समाज

    Showing 1,081-1,090 of 11,012 items.
  • १५ कठ्ठा जग्गा र पशुचौपाया बेच्दापनि पुगेन उपचार खर्च, श्रीमती बचाउन इनरदेवलाई ६० लाखको खाँचो

    रौतहट । आफ्नी अर्धाङ्गिनीको जीवन बचाउन आफूसँग भएको सर्वस्व गुमाइसकेपछि एक सर्वसाधारणले परोपकारी मनहरूसमक्ष आफ्नो आँसु र विवशता पोख्दै आर्थिक सहयोगको अपिल गरेका छन् ।रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी अनिश ले आफ्नी ३० वर्षीया बिरामी पत्नी पूजा देवीको थप उपचारका लागि हारगुहार गरेका हुन् । पूजा देवी विगत केही वर्षदेखि रगतसम्बन्धी अत्यन्तै दुर्लभ र जटिल रोग ‘आईटीपी’ इडियोप्याथिक थ्रोम्बोसाइटोपेनिक पर्पुरा सँग मृत्युको लडाइँ लडिरहेकी छिन् ।आफ्नो सिन्दूरको रक्षाका लागि ईनरदेवले नेपाल र भारतका अस्पतालहरू चहारिसकेका छन् ।वीरगञ्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेज, भरतपुर अस्पताल

    • प्रकाशित मितिः असार १४, २०८३
    • 238 पटक पढिएको
  • शिक्षाले ज्ञानसँगै विनम्रता र नैतिकताको विकास गर्न सघाउँछ: उपराष्ट्रपति

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यम मात्र नभई नम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने आधार भएको बताएका छन् ।आइतबार मदन भण्डारी मेमोरियल कलेजको २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोमा बोल्दै उनले २५ वर्षको यात्रा कुनै पनि शैक्षिक संस्थाका लागि समयको गणना मात्र नभई संकल्प, साधना र राष्ट्र निर्माणमा पु¥याएको योगदानको स्मरण र आत्मसमीक्षा गर्ने अवसर रहेको बताएका हुन् । उनले भने, ‘२५ वर्षको यात्रा कुनै पनि संस्थाका लागि केवल समयको गणना मात्र होइन । यो संकल्प, साधना र राष्ट्र निर्माणमा पुर्याएको योगदानको स्मरण र आत्मसमीक्षा गर्ने अवसर पनि हो

    • प्रकाशित मितिः असार १४, २०८३
    • 205 पटक पढिएको
  • शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन: अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले उक्त कर सार्वजनिक शिक्षा सुदृढीकरणका लागि समानतामूलक नीतिअन्तर्गत ल्याइएको दाबी गरे। शिक्षा र स्वास्थ्यमा लगाइएको करले भुइँमान्छे र गरिबलाई असर गर्ने भन्ने धारणा भ्रमपूर्ण रहेको उनको भनाई छ । उनले भने,‘शिक्षा र स्वास्थ्यमा लगाइएको करले भुइँमान्छे र गरिबलाई असर गर्छ भनेर कुरा उठाउनुभयो । बजेट आएको एक महिना भयो, यस विषयमा पर्याप्त छलफल गरेका छौँ।

    • प्रकाशित मितिः असार १४, २०८३
    • 202 पटक पढिएको
  • संयुक्त कक्षामा कोचिएर पढ्छन विद्यार्थी, शौच गर्न खेतबारीतिर दौडिन्छन्

    मुगु । मुगुको सोरुगाँउपालिका वडा नम्बर ६ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा कोठाको अभाव भएपछि विद्यार्थीहरु दैनिक पठनपाठन संयुक्त कक्षामा पढ्न वाध्य छन् ।संयुक्त कक्षामा कोठामा बसाइ गर्दा शिक्षकहरुले पढाएको बुझ्नै समस्या भएको विद्यार्थीहरुको गुनासो छ । २०३७ सालमा स्थापना भएको नेपाल राष्ट्रिय आधारभुत विद्यालय ४६ बर्ष वितिसक्दा पनि उस्तै समस्या झेलिरहेको हो । सोही विद्यालय पढेर धेरैले राम्रो सफलता पाएपनि स्थानीय अभिभावक, सरोकारवाला र सरकारी वेवास्ताका कारण पूर्वाधारको अभाव व्यहोरिरहेको हो । कक्षा ४ र ५ एकै कक्षा कोठामा बसेर पढ्नु परेको छ । आवाजले विद्यार्थीले पढाएको नै बुझ्दै

    • प्रकाशित मितिः असार १४, २०८३
    • 232 पटक पढिएको
  • शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने भएको छ। अस्पताल प्रशासनले सूचना जारी गर्दै आगामी २०८३ असार १५ गतेदेखि बीमा अन्तर्गतको ओपिडी सेवा मात्र पुनः सुरु हुन लागेको जानकारी दिएको हो। अस्पतालका अनुसार बीमा अन्तर्गतको ओपिडी टिकट वितरणका लागि निश्चित समय समेत तोकिएको छ। सेवाग्राहीले बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म र दिउँसो १ः०० बजेदेखि २ः३० बजेसम्म बीमा टिकट काउन्टरबाट टिकट लिन सकिने छ । 

