समाज

    Showing 10,341-10,350 of 11,092 items.
  • माडीका १६८ घर डुबानमा, उच्च सतर्कता अपनाउन आग्रह

    चितवन / चितवनको माडी नगरपालिकाका १६८ घर डुबानमा परेका छन् । जिल्ला आपतकालीन सञ्चालन केन्द्रका अनुसार लगातार परेको वर्षाका कारण माडी नगरपालिकाका –१, ३, ४, ६ र ७ का घरहरू डुबानमा परेका हुन ।उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । माडी नगरपालिका –१ मा रहेका १६० घरधुरीलाई पाँच पाण्डव मध्यवर्ती वनको भवनमा र वडा नं ३ बघौडाका ८ घरधुरीलाई सार्वजनिक स्थानमा राखिएको छ । अन्य स्थानकाहरूलाई स्थानान्तरणको काम भइरहेको केन्द्रले जनाएको छ । निरन्तरको वर्षाका कारण माडीका खोलामा पानीको सतह बढेसँगै माडी भरतपुर सवारी आवागमन रोकिएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रम

    • प्रकाशित मितिः असार २४, २०७८
    • 113 पटक पढिएको
  • संयुक्त विद्यार्थी संगठनले सिठ्ठी जुलूस गर्दै

    बिर्तामोड / संयुक्त विद्यार्थी संगठनले आज ७७ वटै जिल्लामा सिठ्ठी जुलूस गर्ने भएको छ। पेट्रोलियम पदार्थको मुल्यवृद्धि तथा भ्रष्टाचार विरुद्धमा संगठनले जुलुस गर्न लागेको हो ।विद्यार्थीले बिहिबार बिहान नेपाल आयल निगमको कार्यालय घेराउ गरेका थिए । अहिले दिउँसो ३ बजे माइतिघर मण्डला र ७७ वटै जिल्लामा सिठ्ठी जुलुस गर्ने संयुक्त विद्यार्थी संगठनले जनाएको छ ।नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौंका विद्यार्थीहरुले प्रतिगमन तथा भ्रष्टाचारको विरोधमा संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै आएका छन् । 

    • प्रकाशित मितिः असार २४, २०७८
    • 200 पटक पढिएको
  • ओखलढुङ्गामा लडेर एक महिलाको मृत्यु

    ओखलढुंगा / ओखलढुङ्गामा  लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खिजिदेम्बा गाउँपालिका –८ कास्मुकी पासाङ फुरी शेर्पा रहेकी छिन् । शेर्पा बुधबार राती साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा लडी घाईते भएकी थिइन् । शेर्पालाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । 

    • प्रकाशित मितिः असार २४, २०७८
    • 111 पटक पढिएको
  • पहिरोले ६ घर पुरिँदा एकको मृत्यु, एक बेपत्ता

    पाल्पा / पाल्पाको तिनाउ गाउँपालिका –५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । उक्त घटनामा सात जना घाइते छन् ।तिनाउ –५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको भनेर स्थानीयले सूचना दिएको प्रहरीले जनाएको छ ।स्थानीयले पहिरोमा नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोमा पुरिएको जनाएका छन् ।

    • प्रकाशित मितिः असार २४, २०७८
    • 116 पटक पढिएको
  • लायन्स क्लबको ९ कार्यक्रम

    विराटनगर  / लायन्स क्लब डिष्ट्रिक ५५ ए वान जोन ३६ ले एक हप्तामा विभिन्न ९ वटा सेवामूलक काम गरेको छ । डिष्ट्रिक गभर्नर रेवतबहादुर कार्कीले जुलाई १ तारिक देखि ७ तारिकलाई सर्भिस विक घोषणा गरेका थिए । सोही घोषणा अनुसार लायन्स क्लव डिष्ट्रिक ५५ ए वान जोन ३६ ले ७ वटा कार्यक्रम गर्नुपर्ने थियो । तर, सो अवधिमा आफूहरूले ९ वटा कार्यक्रम गरेको जोन चेयरपर्सन घनश्याम पोखरेलले जानकारी दिए । लायन्स क्लबले विराटनगरस्थित मानवसेवा आश्रमका ७७ जना वृद्धवृद्धालाई निःशुल्क सुगर जाँच, बालिका स्कुलमा २ सय वटा वृक्षारोपण, मानवसेवा आश्रममै २० हजार बराबरको मास्क र सेनिटाइजर वितरण तथा ४ लाख मूल्य बराबरको च

