समाज

    Showing 10,881-10,890 of 11,095 items.
  • जनगणनाका लागि छ गुणा बढी दरखास्त

    भरतपुर / आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा दरबन्दीभन्दा करिब छ गुणा बढी दरखास्त परेको छ । चितवनमा गणक र सुपरीवेक्षकका लागि छ हजार ७९३ जनाको दरखास्त परेको हो । चितवनका जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले चितवनमा २०३ सुपरीवेक्षक तथा ८९५ गणकको दरबन्दी सिर्जना गरिएको जानकारी दिएका छन् । चितवनका लागि आवश्यक दरबन्दीभन्दा अनलाइनमार्फत फारम भर्नेको सङ्ख्या करिब छ गुणा बढी हो । त्यस्तै दरखास्त दिनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर छ ।भण्डारीले चितवनमा जनगणनाका लागि तीन हजार ६१८ महिला, एक हजार ८६४ पुरुष तथा दुई जना अन्य लिङ्गीले अनलाइन फारम भरेको जानकारी दिएका छन् । जनगणना तयारीक

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 105 पटक पढिएको
  • प्रतिकूल मौसमका कारण सयौँ उडान प्रभावित

    काठमाडौँ / प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नु परेको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भए । आज पनि कतिपय गन्तव्यको उडान सञ्चालनमा कठिनाइ भएको विमानस्थलले जनाएको छ । विशेषगरी हेलिकोप्टर कम्पनीको व्यापार बढी प्रभावित भएको छ । तीन दिनका लागि बुकिङ भएका विभिन्न कम्पनीका दैनिक ७० जना यात्रु उडाउने उडान तालिका रहे पनि चार दिनसम्म उडान भएन । यो अवधिमा करीब ४० उडान रद्द भए । यस्तै, १२ भन्दा बढी उद्धार उडान रद्द

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 122 पटक पढिएको
  • मन्त्री आलेद्वारा दुःख व्यक्त

    काठमाडौँ / वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान निधन भएको हो । मन्त्री आलेले आजै उक्त अस्पतालमा पुगी मृतक अध्यक्ष रावलका आफन्तसँग भेट समेत गर्नुका साथै उनको शव कैलाली लैजानका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन् । लामो समयदेखि उच्च रक्तचापले ग्रसित रावललाई चार दिनअघि मात्रै ‘ब्रेन हेमब्रेज’ भएको थियो । उनलाई कोहलपुर मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याएको उनका घरपरिवार

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 156 पटक पढिएको
  • पशुजन्य उत्पादनमा अनुदान पाएपछि कृषकहरु उत्साहित

    पर्वत / पर्वतको महाशिला गाउँपलिकाले पशुपालन गर्न ईच्छुक कृषकहरुलाई अनुदान दिएपछि यहाँका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन् । युवालाई स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि यहाँका कृषक उत्साहित बनेका हुन् । गाउँपालिकाले दूधमा प्रतिलिटर रु १० र खसीबोका उत्पादनमा प्रतिकिलो रु २५ अनुदानको व्यवस्था गरेको छ । गाउँका कुनै पनि कृषकले उत्पादन गरेर निर्यात गर्ने दूध, मासुमा गत वर्षदेखि अनुदानमूलक कार्यक्रम शुरु गरिएको हो । निर्धारित मूल्यमा गाउँपालिकाले प्रोत्साहनस्वरुप अनुदान रकम थप गरेपछि यसतर्फ कृषकको आकर्षणसमेत बढ्दै गएको छ । पालिकाले अहिले स्थानीय महाशिल

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 123 पटक पढिएको
  • साहित्यकार श्रेष्ठको निधन

    काठमाडौँ / साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत थिए । उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति छन् ।

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 118 पटक पढिएको
  • नदीमामा डुबेर एकको मृत्यु

    बाँके / बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्य पौडी खेल्दा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । खनालका अनुसार राप्ती नदीमा पौडी खेल्नेक्रममा सोमवारदेखि बेपत्ता भएका वैश्यको आज बिहान शब फेला परेको हो । राप्ती नदीको मदुवा घाटमा बन्दै गरेको पुल नजिकै उनी डुबेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको टोलीले खोजीका क्रममा आज शब फेला पारेको हो ।शव परीक्षणको लागि नेपालगञ्

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 150 पटक पढिएको
  • पानी नपर्दा तरकारी किसान चिन्तित

    महोत्तरी / जिल्लाका तरकारी खेती गर्ने किसान खेतबारीमा बाली सुक्दै गएको देखेर चिन्तित भएका छन् । लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले  किसानमा  चिन्ता बढाएको हो ।“खेतबारीमा भाण्टा, परवल, घिरौँला, झिमनी, करेला, फर्सी र लौकासहितका तरकारीका बिरुवा  पानीबेगर सुकिरहेका छन्”, जिल्लाको भङ्गाहा नगरपालिका–४ का तरकारी किसान चन्देश्वर राय दनुवारले भने, “पानी पर्दैन, इनार धमाधम सुके...अब के गरौ..?” उनले भने, “बारीमा लहलह बढ्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि  घरगुजारा केले टार्ने होला...?” लामो खडेरीले तरकारी बाली बोटमै सुक्न थालेपछि

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 121 पटक पढिएको
  • मापसे जाँच गर्न प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

    डोटीमा / जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई  ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको छ । मादक पदार्थ सेवन गरे÷नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको जिल्ला स्वास्थ्य प्रमुख रमेश मलासीले बताएका छन् । जिल्लामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या बढ्दै गएको र सोही कारणले सवारी दुर्घटना बढ्न थालेपछि उनीहरुले कति मात्रामा मादक पदार्थ सेवन गरेको छ भन्ने विषयमा जानकारी लिन उक्त मेसिनले अब जाँच गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 112 पटक पढिएको
  • हात्तीको आक्रमणबाट १ को मृत्यु

    मोरङ / मोरङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ गाउपालिका –६ थामीझोडा बस्ने ५० बर्षीय याम बहादुर बोहोरा रहेका छन् । उनी रातको ११ बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जंगलबाट आएको हात्तीले कुल्चिँदा गम्भिर घाईते भएका बोहोराको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 128 पटक पढिएको
  • ट्रिपर दुर्घटनाबाट १ को मृत्यु, २ घाईते

    ताप्लेजुङ / ताप्लेजुङको पाथिभरा याङबरक गाउपालिका ४ स्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा भएको ट्रिपर दुर्घटनाबाट १ जनाको मृत्यु र २ जना घाईते भएका छन् । प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिपर बाटो मोड्ने क्रममा अनियन्त्रित भई  सडकबाट अन्दाजी २०–२५ मिटर तल खसि दुर्घटना हुँदा ट्रिपर चालक सिन्धुली कमलमाई –४ बस्ने २४ बर्षीय याम कुमार बिक, सहचालक लमजुङ दोर्दी ६ किर्ती गाँउ बस्ने १८ बर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथिभरा याङबरक २ थेचम्बु बस्ने २० बर्षीय मन्दिप लिम्बु घाईते भएका थिए । घाईते मध्ये कृष्ण बिकको उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा बाटौमा नै मृत्य

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 126 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.