    • प्रकाशित मितिः असार १४, २०८३
    • 191 पटक पढिएको
  • पिकअप गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

    मकवानपुर— मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ घाराखोल्सास्थित कुलेखानी-दक्षिणकाली सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ५५९९ नम्बरको खाली पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएका चालक थाहा नगरपालिका-९ चित्लाङ स्थायी घर भई हाल हेटौँडा उपमहानगरपालिका-१ चौकीटोल बस्दै आएका ४५ वर्षीय मुकुन्द झ्यारी मगरलाई उपचारका लागि पाटन अस्पताल, ललितपुर पठाइएको थियो।उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेक

    • प्रकाशित मितिः असार १४, २०८३
    • 417 पटक पढिएको
  • जेलभित्र कैदीबन्दीका लागि छुट्याइएको साढे १३ लाख रुपैयाँ गायब भएको आरोप, घटनाबारे छानबिनको माग

    काठमाडौं— जेलभित्र रहेका कैदीबन्दीका लागि छुट्याइएको करिब साढे १३ लाख रुपैयाँ हिनामिना भएको आरोप सार्वजनिक भएपछि घटनाले चर्चा पाएको छ।उक्त रकमको प्रयोग र व्यवस्थापनबारे प्रश्न उठेपछि सम्बन्धित निकायबाट छानबिन हुनुपर्ने माग समेत उठिरहेको छ। यस विषयमा विभिन्न दाबी सार्वजनिक भइरहेका छन्।यसैबीच, सामाजिक सञ्जालमा नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको भन्ने दाबी पनि फैलिएको छ। तर यस दाबीबारे सम्बन्धित प्रहरी निकायबाट आधिकारिक पुष्टि भएको छैन।घटनाबारे आधिकारिक विवरण र अनुसन्धानको निष्कर्ष सार्वजनिक हुन बाँकी रहेकाले अपुष्ट दाबीलाई तथ्यका रूपमा प्रस्तुत गर्नु उपयुक्त हुँदैन।

    • प्रकाशित मितिः असार १४, २०८३
    • 423 पटक पढिएको
  • साढे पाँच महिनापछि त्रिवि शिक्षण अस्पतालले पुनः बीमा कार्यक्रम सुरु गर्दै

    काठमाडौं— त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले घाटा खाएर सञ्चालन गर्न नसक्ने भन्दै बन्द गरेको बीमा कार्यक्रम सोमबारदेखि पुनः सुरु गर्ने भएको छ ।अस्पतालले सूचना जारी गर्दै १५ असारदेखि पुनः ओपीडी सेवा सुरु गर्ने जनाएको हो । बीमाको ओपीडी टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २:३० बजेसम्म उपलब्ध हुने अस्पतालले जनाएको छ ।लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगरेको भन्दै १ माघ २०८३ देखि बन्द गरेको बीमा कार्यक्रम साढे पाँच महिनापछि सुरु गर्न लागेको हो ।सरकारले करोडौँ रुपैयाँ भुक्तानी नगरेपछि अस्पतालको आर्थिक अवस्था धराशयी बनेको अस्पतालले बताएको थियो । तर, केही दिन

    • प्रकाशित मितिः असार १४, २०८३
    • 471 पटक पढिएको
  • पीएल सिंह मेमोरियल टी–२० कपको उपाधि काठमाडौँ महानगरलाई पोखरामाथि ८ विकेटको शानदार जित

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पीएल सिंह मेमोरियल टी–२० कप २०८३ को उपाधि जितेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा पोखरा महानगरलाई ८ विकेटले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको काठमाडौंले पोखरा महानगरलाई १२२ रनमै अलआउट ग¥यो । त्यसपछि १२३ रनको लक्ष्य पछ्याएको काठमाडौंका ओपनर रित गौतमले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ७१ रन बनाए । उनीलाई रिङ्जिन लामाले अविजित ५० रन बनाएर साथ दिएपछि काठमाडौंले लक्ष्य केवल १२।३ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै उपाधि आफ्नो नाम गर्यो । खेलको समापन समारोहमा काठमाडौं महानगरका

    • प्रकाशित मितिः असार १४, २०८३
    • 148 पटक पढिएको
  • अपराजित रहँदै अर्जेन्टिना नकआउटमा, जोर्डनविरुद्ध मेसीको अर्को गोल

    काठमाडौं— फिफा विश्वकप २०२६ को समूह चरणको आफ्नो अन्तिम खेलमा पनि अर्जेन्टिनाले सानदार जित दर्ता गरेको छ । आइतवार बिहान सम्पन्न खेलमा जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दै साविक विजेता अर्जेन्टिना समूहका तीनै खेल जितेर अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ।अर्जेन्टिनाको यस जितमा कप्तान लियोनल मेसीले आफ्नो प्रदर्शनलाई निरन्तरता दिँदै उत्कृष्ट गोल गरे ।खेलको सुरुवाती समयमा बेन्चमा रहेका मेसी ६० औँ मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए । उनले मैदान छिरेको २० मिनेटमै अर्थात् खेलको ८० औँ मिनेटमा फ्रिकिकमार्फत एक सानदार गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।यसअघिका दुई खेलमा ५ गोल गरिसकेका मेसीको

    • प्रकाशित मितिः असार १४, २०८३
    • 537 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.