काठमाडौं— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संसद भवनको अवलोकन गरेकी छन् । विहीबार दिउँसो उनले नयाँ वानेश्वरस्थित संसद भवनको अवलोकन गरेकी हुन् ।उनले संसद भवनभित्र र बाहिर, जलेका सवारी साधनहरु भएको स्थान सबै अवलोकन गरेकी छन् । अवलोकनमा भण्डारीसँगै निवर्तमान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसहित विभिन्न पदका कर्मचारीहरु सहभागि थिए ।
सिन्धुली— सिन्धुलीमा जुनार प्रवद्र्वन मेला २०८२ प्रारम्भ भएको छ । ‘गोलन्जोरको सान जुनार हाम्रो पहिचान ,गोलन्जोरको जुनार समृद्विको आधार’ भन्ने नाराका साथ प्रवद्र्वन मेला आयोजना भएको हो ।मौलिक फलको रुपमा परिचित गोलन्जोर गाउँपालिकामा अवस्थित जुनार बगैंचामा कृषि पर्यटन प्रवद्र्वन गर्ने तथा स्थानीय रुपमा उत्पादित जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।मंसिर २३ गते देखि २५ गतेसम्म बगैचा स्थलमै पहिलो पटक जुनार प्रवद्र्वन मेला २०८२ भव्यताका साथ आयोजना हुन गइरहको हो ।पूर्वाधार विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख लक्ष्मी प्रसाद सापकोटाले सिन्धुलीक
सर्लाही— गरिमा विकास बैंक मलंगवाका ऋणी नथुनी मुखिया बिनले बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रांगणमा पेट्रोल छर्केर आत्मदाह गर्न खोजेपछि प्रहरीको तत्काल हस्तक्षेपमा उनी उद्धार भएका छन्। चन्द्रनगर–६, कामदका मुखियाले बैंकले ठगी गर्दै आफ्नो सम्पूर्ण जग्गा–जमिन लिलामीमा पारेपछि बाध्य भएर यस्तो कदम खोलेको दाबी गरेका छन्।मुखियाले बैंकले जबर्जस्ती आफ्नो सम्पत्ति लिलामी गरेको र न्यायका लागि पटक–पटक सम्बन्धित निकायमा धाए पनि सुनुवाइ नभएको आरोप लगाए। उनले बैंकसँग मिलेमतो गरी प्रहरी र प्रशासनले पनि आफूलाई सहयोग नगरेको दाबी गरेका छन्। आत्मदाह प्रयासपछि प्रहरी कार्यालय परिसर केही समय तनाबपूर्ण बनेको
विराटनगर— कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण गरेसँगै मेडिकलतर्फको बिएससी नर्सिङ्गको कक्षा सञ्चालन हुने भएको छ ।नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार बिएससी नर्सिङ्ग विषयको पाठ्यक्रम तयार गरिसकेकाले कोशी प्रदेश सरकारको प्रतिबद्धताअनुसार यथाशीघ्र धनकुटा जिल्ला अस्पतालमा मनमोहनले अगामी शैक्षिकसत्रदेखि उक्त कक्षा सञ्चालन गराउने तयारी गरेको हो ।विश्वविद्यालयका उपकुलपति डा.सुवासश्री पोखरेलले प्रदेश सरकारले गत जेठमा निर्णय गरेर धनकुटा शिक्षण अस्पतालका लागि मनमोहनलाई हस्तान्तरण गर्न प्रक्रिया थालिसककाले सम्झौता गरेर टुङ्गो लागेपछि बिए
मोरङ— मोरङको रंगेली नगरपालिका–८ स्थित खेतबाट अवैध लागूऔषध गाँजा ९ सय २१ किलो ६ सय ६० ग्राम बुधबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले खेतमा परालले छोपी लुकाई छिपाई राखिएको २९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।मकवानपुरको भीमफेदी गाउँपालिका–३ पान्द्राङबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.१७ च ४२ नम्बरको बोलेरो पिकअप गाडीको पछाडि ढालामा १७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार गाडी चा
सर्लाही— विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित कौडेना गाउँपालिका-५ छपकैया बस्ने ३० वर्षीय फिरोज खानलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं— सहकारी ठगी मुद्धामा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको पेशी आज पनि स्थगित भएको छ ।न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा आज हेर्न नमिल्नेमा राखिएको हो । न्यायाधीश सागर विष्टको आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारणले स्थगित गरिएको बताइएको छ ।बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गते पछि निरन्तर सरिरहेको छ ।
काठमाडौं— बौद्धस्थित हायात रिजेन्सी होटेल र कर्मचारी प्रतिनिधि बीच होटेल पुनर्निर्माण अवधि पूरा नहुँदासम्म श्रमिकलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ।२४ भदौमा जेन जेड आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट भएपछि होटेल सञ्चालन बन्द छ। ठूलो भौतिक क्षति भएकाले पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने अनुमान गरिएको छ। सोही कारण होटेल व्यवस्थापन र कर्मचारी पक्षबीच वार्ता गरेर नयाँ व्यवस्था तय गरिएको हो।होटेल व्यवस्थापनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका क्रममा भएको क्षतिले होटेल पूर्ण रूपमा मर्मत–सम्भार नगरी सञ्चालनयोग्य छैन।”सहमतिअनुसार एक वर्षसम्म स
काठमाडौं— नयाँ बसपार्क क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले विशेष निगरानी बढाएसँगै यात्रुलाई झोला तानेर दुःख हैरानी पुर्याउने ४६ जना पक्राउ परेका छन्।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले गोँगबुस्थित बसपार्क क्षेत्रमा पटक–पटक यात्रुहरूलाई लक्षित गरी झोला तान्ने, जोरजबरजस्ती गर्ने तथा शंकास्पद गतिविधि गर्दै हिँड्ने व्यक्तिहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो।पक्राउ परेकामध्ये ट्याक्सी चालक, होटल सञ्चालक तथा होटलका कर्मचारी समेतलाई रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । राजधानी भित्रिएका
काठमाडौं— आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।मंसिर २५ गते मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।कम्पनीको प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.