समाज

    Showing 10,861-10,870 of 11,095 items.
  • झापामा लागुऔषध सहित ३ पक्राउ

    बिर्तामोड / झापाको भद्रपुर नगरपालिका –४ डाँगीबारीबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका –६ बस्ने ४० बर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका –१० बस्ने ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोबिन्द राजबंशी रहेका छन् । उनिहरुको साथबाट ब्राउन सुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजु सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

    • प्रकाशित मितिः चैत २०, २०७७
    • 143 पटक पढिएको
  • करेन्ट लागी १ को मृत्यु

    पाँचथर / पाँचथरको फिदिम नगरपालिका –१२ भोटेगाऊ बस्ने १९ बर्षीय राजु ढुंगानाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका ढुंगानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 120 पटक पढिएको
  • होटलमा काम लगाइदिने भन्दै जबर्जस्ती यौन व्यवसायमा लगाउने पक्राउ

    भक्तपुर / पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ झाङगाझोली घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराई, सिन्धुली ग्याङ्ले गाउँपालिका–३ तामाझोर घर भई हाल माकलबारी बस्ने १९ वर्षीया मसेली भन्ने सुहाना तामाङ, काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुङ्गेल, नुवाकोट सूर्यगढी नगरपालिका–४ घर भई हाल माकलबारी बस्ने ३१ वर्षीया मुना थापा मगर र काठमाडाँै कागेश्वरी मनहरा नगरपालिका–१ गाँगलफेदी बस्ने ४७ वर्षीय राजकुमार सुनार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । गरीब, मजदूर तथा आर्थिक अवस्था कमजोर भएका बाल

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 153 पटक पढिएको
  • जनगणना सफल बनाउन आह्वान

    खोटाङ / राष्ट्रिय जनगणना २०७८ को सन्दर्भ पारेर जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन जिल्ला जनगणना कार्यालयले बुधबार सचेतना गोष्ठी गरेको हो ।आसन्न राष्ट्रिय जनगणनालाई फलदायी बनाउन जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सङ्घ संस्थाका प्रमुख, पत्रकार लगायतलाई सहभागी गराएर सचेतनामूलक गोष्ठी सञ्चालन गरिएको जिल्ला जनगणना कार्यालयका जनगणना अधिकारी जीतबहादुर कोइराला ९जेबी०ले जानकारी दिएका छन् । “जनगणना के हो, यो किन गरिन्छ भन्नेदेखि जनगणनाबाट प्रा

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 108 पटक पढिएको
  • एकल महिला र सुत्केरीलाई ब्ल्याङ्केट र चामल वितरण

    काभ्रेपलाञ्चोक / जिल्लाको दुई स्थानीय तहका अति विपन्न एकल महिला तथा सुत्केरीलाई समावेशी कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत दुई थान ब्ल्याङ्केट र एक बोरा चामल, नून, तेल तथा लत्ताकपडा वितरण गरिएको छ । सिबिएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अति विपन्न ४०० एकल महिला तथा सुत्केरीलाई जनही दुई थान ब्ल्याङ्केट, सुत्केरी सामग्री र एक बोरा चामल तथा लत्ताकपडा वितरण गरेको हो । उनीहरूलाई अबको तीन महिनासम्म चामल वितरण गरिने रिमरेकको सबैका लागि समावेशी परियोजनाका प्रबन्धक राजन गौतमले बताए ।

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 99 पटक पढिएको
  • संसदीय समितिद्वारा विकास आयोजनाको अनुगमन

    म्याग्दी / गण्डकी प्रदेशसभा अन्तर्गतको अर्थ तथा विकास समितिले जिल्लामा सञ्चालित विकास आयोजनाको स्थलगत अनुगमन थालेको छ । समितिका सभापति दीपक कोइराला नेतृत्वको टोलीले प्रदेश सरकारले जिल्लामा सञ्चालन गरेका विकास आयोजनाको बुधबारदेखि अनुगमन शुरु गरेको हो । भौतिक पूर्वाधार, पर्यटन, उद्योग वन तथा वातावरण र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा सञ्चालित योजना तथा कार्यक्रम कार्यान्वयन र प्रभावकारिताको अवस्थाका विषयमा अध्ययन थालेको टोलीले जनाएको छ । टोलीमा सभापति कोइरालासहित प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठ, विनोद केसी र हरिशरण बस्नेतका साथै प्रदेशसभा सचिवालयका तीन कर्मचारी सहभागीता रहे

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 124 पटक पढिएको
  • मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने

    काठमाडौँ / उपत्यकासहित देशको पहाडी भू–भागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ ।  गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भू–भागका केही स्थानमा हिजो बेलुका हल्का वर्षा भएको जनाएको छ । तुवाँलो पूर्णरुपमा हटी मौसम सफा हुन् भने अझै केही समय लाग्ने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तुवाँलो पूर्णरुपमा हटी मौसम सुधार हुन् हावाको गति बढ्नुपर्छ । बुधबार काठमाडौँ उपत्यकामा ७ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो । पश्चिमी

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 108 पटक पढिएको
  • सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा

    डोटी / डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुल्पातेस्थित सामुदायिक वनमा बुधबार एकाएक डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा दिपायल सिलगढीको दमकलर कर्मचारीको सक्रियतामा डढेलो निभाउन सकिएको डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जानकारी दिए । यहाँका जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा शिखर नगरपा

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 104 पटक पढिएको
  • लालपुर्जा पाएपछि घरवासी दङ्ग

    महोत्तरी / कैयौँ वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका–१ का गरिब घरजग्गाको लालपुर्जा पाएपछि दङ्ग भएका छन् । पहिलेको धिरापुर गाविसमा पर्ने (हाल, मटिहानी–१) का सिरसिया र धिरापुरका घरवासी बुधबार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएर दङ्ग भएका हुन् ।“लाग्छ, जिन्दगीमा ठूलै कुरा पाएका छौँ”, बुधबार नापी कार्यालय महोत्तरी जलेश्वरले दिएको जग्गाधनी प्रमाणपुर्जा देखाउँदै मटिहानी–१ का ७० वर्षीय बिल्टु मण्डलले भने, “अब आफ्नै जग्गामा घर छ भन्नेमा ढुक्क भएका छौँ ।” नापी कार्यालय महोत्तरीले एक दशकअघि नापी गरिएको सिरसिया र धिरापुर बस्तीका गाउँब्लकभित्रका १६३ घरधुरी धनीला

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 151 पटक पढिएको
  • किशोरकिशोरीलाई पैरवीसम्बन्धी तालीम

    हुम्ला / हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा युवा तथा किशोर किशोरीलाई पैरवीसम्बन्धी चार दिने तालीम सञ्चालन भएको छ । वडा १ देखि ८ सम्म रहेको उक्त गाउँपालिकामा प्रत्येक वडाबाट छनोट गरेर मङ्गलबारदेखि पैरवीसम्बन्धी तालीम शुरु गरेको हो । जिल्लामा कार्यरत संस्था शिशुको आर्थिक सहयोग, मिसन इष्टको प्राविधिक सहयोग र किर्डाक नेपाल र महिला कल्याण सेवाको सहजीकरण तथा गाउँपालिकाको समन्वयमा तालीम सञ्चालन भएको छ । स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रम तालीम गोष्ठी गरिरहेका बेला जनचेतनाका लागि सबै वडालाई समेटेर शुक्रबार सम्पन्न हुने गरी तालीम सञ्चालन भएको किर्डाक नेपाल सर्केगाडका प

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 193 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.