समाज

    Showing 10,931-10,940 of 11,095 items.
  • राष्ट्रिय धर्मसभामा नयाँ नेतृत्व चयन

    काठमाडौँ / राष्ट्रिय धर्मसभा नेपालको चौथो केन्द्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा प्रा डा. माधव भट्टराई र उपाध्यक्षमा ज्यो पं सूर्यप्रसाद ढुङ्गेल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी महासचिवमा डा पवित्रबहादुर खड्का निर्वाचित हुनुभएको धर्मसभाले छ । धर्मसभाका  सचिवद्वयमा डा पुरुषोत्तम भट्टराई र पं लेखनाथ न्यौपाने तथा कोषाध्यक्ष्माा देवीप्रसाद पाठक चयन भएका छन् । यसैगरी केन्द्रीय सदस्यमा पूर्वराज्यमन्त्री कान्ता भट्टराई, प्रा वासुदेव आचार्य, लोकराज पौडेल, पं कृष्णप्रसाद खनाल, सहप्रा डा. माधवप्रसाद पाण्डेय, पुष्पराज पुरुष, भरत शर्मा, आचार्य शिवशङ्कर न्यौपाने, पं डि

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 104 पटक पढिएको
  • सिलिण्डर पड्केर छ घाइते

    भक्तपुर / सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित छ जना घाइते भएका छन् ।महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा खाजा बनाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो । आगलागीबाट घाइते भएका पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, काठमाडाँै कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्कीलाई उपचारका लागि सल्लाघारीस्थित डा। ईवामुरा मेमोरियल अस्पतालमा प्रथम चरणको उपचार गरी थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर अस्पताल पठाइएको ग

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 114 पटक पढिएको
  • हिरासत कक्षमा पुस्तकालय

    बनेपा / विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पु¥याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरेको छ । ‘आचरण व्यवहारमा परिवर्तनका लागि हातहातमा किताब’ भन्ने नाराका साथ कार्यालयले पुस्तकालय स्थापना गरेको हो ।  वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले आज उद्घाटन गर्दै पुस्तकालयले  उत्प्रेरणा र मनोवृत्ति परिवर्तन गर्ने, ज्ञानका कुरा सिक्ने तथा समयको पनि उचित सदुपयोग हुने बताए ।  । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपर

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 169 पटक पढिएको
  • करेन्ट लगाउँदा माछा सखाप

    दुल्लु / अवैध रूपमा करेन्ट लगाएर माछा मार्दा खोलामा माछा पाउन छोडिएको छ । लोपोन्मुख असला माछा अत्यधिक पाइने दैलेखको छामघाट र ताराघाट खोलामा अवैध रूपमा करेन्ट लगाएर माछा मार्न थालेपछि माछा पाउन छाडेको स्थानीयले बताएका छन् ।  सोलार ब्याट्री र बजारमा पाइने कन्भर्टरको प्रयोग गरी अवैध रूपमा खोलाभित्र करेन्ट लगाइ माछा मार्न थालेपछि खोलामा पाइने लोपोन्मुख असला माछासहित अन्य माछा पाइन छाडेका हुन् । पहिलेपहिले खोलामा बाहिरदेखि नै सहजै माछा खोलामा खेलिरहेको देखिने भए पनि अहिले एउटा पनि देख्न रहर भएको स्थानीय कलम कार्कीले बताएका छन् । करेन्ट लगाएर माछा सखाप पार्दा स्थानीय प्रशासन मुकदर्शक भएको

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 119 पटक पढिएको
  • लागुऔषध सहित ६ जना पक्राउ

    बिराटनगर / झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट आईतवार दिउँसो  लागुऔषध  सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ बाट लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कचनकवल गाँउपालिका–६ का २५ बर्षीय पञ्चानन्द राजवंशी, कचनकवल गाँउपालिका–७ का ५० बर्षीय हेमनायायण राजवंशी, मोरङ उर्लावारी–६ का २० बर्षीय बिष्णु पोदार र उर्लावारी–५ का १६ बर्षीय बालक रहेका छन् । निजहरुको साथबाट प्रहरीले एन्फाटामाईन आईस ६० ग्राम र ब्राउनसुगर ८० ग्राम बरामद

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 137 पटक पढिएको
  • जलेर ३ बर्षीय बालकको मृत्यु