    • प्रकाशित मितिः असार २४, २०७८
    • 114 पटक पढिएको
  • हत्या गरेको आरोपमा एक पक्राउ

    सर्लाही / चक्कु प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ३५ वर्षीय कृष्णबहादुर स्यङ्बोको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय पाल दोर्जे स्याङ्तानलाई मंगलबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।पुरानो विवादका कारण दोर्जेले कृष्णबहादुरमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएका कृष्णबहादुरलाई उपचारकोलागि जनकपुर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।प्रहरी चौकी फुल्जोर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले स्याङ्तानलाई पक

    • प्रकाशित मितिः असार २३, २०७८
    • 165 पटक पढिएको
  • प्रहरी जवान २३ दिनदेखि बेपत्ता

    गोरखा  / उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।कञ्चनपुर जिल्लाको बेलकोट नगरपालिका –२ घर भएका प्रहरी जवान कुँवर घर बिदाबाट फर्किएर कार्यक्षेत्रमा सामागाउँ जान भनी हिँडेको भए पनि अहिलेसम्म कार्यक्षेत्रमा नपुगेको र सम्पर्कमा पनि नआएको उनले बताए । कुँवर धार्चे गाउँपालिकाको तातोपानी क्षेत्रसम्म पुगेको भन्ने सूचना प्राप्त भएको भए पनि त्यहाँबाट कहाँ गए भन्ने बारेमा खुल्न नसके

    • प्रकाशित मितिः असार २३, २०७८
    • 202 पटक पढिएको
  • ३० लाख मुल्यको मोबाइल बरामद

    जितपुर / सिमरा उपमहानगरपालिका - २१ को अमलेखगञ्ज सडकबाट ३० लाख बराबरको मोबाइल सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बारा कोल्वी नगरपालिका -४ बस्ने पदमबहादुर घिमिरेलाई सिमरा प्रहरीले पक्राउ गरेको हो ।प्रदेश २ - ०३०००१ च १४३ नम्बरको बोलेरोबाट भन्सार छलेर ल्याइएका विभिन्न कम्पनीका १५ सय २० थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ। मोबाइल र गाडीको आवश्यक कागजपत्र नभएकाले घिमिरेलाई भन्सार कार्यालयमा बुझाउने तयारी भएको सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 159 पटक पढिएको
  • म्याग्दीमा बाढीले घर बगाउँदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

    म्याग्दी / म्याग्दीको मालिका गाउँपालिका –६ रातोढुङ्गामा बाढीले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।बुधबार बिहान मङ्गला गाउँपालिका –५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गरेर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिकाका वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए । बजिनको शव भेटिएको र बिना बेपत्ता भएको वडाध्यक्ष सुवेदीले बताए । खहरेखोलाको बाढी पसेर मङ्गला गाउँपालिकातर्फ पनि एउटा घरमा क्षति पुगेको छ । रातोढुङ्गाको बस्ती, निर्माणाधीन ३२/११ केभी क्षमताको सबस्टेशन र सयौ

    • प्रकाशित मितिः असार २३, २०७८
    • 126 पटक पढिएको
  • हरिणको छाला सहित दुई पक्राउ

    बिर्तामोड / झापामा हरिणको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका -३ बस्ने  ४० वर्षीय लुखिराम हस्दा र २४ वर्षीय सुमन टुडु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।अभिमुक्तेश्वर सामुदायिक वन क्षेत्रबाट हरिणको सिकार गरी छाला तस्करी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुसंग अन्य ६ जना संलग्न रहेको र खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन्। पक्राउ परेका उनीहरुलाई डिभिजन वन कार्यालय झापामा बुझाउने तयारी भइरहेको थापाले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार २२, २०७८
    • 211 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.