समाज

    Showing 10,921-10,930 of 11,095 items.
  • छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ४ पक्राउ

    बिराटनगर / झापा,मोरङ र उदयपुरको तिन छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा मेचिनगर–६ का २० बर्षीय विवेक नेम्वाङ रहेका छन् । उनलाई पानीटंकीबाट नेपाल आउने क्रममा मेची पुलबाट १ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको  ईलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ ।यसै गरी मोरङ केराबारी–१० का २९ बर्षीय रण बहादुर राई १० के.जी. गाँजा सहित पक्राउ परेका छन । को १९ प ९४२ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनलाई चेकजाँचका क्रममा गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यसैगरी उदयपुर कटारी–१ बेलसोतब

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 106 पटक पढिएको
  • अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

    बिर्तामोड / पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् । विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् । आमाले साथ छाडेपछि उनले बुवाको माया पाउन सकिनन् ।अहिले मामाघरमा बसेर विद्यालयमा जाने गरेकी छन् । आशाजस्तै सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत आस्था परियारको समस्या पनि उस्तै छ । आमा र बुवाले दोस्रो विवाह गर्दा उनी पनि अर्की आमाको निशानामा परिन् । अर्काक

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 103 पटक पढिएको
  • प्रहरीको गोली लागेर दुई घाइतेते

    कैलाली / बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा  प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् ।प्रहरीमाथि हातपात गर्न खोजेपछि  केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन् ।   उनका अनुसार गोलीका् प्रहारबाट घाइते  भएकालाई उपचारका लागि कोहोलपुर पठाइएको छ । आज बिहान पूर्वपश्चिम लोकमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना६ ८८३३ नंको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।सोही विषयलाई लिएर आन्दोलित भएक

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 106 पटक पढिएको
  • भारतबाट लुकाएर ल्याएको मदिरा बरामद

    बिर्तामोड/ झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा भारतबाट  अबैध रुपमा ल्याएको मदिरा  प्रहरीले बरामद गरेको छ ।ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा लिई चेकजाँच गर्दा सिटमुनी लुकाएर  ल्याएको भारतिय मदिरा SIKKIM GOLDEN नामक ८४ बोतल र फायरबल ११ बोतल फेलापारी बरामद गरेको हो । बरामद गरिएको मदिर, भेन र भेन चालक ईलाम सुर्योद्धय–२ का २८ बर्षीय प्रकाश खड्कालाई श्री आन्तरिक राजश्‍व कार्यालय चन्द्रगढी झापामा बुझाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 121 पटक पढिएको
  • आज चट्याङसहित वर्षाको सम्भावना

    बिर्तामोड / देशभर आज स्थानीय वायु र पश्चिमी वायुको प्रभाव परेकाले मौसममा परिवर्तन रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको र बाँकी भूभागमा आंशिक बदली भइरहेको महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विवराण अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाँकी प्रदेशका पहाडी भू–भागहरुका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 108 पटक पढिएको
  • मोेटरसाइकल चोरीको बिगबिगी

    महोत्तरी / महोत्तरीको उत्तरवर्ती नगर बर्दिवासमा मोटरसाइकल चोरीको बिगबिगी बढेको छ ।  सोमबार दिउँसै बर्दिवास–६ का प्रेमबहादुर खत्रीको ज९प ४३७९ नंको मोटरसाइकल बर्दिवास–१ पूर्वचोकस्थित आइएमई कार्यालय अगाडिबाट चोरी भएको थियो । चैत महिनामा मात्रै १० भन्दा बढी मोटरसाइकल चोरी भएका छन् ।“मोटरसाइकल अगाडि राखेर काम विशेषले आइएमई कार्यालय छिरेँ, पाँच मिनटमै फर्कँदा मोटरसाइकल चोरी भइसकेको थियो”, मोटरसाइकल धनी खत्रीले भन्छन् । दैनिकजसो मोटरसाइकल चोरीका वारदातबारे जानकारी आइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।चैत लाग्दै बर्दिवास–७ का वडाध्यक्ष फाल्गुण सुसलिङले प्रयोग गर्दै आएका बर्दिवास नगर

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 108 पटक पढिएको
  • बेनी–जोमसोम सडक चार दिन बन्द हुँदै

     म्याग्दी / म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक २०७७ चैत १४ देखि १७ गतेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले सोमबार एक सूचना जारी गरेर सडक स्तरोन्नति र निर्माणका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बेनी–जोमसोम सडकमा चार दिन सवारी साधन आवतजावत रोकिने जानकारी गराएका हुन् ।म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर सडक स्तरोन्नति र मुस्ताङको थासा

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 106 पटक पढिएको
  • मोबाइल पड्किँदा किशोरीको मृत्यु

    डोटी / चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा  मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 109 पटक पढिएको
  • चौध वर्षीय बालक १० दिनदेखि बेपत्ता

    हुम्ला / हुम्लाको खार्पुनाथ गाउँपालिका–१ गोप्कागाउँका एक बालक १० दिनदेखि बेपत्ता भएका छन् । यही चैत १ गतेदेखि १४ वर्षीय राजु विक सुर्खेतको रङ्गशालाबाट बेपत्ता भएका छन् ।केही दिन अगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि सम्पर्कमा नआएको उनका दाजु राजेन्द्र विकले बताएका छन् । सुर्खेतमा प्रत्येक महिनाको १ र १५ गते लाग्ने मेला हेर्न १ गते सुर्खेत रङ्गशाला पुगेका विक त्यस दिनदेखि घर फिर्ता नभएको उनका दाजुले गुनासो गरेका छन् । दश दिनसम्म खोजी गरेको भए पनि कोही कसैको सम्पर्कमा नआएको उनले बताए । चैत १ गतेदेखि हराएका भाइको खोजी गरिदिनका लागि प्रहरी कार्यालय सुर्खेतमा शनिबार

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 99 पटक पढिएको
  • स्कूल बस दुर्घटनामा एकको मृत्यु, करिब दुई दर्जन घाइते

    दाङ / दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नं को बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा  तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिएका छन् ।दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर उपमहानगरपालिका–

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 138 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.