेश ०१–०३१ च ५९२४ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा तीन महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।मृतकमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–३, छेस्कामकी १६ वर्षीया हबी राई, सोही स्थानकी २० वर्षीया शान्ति राई र नाम नखुलेकी अर्की एक महिला रहेको प्रहरीले जानकारी दिएको छ ।जिपमा ११ जना सवार थिए। तीमध्ये ६ जना घाइते र २ जना सकुशल रहेका छन् । घाइतेहरूमा चालक श्रीध्वज राई, गंगा रा
रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ तल्लोबारामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गउको छ । इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल बिपी राजमार्गमा पर्ने सो सडकको ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जनकपुरको धनुषाधाम नगरपालिका– ९ का ३० वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका होइदेनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ६ः३० बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको डिभा
काठमाडौं । पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ । पोखरा एभेन्जर्सले आगामी एनपिएल — सिजन २ का लागि रोसिङटनलाई अनुबन्ध गरेको हो । मंसिर १ देखि मंसिर २७ सम्म आयोजना हुने एनपिएलका लागि टोलीले आफ्नो शीर्ष–क्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको हो ।रोसिङटन नेपालमा पहिलो पटक प्रतियोगितात्मक रूपमा खेल्ने भएका छन् । रोसिङटनले घरेलु स्तरमा लामो जिवन बिताएका छन् । आफ्नो खेल जीवनको सुरुवात मिडलसेक्सबाट गरेका उनी पछि नर्थह्याम्पटनसायर र एसेक्समा सक्रिय भए । काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्
रौतहट । रौतहटको चन्द्र्पुरमा रहेको एक टायल तथा ब्लक उद्योगमा आगोलागी भएको छ । चन्द्रपुर नगरपालिका–४ मा रहेको घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रवार बिहान आगलागी भएको हो । उद्योगभित्र अचानक आगो र धुवाँको मुस्लो स्थानीयवासीले देखेपछि आगलागी भएको थाहा भएको प्रहरीले जानकारी दिएको । स्थानीयवासीका अनुसार बिहानै उद्योगभित्र अचानक आगो लागेको भएपनि के कारणले लागेको थाहा नभएको बताएका छन । आगलागी फैलिन नदिनका लागि स्थानीय बासिन्दा र उद्योगका कामदारहरू मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।अहिले घटनास्थलमा चन्द्र्पुर नगरपालिकाको दमकल सहितको टोली घटनास्थालमा पुगेको छ । आगलागीको का
काठमाडौं । आज विश्व विकास सूचना दिवस मनाइँदैछ । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना मनाउने निर्णय गरेसँगै त्यसयता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि विश्व विकास सूचना दिवस मनाइन्छ ।सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेषगरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरीबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिने उद्धेश्यले हरेक बर्ष यो दिवस मनाउने गरिएको छ ।
काठमाण्डौ । यस वर्षको तिहार पर्व सकिएको छ । बिहीबार भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।तिहार पर्व सकिएपछि छठ पर्वको चहलपहल शुरू भएको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । छठपर्व नजिकिँदै गर्दा तराइ मधेशका पोखरी तथा नदी किनारामा सिँगार्ने काम
काठमाण्डौ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।यमपञ्चक समेत भनिने तिहारको छैटौं एवं अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय
काठमाण्डौ । ललितपुरबाट एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् ।खोटाङ साकेला गाउँपालिका स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने २३ वर्षीय शिवकुमार बिक पक्राउ परेका हुन् । मापसे गरेर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले खानतलास गर्दा कम्बरमा भिरेको मनी व्यागमा ५००००४९१ नम्बरको चाइनिज पेस्तोल (म्याग्जिनसहित) फेला परेको ललितपुर प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले चार लाख ७८ हजार रुपैयाँ पनि बरामद गरेको छ ।
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।राती पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६३ रुपैयाँ २६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ १४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २० पैसा र बिक्रीद
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.