समाज

    Showing 10,961-10,970 of 11,095 items.
  • पहाडी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

    बिर्तामोड  / आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वअनुमान महासाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशभर बदली भई पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वअनुमान महासाखाले जनाएको छ । अझै दुई–तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रहने छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 145 पटक पढिएको
  • विराटनगरमा एक युवाको शंकास्पद मृत्यु : प्रहरी द्धारा छानविन सुरु

    विराटनगर / विराटनगर उपमहानगरपालीका – ३ का कान्छा भनेर चिनिने ४० वर्षिय नितेश कुमार राईको शुक्रबार राती शंकास्पद मृत्यु भएको छ । उनको शव शुक्रबार राती विराटनगर–१९ घिनाघाट क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।मृतक राईको परिवारका सदस्यले शरिरमा निलडामा र चोटपटक देखिएकाले हत्याको आशंका गर्दै निस्पक्ष छानविनको माग गरेका छन् । मृतकको शव घर देखि करिव २ किलोमिटरको दुरीमा भेटिएको आफन्तले जानकारी गराएका छन् ।मृतक राई बिहीबार दिउँसो बाट परिवारको सम्पर्क मा नरहेको जनाउँदै उनका दाजु राम बहादुर राईले भने – मृतकको शरिरमा निलडाम र चोटपटक देखिएकाले स्थानिय प्रशासनले निस्पक्ष छानविन अघि

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 118 पटक पढिएको
  • लागुऔषध सहित ६ जना पक्राउ

    बिर्तामोड  / झापाका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जनालाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशी रहेका छन् । उनिहरुलाई २.४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ प्रहरीले जनाएको छ ।त्यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । खानलाई अर्जुनधारा नगरपालिका–११ बसपार्कबाट पक्राउ गरिएको बताइएको छ । उता ला

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 102 पटक पढिएको
  • वडाध्यक्षसँगै महिला प्रहरी नियन्त्रणमा

    बैतडी / दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी थिइन् ।शङ्कास्पद भेटिएका दुवै जनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, “दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 119 पटक पढिएको
  • पढाइसँगै च्याउखेतीमा देवश्वरीका विद्यार्थी

    बझाङ / बित्थडचिर गाउँपालिका–४ देउलेखस्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीले च्याउखेती शुरु गरेका छन् । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान हासिल गर्न च्याउखेती शुरु गरेका हुन् । विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक ज्ञान दिन च्याउखेती शुरु गरेको प्रशिक्षक नरेश जानकारी गराए । स्रोत साधनको अभावका बाबजुद पनि आफूहरु विद्यार्थीलाई सीप सिकाउन लागिपरेको उनले बताए । अध्ययनरत विद्यार्थीलाई च्याउखेती मात्रै नभएर तरकारी खेती, फलफूल खेती, नगदे बालीलगायतका विषयमा व्यवहारिकसहित अध्ययन गराइँदै आएको उनको भनाई छ ।यस्तै कृषि कार्यक्रम संयोजक दिनेश बोहराले च्य

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 106 पटक पढिएको
  • वडा कार्यालयमा तेस्रोपटक तालाबन्दी

    बिर्तामोड / ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा स्थानीय बासिन्दाले ताला लगाएका छन् । वडाध्यक्ष सन्तवीर तामाङले आफूहरुसँग समन्वय नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति गठन गरेको जनाउँदै असन्तुष्ट बनेका स्थानीय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।बाकाचोल बिस्खाम खोलाको पानी अन्यत्र लैजान बन्द गर्नुपर्ने र संसद् विकास कोषबाट रु १० लाख विनियोजन भएको बादेल–बिस्खाम सडक निर्माण उपभोक्ता समिति पुनःगठन गर्नुपर्ने माग राख्दा वडाध्यक्षले बेवास्ता गरेपछि ताला लगाइएको स्थानीय नन्दकुमार तामाङले बताएका छन्। बाकाचोल वडा क

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 120 पटक पढिएको
  • हत्या आरोपमा पाँच जना पक्राउ

    खोटाङ / कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ । यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा यही चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र एक पुरुष नियन्त्रणमा लिएको हो ।राति घरमा सुतिरहेकी ३४ वर्षीया एक महिलाको कोठामा प्रवेश गरेर अभद्र व्यवहार गर्न खोजेको भन्दै राईमाथि कुटपिट भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताएका छन् । पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखे

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 108 पटक पढिएको
  • आगलागीबाट वृद्धाको मृत्यु

    काठमाडौं   /  ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।गर्मी बढेसँगै अब आगालागी बढ्ने भएकाले सतर्क हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयअन्तर्ग

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 106 पटक पढिएको
  • लागूऔषध सहित १ पक्राउ

    बिर्तामोड / झापामा लागूऔषध सहित एक जना युवा पक्राउ गरेको इलाका प्रहरी कार्यलय काकडभिट्टाले जनाएको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –३ का २१ बर्षीय मानव राजबंशी रहेका छन् । बुधबार दिउसो  लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर –६ स्थित मेची खोलाबाट राजबशींलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 137 पटक पढिएको
  • ८ वर्षीया बालिका बलात्कार गर्ने ५६ बर्षी पुरुष आजीवन कारावास सजाय

    उदयपुर / ८ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया पुरुषलाई  जिल्ला अदालत उदयपुरले आजीवन कारावासको सजाय फैसला गरेको छ ।गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशानुसार पूर्पक्षका लागि थुनामा राखेको थियो ।बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा चार हजार जम्मा गर्नु

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 107 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.