    उदयपुर / उदयपुरको कटारी नगरपालिका–१० का सुजन थापाको ३ बर्षीय छोरा अरबिन्द्र थापाको आगोले जलेर मृत्यु भएको  छ । घर निजकै रहेको परालको कुन्युमा अचानक आगलागी भई उक्त आगलागीबाट घरमा समेत आगो सल्कदा घर भित्र रहेका बालकको जलेर मृत्यु भएको हो । उक्त आगलागीबाट थापाको २ तले कच्ची घर सहित घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार रुपैयाँ, घर नजिकै रहेको मतान घर, बाख्राको गोठ र २ वटा बाख्राको पाठा समेत जलेर नष्ट हुँदा अन्दाजी ३० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सोही आगलागीबाट छिमेकी प्रकाश थापाको समेत घरमा आगलागी भई जलेर नष्ट हु

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 110 पटक पढिएको
  • बालविवाह न्यूनीकरणका लागि कार्ययोजना

    बर्दिया / बर्दियामा बालविवाह न्यूनीकरणका लागि कार्ययोजना निर्माण थालिएको छ । प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाका आठवटै पालिकामा रहेका ४० माध्यमिक विद्यालयमा कार्ययोजना निर्माण थालेको हो । कार्ययोजना निर्माण गर्न क्लबले विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ ।माध्यमिक तहमा अध्ययनरत धेरै किशोर किशोरी बालविवाहको सिकार हुने गरेकाले विद्यालयबाट नै बालविवाहविरुद्ध अभियान सञ्चालन गर्न विद्यालयका अतिरिक्त क्रियाकलामा समावेश गर्न कार्ययोजना बनाउन अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको फिल्ड सुपरभाइजर डम्मरबहादुर परियारले जानकारी दिएका छन्  ।कार्ययोजनामा बालव

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 118 पटक पढिएको
  • टिपरको ठक्करबाट एकको मृत्यु

    मोरङ / मोरङको कटहरी गाउँपालिका–३ मा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले साईकलाई ठक्कर दिँदा  साइकलमा यात्रा गरीरहेका कटहरी गाउँपालिका–२ का ३६ बर्षीय बच्चु डुम घाईते भएका थिए । डुमको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ 

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 112 पटक पढिएको
  • नाकाबन्दका कारण गलैँचा व्यवसायी मार्कामा

    ताप्लेजुङ  / ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका –७ ओलाङचुङगोलामा उत्पादित गलैँचा बिक्री नहुँदा व्यवसायी मार्कामा परेका छन् । ओलाङचुङगोलामा उत्पादन भएको गलैँचा चीनका विभिन्न बजारहरुमा खपत हुने भएकाले लक्डाउनले नाकाबन्दी भएका कारण १६ महिनादेखि गलैँचा बिक्री भएको छैन । सो क्षेत्रका स्थानीयवासी प्रमुख पेशाका रुपमा गलैँचा उत्पादन गर्ने गर्दछ । समुन्द्र सतहदेखि तीन हजार २ सय मिटर उचाइमा रहेको ओलाङचुङगोला हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन । यहाँका  समुदायले पशु र गलैँचा उत्पादन गरेर जीविकोपार्जन गर्दै आएको छन् । हिमाली बस्ती ओलाङचुङगोला, याङ्मा, घुन्सा र फले क्षेत्रका समुदायको प

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 133 पटक पढिएको
  • आयआर्जनमा सहयोग पुर्याउन बाख्रा वितरण

    बझाङ / प्रगतिशील युवा समाजले आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले केदारस्युँ गाउँपालिका वडा नं ३ र ६ मा ३० घरधुरीलाई बाख्रा वितरण गरेको छ । प्रगतिशील युवा समाज र वल्र्ड भिजन साझेदारीको पोषण तथा उत्थानशील जीविकोपार्जन कार्यक्रमअन्तर्गत बाख्रा वितरण गरिएको हो । केदारस्युँ–३ मा १० बाख्रा र पाँच पाठा वडा नं ६ मा २० बाख्रा गरी जम्मा ३० ब्याउने बाख्रा वितरण गरेको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले जानकारी दिएका छन् । कोभिडबाट प्रभावित जोखिममा रहेका बालबालिकाका परिवार दलित, आर्थिक स्थिति कमजोर भएका परिवारलाई वितरण गरिएको र त्यसले गर्दा उक्त परिवारलाई कृषि तथा पशुपालनमा आत

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 102 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.